Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

पश्चिम परासी,२ चैत । जेनजी प्रदर्शनका क्रममा पश्चिम नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै १ सय ८० जना कैदीबन्दी अझै फरार रहेका छन् । कारागारमा कुल ५७५ कैदीबन्दीमध्ये भदौ २५ गते ५ सय ४६ जना फरार भएका थिए। कारागार प्रशासन नवलपरासीका नायब सुब्बा किरण आर्यालका अनुसार, फरार भएकामध्ये ३६२ जना पुन: नवलपरासी कारागार फर्किएका छन् भने चार जना अन्य कारागारमा राखिएका छन्। कारागारमा ४१ जना भारतीय नागरिकसमेत कैदीबन्दीका रुपमा रहेकामध्ये तीन जनालाई पक्राउ गरिएको अन्य अझै फरार रहेको उनले बताए । फरार कैदीबन्दीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,२चैत। नेपालको विद्युत् नियमन आयोगले डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवादमा पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिल सम्बन्धी मुद्दामा मागदावी नपुग्ने निर्णय गरेको छ। दुवै कम्पनीले नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंक लाइन प्रयोग गर्दा लगाइएको बक्यौता महसुल अन्यायपूर्ण भएको भन्दै खारेज गर्न र क्षतिपूर्ति दिलाउन आयोगमा निवेदन दिएका थिए। प्राधिकरणका अनुसार, पञ्चकन्या प्लास्टिकले २४ लाख ६३ हजार रुपैयाँ र पञ्चकन्या स्टिलले ५२ लाख ११ हजार रुपैयाँ महसुल तिर्न बाँकी छ। प्राधिकरणको आग्रहपछि पञ्चकन्या प्लास्टिकले ७७ हजार ९७५ रुपैयाँ र पञ्चकन्या स्टिलले १ लाख ८६ हजार रुपैयाँ बुझाइसकेका छन्। आयोगका अध्यक्ष रामप्रसाद धितालले पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको मागदाबी…

Read More

काठमाडौं,१चैत। मध्यपूर्वको वर्तमान परिस्थितीका कारण घर फर्किन चाहने नेपालीलाई कतारस्थित नेपालीलाई राजदूतावासले सम्पर्क गर्न अनुरोध गरेको छ । दोहास्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै घर फर्किन चाहेमा सम्पर्क गर्न अनुरोध गरेको हो । राजदूतावासले कतारमा रहेका वैध आवासीय अनुमतिपत्र (कतार आईडी) भएका नेपाली नागरिकले साउदी अरबका विमानस्थल हुँदै घर फर्किने व्यवस्था गरिएको जनाइएको छ। यसका लागि दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिनका लागि ‘अपोइन्टमेन्ट बुक’ गर्न राजदूतावासले अनुरोध गरेको छ। उक्त भिसा सेवा केन्द्र एजदान मल (अल घराफा) मा अवस्थित छ । थप जानकारीका लागि आवेदकहरुले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क…

Read More

काठमाडौं.१ चैत। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र सामाजिक सञ्जालमार्फत फैलाइँदै आएको भ्रामक सूचना र घृणायुक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले यस्तो गतिविधि रोक्नुपर्ने र पार्टीभित्र तथ्य र तर्कका आधारमा बहस हुनुपर्ने बताए। उनले फेसबुकमा स्टाटस लेख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेका यस संवेदनशील घडीमा एक–अर्काप्रति नकारात्मक टिप्पणी गर्नु अशोभनीय भएको उल्लेख गरेका छन्। पछिल्लो समय पार्टीका माथिल्लो तहका नेताहरुबाट आफूलगायत केही नेताविरुद्ध अनर्गल आरोप, घृणाजन्य अभिव्यक्ति र मिथ्या सूचना फैलाइएको उनको गुनासो छ। भट्टराईले ‘शरु शर्मा’ नामक नक्कली फेसबुक आइडी यस्ता गतिविधिमा सक्रिय रहेको दाबी पनि गरेका छन्। उनले पार्टीको एकता जोगाउनु, बहुआयामिक सुधार गर्नु र गुमेको…

Read More

काठमाडौं,१चैत। युनाइटेड अरब इमिरेट्स (यूएई) मा सुरक्षा अवस्था दृष्टिगत गर्दै नेपाली दूतावासले त्यहाँ बसोबास गर्ने नेपाली समुदायलाई अफवाह फैलाउन, असुरक्षा सम्बन्धी सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्न वा सेयर गर्न नफैलाउन अपिल गरेको छ। दूतावासले जारी गरेको ‘एडभाइजरी–३’ मा यूएईको वर्तमान सुरक्षा परिस्थितिसँग सम्बन्धित संवेदनशील सूचना, भिडियो वा तस्वीरहरु डिजिटल माध्यमबाट सार्वजनिक नगर्न अपिल गरिएको छ। यस्तो कार्यले सुरक्षा सम्बन्धी भ्रम फैलाउन सक्ने भएकाले नेपालीहरु जिम्मेवार बन्न अपिल गरिएको छ। यूएईमा बसोबास गर्ने सबै नेपालीलाई त्यहाँको कानुन पालना गर्न र गैरकानुनी वा अनुमतिविनाका गतिविधिमा संलग्न नहुन सचेत गराइएको छ। कानून उल्लंघन गरेमा यूएईको कानुन अनुसार १ देखि ३ वर्षसम्म कैद र…

Read More

पोखरा,१ चैत। एलपी ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना कारवाही गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार, बजार अनुगमनको क्रममा पोखरा महानगरपालिका–६ जरेवरस्थित भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित फेला परेपछि जरिवाना कारबाही गरिएको हो । अनुगमन टोलीले बरामद ४८ थान ठूला र ३८ थान साना ग्यास सिलिन्डर पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा तत्काल उपभोक्तालाई बिक्री गर्नसमेत निर्देशन दिएको छ। प्रशासनले ग्यासको अनावश्यक सञ्चय नगर्न, आधिकारिक प्रमाणपत्र लिएका व्यवसायीले मात्र बिक्रीवितरण गर्न र बोतल…

Read More

काठमाडौँ,१चैत। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित हुने सदस्यहरूले चैत ५ गतेसम्म निर्वाचितको प्रमाणपत्र पाउने भएका छन्। निर्वाचन आयोगको कार्यतालिकाअनुसार सबै प्रक्रिया पूरा भएमा सोही मितिसम्म प्रतिनिधि सभाका २७५ सदस्य नै निर्वाचित हुनेछन्। आयोगका अनुसार छ वटा राजनीतिक दलले समानुपातिकतर्फ निर्वाचित हुने सदस्यहरूको नामावली आइतबारसम्म आयोगमा पठाउनुपर्ने छ। त्यसपछि निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्यक्षतर्फ धनुषा–१ को विवादमा अदालतबाट यसअघिको परिणाम बदर हुने आदेश नआएमा निर्वाचन परिणामले पूर्णता पाउने आयोगले जनाएको छ। आयोगले चैत ५ गते नै निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ। प्रतिवेदन पेस भएपछि उक्त जानकारी सङ्घीय संसद्मा पठाइनेछ। त्यसपछि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएर अन्य…

Read More

काठमाडौं,१ चैत। नेपालको स्थानीय बजारमा आईतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला चार हजार आठ सय रुपैयाँले घटेर तीन लाख नौ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रवार सुन प्रतितोला तीन लाख १४ हजार दुई सय रुपैयाँमा कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला दुई सय २५ रुपैयाँले घटेर पाँच हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

महोत्तरी, १ चैत । प्रहरीले एक क्विन्टल नौ किलो लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार, महोत्तरीको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोक नजिकबाट २० वटा पोकामा भारततर्फ लैजाँदै गरको अवस्थामा गाँजा बरामद भएको हो । बरामद गाँजाका साथ ओसारपसारमा प्रयोग भएको डिएल १ सीओ ५८६९ नम्बरको भारतीय नम्बर कार नियन्त्रणमा लिइएको हो जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले जनाए । उनका अनुसार, कार चालक फरार रहेकोले खोजी भइरहेको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Read More

दाङ,१चैत। नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढिरहँदा र इन्धन अभावको समस्या देखिँदै गर्दा दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरिया क्षेत्रमा रहेको पेट्रोल खानी भने दशकौँदेखि उपयोगविहीन अवस्थामा छ। करिब ५५ वर्षअघि उत्खनन गरी केही संरचनासमेत निर्माण गरिएको यो खानी हालसम्म सञ्चालनमा आउन सकेको छैन। खानी तथा भूगर्भ विभागले २०२७ सालमा गरेको उत्खननका क्रममा सो क्षेत्रमा करिब ९५ प्रतिशत पेट्रोलियमको सम्भावना रहेको पुष्टि भएको थियो। प्रारम्भिक परीक्षणपछि केही संरचना निर्माण भए पनि त्यसपछि थप काम अघि बढ्न सकेन। स्थानीय बासिन्दाहरूले खानी पुनः सञ्चालनमा ल्याउन पटक–पटक माग गर्दै आएका छन्। स्थानीय अगुवा देवीराम कुसारीका अनुसार उत्खननको क्रममा पेट्रोल निकालेर परीक्षणसमेत गरिएको थियो र सो क्षेत्र…

Read More