Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

बुटवल,२१ असार। रुपन्देहीको बुटवल उपमहानगरपालिकाको कालिका चोकस्थित लिपमोटर गाडीको आधिकारिक विक्रेता अर्बन मोटर्स प्रालिले लिपमोटर ‘बी १०’ टप भेरियन्ट कारको परिमार्जित मूल्य सार्वजनिक गरेको छ। नेपालको नयाँ कर संरचना अनुसार २०२६ मोडलका लागि साविकको मूल्यमा ५ लाख रुपैयाँ कमी गरिएको हो । यसअघि ६० लाख रुपैयाँ रहेको ‘बी १०’ टप भेरियन्टको मूल्य अब ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको अर्बन मोटर्सका सञ्चालक सिम्स थापाले जानकारी दिए। कम्पनीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा बुटवलमा उक्त गाडी नयाँ मूल्यमै उपलब्ध हुने उल्लेख गरिएको छ। सञ्चालक थापाका अनुसार लिपमोटर ‘बी १०’ अत्याधुनिक सुविधासहितको इलेक्ट्रिक एसयूभी हो, जसले चालक तथा यात्रुको सुविधा र…

Read More

देशका अधिकांश क्षेत्रमा अहिले गर्मी अत्यधिक छ। यस्तो मौसममा तिर्खा मेटाउन धेरैले बजारमा पाइने प्याक्ड जुस, सफ्ट ड्रिंक तथा विभिन्न चिसा पेय पदार्थको सेवन गर्ने गर्छन्। यस्ता पेय पदार्थले केही समयका लागि शीतलता दिए पनि स्वास्थ्यका लागि सधैं उपयुक्त नहुन सक्छन्। बजारमाा उपलब्ध सिलप्याक ड्रिंक्स भन्दा शरीरलाई हाइड्रेट राख्नुका साथै रोग प्रतिरोधी क्षमता बढाउने प्राकृतिक पेय पदार्थको सेवन गर्नु लाभदायक मानिन्छ। दैनिक खानपानमा भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्टयुक्त प्राकृतिक पेय पदार्थ समावेश गर्न सके शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग पुग्छ। विशेषगरी गर्मी मौसममा यस्ता पेय पदार्थले शरीरलाई ताजगी दिनुका साथै आवश्यक पोषक तत्त्व पनि उपलब्ध गराउने पोषणविद्हरु बताउँछन्। प्रतिरक्षा प्रणाली…

Read More

काठमाडौं,२१ असार। सशस्त्र प्रहरी बल नेपालको कीर्तिपुरस्थित विद्यालयमा आर्थिक हिनामिनाको आरोपमा प्रहरीले इन्स्पेक्टरसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा विद्यालयको लेखा प्रमुख तथा इन्स्पेक्टर कल्पना गुरुङ र कर्मचारी लिला लामा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, सशस्त्र प्रहरी मुख्यालयले आर्थिक मिनामिना भएको भन्दै कारबाहीका लागि पठाएको पत्रका आधारमा उनीहरुलाई शनिवार पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा विद्यालयको खातामा रहनुपर्ने रकम व्यक्तिगत बैंक खातामा जम्मा गरी करोडौं रुपैयाँ हिनामिना गरिएको आरोप छ। यस विषयमा सशस्त्र प्रहरी मुख्यालयले आन्तरिक छानबिन गरेको थियो। छानबिनबाट आर्थिक अनियमितता भएको पाइएपछि विस्तृत अनुसन्धान र मुद्दा…

Read More

सलमान खानभैरहवा, असार। चौधरी ग्रुपको उत्पादन रियो ब्राण्ड अन्तर्गतको ‘म्याङ्गो एन्ड ग्लुकोज’ (जुस) मा लेदो भेटिएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामको प्रकृति गौतम र बिन्दु भट्टराईले (नातामा दिदी) योगिकुटीस्थित एक पसलबाट खरिद गरेको रियो ब्राण्ड अन्तर्गतको ‘म्याङ्गो एन्ड ग्लुकोज’ मा लेदो भेटिएको हो। उपभोक्ता गौतमका अनुसार, पाँच वटा रियोको ‘म्याङ्गो एन्ड ग्लुकोज’ खरिद गरिएकोमा दुई वटा अखाद्य पाइएको छ । ‘मैले एउटा खाँदा स्वाद फरक पाए र मुखमा लेदो जस्तो आएपछि थुके’,उनले भनिन्,‘पछि खोलेर हेर्दा त्यसमा लेदो थियो।’ अखाद्य रियो खाएपश्चात ज्वरो र उल्टी आउने जस्तो भएर आफु अस्वस्थ्य भएको उनको भनाइ छ । उनले उक्त घटनाबारे आफ्नो वडाको अध्यक्षलाई…

Read More

भैरहवा,१९ असार। रुपन्देहीको ओमसतिया गाउँपालिकाको वडा नम्बर २ स्थित पडसरीमा (रामजानकी मन्दिर) निःशुल्क आँखा चेकजाँच स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । ओमसतिया गाउँपालिकाको २ नं. वडा कार्यालयको आयोजना तथा लुम्बिनी नेत्रालय प्रा.लि.को प्राविधिक सहयोग सम्पन्न शिविरमा २०३ जना वडावासीहरु लाभान्वित भएको वडाअध्यक्ष सितल जि.टी.ले जानकारी दिए। उनले स्वास्थ्य सेवा गाउँघरमै उपलब्ध गराउँदा नागरिकले सहज रुपमा लाभ लिन सक्ने भएकाले जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको बताए । उनले कार्यक्रमले समयमै आँखा सम्बन्धी समस्याको पहिचान, उपचार तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। शिविरमा सहभागीहरुको निःशुल्क आँखा परीक्षण गर्नुका साथै निःशुल्क औषधि र आवश्यक परामर्श प्रदान गरिएको थियो।…

Read More

काठमाडौ,१८ असार। सरकारले बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णय सार्वजनिक गरेका हुन्। यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु -अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने -एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन (बीबीएन्जी) लाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने। -नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई सरुवा गर्ने। -विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको…

Read More

काठमाडौं,१८ असार। यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेको आधारमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घटाएको छ। विभागका अनुसार, डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसाबाट घटेर १९३ रुपैयाँ ८३ पैसा पुगेपछि भाडादर समायोजन गरिएको हो। यसअघि विभागले इन्धनको मूल्य वृद्धि हुँदा यात्रुवाहक तथा मालवाहक सवारीमा पाँच प्रतिशतसम्म भाडा बढाएको थियो भने त्यसबेला पूर्ण रुपमा भाडा समायोजन नभएका कारण अहिलेको मूल्य घट्दा त्यसलाई समेत समेट्ने गरी दुई प्रतिशतले भाडा घटाउने निर्णय लिइएको हो । नयाँ निर्णय अनुसार, यात्रुवाहक, पहाडी तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा दुई प्रतिशतले घट्नेछ। संशोधित भाडादर असार १८ गतेदेखि दुई वा सोभन्दा…

Read More

बुटवल,१८ असार। सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले निर्वाचन आयोग, नेपाली कांग्रेससँग के कारणले वडाध्यक्ष हटाएको हो भन्नेबारे लिखित जवाफ माग गर्दै आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। अन्तरिम आदेशसँगै ढकाल हालका लागि वडाध्यक्षकै जिम्मेवारीमा रहने भएका छन्। आयोगले दल त्याग गरेको आधारमा उनको पद रिक्त भएको निर्णय गरेको थियो।

Read More

काठमाडौं,१८ असार। नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सुरुवा भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले ८ जना एआईजीहरुको सरुवाको निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।

Read More

काठमाडौं,१८ असार। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार, जुत्ता, पाइन्ट, साडी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस एक्सरे गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना बरामद भएको हो। बरामद सामग्री युनिक कार्गो बौद्धले एपेक्स लजिष्टिकमार्फत काठमाडौँबाट अमेरिका पठाउन लागिएको प्रारम्भिक अनसुन्धानबाट खुलेको उनले बताए। प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ। उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।

Read More