Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,६ बैशाख। प्रहरीले खोला किनारबाट चार थान पेस्तोल र ५८ राउण्ड गोली बरामद गरेको छ । आइतबार विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनार क्षेत्रमा खोजतलास गर्ने क्रममा पेस्तोल र गोली बरामद गरेको हो। प्रहरीका अनुसार टाइप ५४ पेस्तोल चार थान, सोही पेस्तोलका म्याग्जिन सात थान र ९ एमएम बेरेटाका ५८ राउण्ड गोली बरामद भएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,६ बैशाख। वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले अनलाइन पोर्टलमार्फत सेवा फेसलेस बनाएको हो। बैशाख ४ मा त्रिभुवन विश्वविद्यालयसँग एपीआई सम्झौता गरिएको छ भने काठमाडौं विश्वविद्यालयसँग यसअघि नै सहकार्य भइसकेको छ। यससँगै विद्यार्थीले अनलाइन आवेदन दिन, प्रक्रिया पूरा गर्न र प्रमाणपत्र आफैं प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि स्नातकोत्तर वा सोभन्दा माथि अध्ययनका लागि आवेदन गर्दा विश्वविद्यालयको प्रमाणपत्र रुजु गर्न कार्यालयमै जानुपर्ने बाध्यता थियो। अब त्रिवि र केयूको प्रणालीसँग अन्तरआवद्धता भएपछि रजिस्ट्रेसन नम्बर र जन्ममितिका आधारमा विवरण स्वतः प्रमाणीकरण हुने भएकाले…

Read More

भैरहवा,४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको कर्मचारीको साथबाट थप रकम बरामद भएको छ। सर्जमिन मुचुल्काका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग माग गरको दुई लाख रुपैयाँ घुससहित अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चालाई पक्राउ गरेको थियो। कर्मचारीलाई नियन्त्रणमा लिएर घटनाको आवश्यक प्रक्रिया पुरा गर्ने क्रममा कर्मचारीको साथमा रहेको झोला चेकजाँच गर्दा स्रोत नखुलेको थप साढे ३ लाख रुपैयाँ बरामद भएको विश्वस्त स्रोतले बतायो।  अख्तियारले शुक्रबार साँझ सिद्धार्थनगर नगरपालिका-१३ स्थित होटल निर्मलाबाट खाम्चालाई घुससहित रंगेहात पक्राउ गरेको थियो। र, यो पनि… घुससहित भैरहवा मालपोतका कर्मचारी पक्राउ

Read More

भैरहवा,४ बैशाख ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवाबाट घुससहित एक जना कर्मचारीलाई पक्राउ गरेको छ। स्रोतका अनुसार, अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई दुईलाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। सर्जमिन मुचुल्काका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग माग गरको दुई लाख रुपैयाँ घुससहित उनलाई भैरहवा बजार (मालपोत कार्यालयदेखि केही दुरीमा रहेको होटल निर्मला) बाट पक्राउ गरिएको विश्वस्त स्रोतले बताएको छ। र, यो पनि… घुससहित पक्राउ परेका मालपोत कर्मचारीको साथबाट थप रकम बरामद

Read More

भैरहवा, ४ बैशाख । रुपन्देही प्रहरीले जिल्ला अदालत रुपन्देहीबाट सजाए पाएका ३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका-४ पननीका रमाकान्त पाण्डेय, बुटवल उपमहानगरपालिका-९ मिलनचोकका प्रदिपकुमार भारी र सोही पालिका वडा नम्बर ११ कालिकानगरका विष्णुप्रसाद वाग्ले रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जना व्यक्ति चेक अनादर मुद्दामा सजाए पश्चात फरार प्रतिवादीको सूची थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार, पक्राउ परेका पाण्डेयलाई अदालतले एक हजार रुपैयाँ जरिवाना, भारीलाई २ सय रुपैयाँ र वाग्लेलाई पनि २ सय रुपैयाँको जरिवाना सजाएको फैसला गरेको थियो । फैसला कार्यान्वयनको सिलसिलामा उनीहरुलाई विभिन्न स्थानबाट बिहीवार…

Read More

भैरहवा,४ बैशाख । रुपन्देही प्रहरीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ९६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतबाट विभिन्न समयमा कैद तथा जरिवानाको सजायको फैसला सुनाइए पनि फरार रहेका उनीहरुलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, चैत महिनामा मात्रै पक्राउ परेका ९६ जनालाई सजाय भुक्तानका लागि अदालतमा पेश गरिएको थियो। त्यसपछि कैद सजाय पाएका व्यक्तिहरुलाई कारागार चलान गरिएको थियो भने जरिवाना सजाय पाएका व्यक्तिहरुले जरिवाना बुझाएर रिहा भएका छन्। जरिवाना तिर्न नसक्नेहरुलाई भने कारागार पठाइएको थियो । प्रहरीले सार्वजनिक गरेको चैत महिनाको तथ्यांकअनुसार पक्राउ परेकाबाट ४२ लाख ४२ हजार १९१ रुपैयाँ जरिवाना…

Read More

काठमाडौं,४ बैशाख । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब ट्रायल पास गरेर राजस्व तिरेपछि २४ घण्टाभित्रै छापिने भएको छ। उक्त व्यवस्था आजदेखि लागू गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले जानकारी दिए। मन्त्री तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै छपाइ प्रक्रिया तीव्र बनाउन निर्देशन दिएका थिए। लामो समयदेखि लाइसेन्स नपाउने समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए। हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ भने विदेश जाने नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकता दिइएको छ।साथै, वैशाख १२ गतेभित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स…

Read More

काठमाडौं,४ बैशाख । प्रयोगकर्तालाई सुरक्षित डिजिटल वातावरण प्रदान गर्ने प्रतिबद्धताअनुसार टिकटकले सन् २०२५ को चौथो त्रैमासिक (अक्टोबर–डिसेम्बर) कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। यस अवधिमा नेपालमा मात्रै कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण १९ लाख ३२ हजार ५७५ भिडियो हटाएको टिकटकले जनाएको छ। सक्रिय हटाउने दर ९९.९५ प्रतिशत रहेकोमा ९८.४५ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको टिकटकले जनाएको छ। विश्वव्यापी रुपमा भने १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटाइएका छन्, जुन कुल अपलोडको करिब ०.५५ प्रतिशत हो। तीमध्ये १५ करोड २५ लाख ८० हजार ९३३ भिडियो अटोमेटेड प्रविधिबाट हटाइएका थिए भने ८३ लाख ६० हजार ७८० भिडियो पुनःस्थापना गरिएको थियो।…

Read More

भैरहवा,४ बैशाख। रुपन्देही प्रहरीले नेपाली नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचुली नगरपालिका–१५ का २८ वर्षीय सुजन खनाल भन्ने मुक्ति प्रसाद खनाल, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–८ का ३५ वर्षीय रोल बहादुर श्रेष्ठ र काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–९ का ५३ वर्षीय दिपेन्द्र थापा रहेको प्रहरीले जनाएको छ । नेपाली नक्कली नोटको कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गत चैत २२ गते र २६ गते दुई स्थानबाट चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जनाए । उनका अनुसार…

Read More

भैरहवा । दशकौ देखि सडक र फुटपाथ क्षेत्रमा संचालनमा हुँदै आएको साप्ताहिक हाटबजारलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सामुदायिक कृषि बजार भवनमा स्थानान्तरण गरेको छ। निर्माण पश्चात वर्षौदेखि अलपत्र रहेको भवनको ‘ए’ ब्लकमा हाटबजार संचालनमा आएसँगै सडकका व्यवसायीहरुले अब अत्याधुनिक भवनबाट व्यापार सुरु गरेका छन्। भैरहवाको मालपोत कार्यालय क्षेत्रमा प्रत्येक साताको आइतबार र बिहीबार सडक क्षेत्रमा हाटबजार लाग्दै आएको थियो । । अब सोही स्थानमा वर्षौ अघि निर्माण भएको भवनमा बजारमा सुरु भएको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले निर्माणको उद्देश्य अनुरुप भवनको ‘ए’ ब्लक मा कृषि बजार संचालनमा ल्याइएको बताए। भवनमा बजार संचालनका लागि पालिकाले व्यवसायीहरुलाई निवेदन दिन…

Read More