Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, १४ पुस । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोग समक्ष लिखित धारणा पेश गरेका छन्। उनले आयोगमा पदाधिकारीहरुले सोधेको प्रश्नको बयानमार्फत जवाफ दिनुका साथै लिखित रुपमा तयार पारेको जवाफ पनि पेस गरेका छन् । सोमबार आयोगमा उपस्थित भएका लेखकले प्रदर्शनका क्रममा बल प्रयोग गर्न कुनै लिखित वा मौखिक आदेश नदिएको स्पष्ट पारेका छन्। आयोगलाई बुझाएको ६ पृष्ठ लामो लिखित जवाफमा उनले भदौ २२ गतेको केन्द्रीय सुरक्षा समितिको बैठकमा ‘कुनै हताहती नहोस् र संयमता अपनाउनू’ भनी निर्देशन दिएको उल्लेख गरेका छन्। पूर्वमन्त्री लेखकले जेनजी समूहको शान्तिपूर्ण प्रदर्शनलाई लोकतन्त्र विरोधी तत्त्वले हिंसात्मक बनाइएको दाबी…

Read More

काठमाडौं,१३ पुस। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेहरु माथिको कारबाही फुकुवा गरेको छ। पार्टीको कार्यसम्पादन समितिको बैठकले बागी उम्मेदवारी दिनेहरु माथिको कारबाही फुकुवा गरेको हो। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका तल्ला कमिटीलाई गरिएको परिपत्रमा भनिएको छ, ‘विगतका निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, प्रस्तावक वा समर्थक भएर अनुशासन विपरीत काम गर्ने व्यक्तिहरुलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन वा पार्टीको विधानअनुसार स्वतः लाग्ने कारबाहीको बाँकी अवधि माफी/मिनाहा गरिने निर्णय गरिएको छ।’ त्यसैगरी, कारबाही माफी/मिनाहा भएका व्यक्तिहरुको पार्टीमा वहाल रहेको पद कायम नरहने गरी क्रियाशील सदस्यताको निरन्तरता कायम गरिने र आवश्यक परे…

Read More

भैरहवा,१३ पुस । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ। एसपी प्रदीप बहादुर क्षेत्रीले भन्सार राजस्व छलीप्रति निरन्तर निर्मम प्रहार गर्दै आएका छन्।जसकारण जिल्लाबाट ठूला तस्करी ठप्प रहेको छ भने खुल्ला सीमाको फाइदा उठाउँदै थोरै परिमाणमा लुकिछिपि भित्र्याउने गरिएको विभिन्न सामग्री समेत प्रहरीद्वारा बरामद गर्ने गरिएको छ । यस्तै इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याएर मर्चवारी गाउँपालिका १ हरिनगढस्थित भण्डारण गरिएको ६४ हजार बढी रुपैयाँ बराबर ५४ बोरा युरिया मल बरामद गरेको छ । त्यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएकोे टोलीले अंचलपुरबाट वेवारिसे अवस्थामा रहेको ६७ हजार बढी रुपैयाँ…

Read More

काठमाडौं,१३ पुस। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ। तर, कहिलेबाट लागु हुने भन्ने निर्णय गरिएको छैन। आचारसंहितामा निर्वाचित दल वा उमेदवारले प्रत्येक वर्ष घोषणाापत्र अनुसार कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय राखिएको छ। त्यस्तै विगतमा नभएको हरित निर्वाचन सम्बन्धि आचारणको विषय राखिएको छ। अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक उम्मेदवारले प्रचारप्रसारमा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा दुईवटा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारीसाधन र त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा…

Read More

दाङ, १३ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई अब साक्षरबाट शिक्षित प्रदेशको रुपमा घोषणा गर्ने गरी सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन्। आइतबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित लुम्बिनी प्रदेश साक्षर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबै सरोकारवालाको अथक प्रयासका कारण साक्षर प्रदेश घोषणा सम्भव भएको र यसलाई दीगो रुपमा अघि बढाउने जिम्मेवारी सबैको हुने बताए। ‘घोषणा आफैंमा ठूलो कुरा होइन । साक्षरतालाई टिकाइराख्नु मुख्य विषय हो। अब हामी साक्षरबाट शिक्षित प्रदेशको घोषणा गर्नेतर्फ छिट्टै अघि बढ्नुपर्छ,’उनले भने,‘यससँगै प्रदेशलाई दुव्र्यसनमुक्त बनाउने अभियान पनि सशक्त रुपमा अघि बढाउन आवश्यक छ।’ उनले नवयुवाहरु दुव्र्यसनमा फस्नु…

Read More

भैरहवा,१३ पुस । रुपन्देहीको मायादेवी गाउँपालिका-६ दुर्गौलियास्थित ईट्टा उद्योगमा विस्तरामा दिसा गरेको कारण कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको श्रावस्ती जिल्ला भिनगा थाना-९ का २० वर्षीय छोटुराम हरिजन रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार साहु ईट्टा उद्योगमा कार्यरत हरिजन विरामी भएपछि सुत्ने विस्तरा तथा पाईन्टमा दिसा गर्ने गरेको कारण मृतकका भाई, बहिनी समेत तीन जनाले कुटपिट गर्दा उनी घाइते भएका थिए । गम्भिर घाइते भएका हरिजनलाई उपचारका लागि भीम अस्पताल ल्याउँदा चेकजाँचका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा संग्लन आरोपमा प्रहरीले मृतकका भाई…

Read More

विराटनगर,१३ पुस । प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-६ का ४९ वर्षीय अरबिन्द्र अग्रवाल रहेको छन् । भारततर्फबाट प्रदेश १-०४-००१ च ०१६४ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम सहित अग्रवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार विराटनगर महानगरपालिका-१५ स्थित सुनसरी ट्रेडिङ सेन्टर अगाडि सडकबाट उनलाई पक्राउ गरिएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

Read More

भैरहवा,१२ पुस। शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि लुम्बिनी न्यूज फेस्टिबल सुरु भएको छ। लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा आजदेखि ‘तेस्रो लुम्बिनी न्यूज फेस्टिबल’ सुरु भएको हो । आजदेखि सुरु भएको लुम्बिनी न्यूज फेस्टिवल पुष १४ गते सकिनेछ। लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा आयोजना गरिएको न्यूज फेस्टिवलमा पत्रकारिताको प्रबद्र्धन, पत्रकारिताको माध्ययमबाट लुम्बिनीको प्रबद्र्धन र यस क्षेत्रका मुद्दाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न फेस्टिवल आयोजना गरिएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले जानकारी दिए। न्यूज फेस्टिबल कार्यक्रममा मोफसलको समग्र पत्रकारिता, संघीयतामा प्रेसको संरचना, आर्थिक विकास र पर्यटन प्रबद्र्धनमा पत्रकारको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाको विषयमा नेपालमा अग्रज पत्रकार,…

Read More

भैरहवा,६ पुस। रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी टोलीले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा भन्सार छलेर भित्राइएको करिब ३ लाख १६ हजार रुपैयाँ बराबरका विभिन्न सामग्री बरामद गरेको हो। प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका-१ बसपार्कबाट १ लाख ६ हजार मूल्यका लेदर ज्याकेट र मोटरसाइकलका पार्टपुर्जा, तिलोत्तमा नगरपालिका-९ मंगलापुरबाट १० हजार बराबरका खाद्यान्न सामग्री तथा रोहिणी गाउँपालिका-२ पिप्रहियाबाट १ लाख ४ हजार मूल्यको ओल्ड मंक मदिरा र युपी ५६ बी ९५९२ नम्बरको भारतीय नम्बर मोटरसाइकल नियन्त्रणमा लिइएको छ। बरामद गरिएका सबै सामग्रीहरु आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय…

Read More

भैरहवा,६ पुस। जिल्ला अदालत रुपन्देहीले गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ। बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जोशी पूर्पक्षका लागि थुनामा थिए। आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको इजलासले जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको जिल्ला अदालत रुपन्देहीले जनाएको छ। थुनाबाहिर बस्न पाउनु भनी उनले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासले मिसिल पुनः जिल्ला अदालतमा फिर्ता पठाउने आदेश दिएको थियो। उनीसँगै थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतले विभिन्न सर्तहरुसहित पुस ३ गते थुनामुक्त गर्ने आदेश दिएको थियो ।

Read More