


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१० मंसिर । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैर हाजिर रहेका २७ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । कार्यालयले बुधवार एक सूचना जारी गर्दै आफूखुसी गैर हाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो। गैर हाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना छन् । प्रकाशित सूचना अनुसार दुई जना बाहेक अन्य प्रहरी जेनजी आन्दोलनपछि कार्यालयको सम्पर्कमा छैनन्। प्रहरी प्रधान कार्यालयले उनीहरुको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरणसहित सार्वजनिक सूचना गरी बाटोको म्याद बाहेक सात…
काठमाडौं, १० मंसिर। जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि आफ्नो एक महिनाभन्दा लामो संघर्ष कार्यक्रम सुरु गर्ने भएको छ। पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपाले अघि सारेका मुख्य माग तथा राष्ट्रिय मुद्दा सम्बन्धी ज्ञापनपत्र आज देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइनेछ। उनका अनुसार मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर–बजारमा विरोध कार्यक्रम हुनेछ। मंसिर १९ र २१ गते जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्ना आयोजना गरिनेछ। त्यस्तै मंसिर २७ देखि पुस ४ गतेसम्म जिल्ला स्तरीय विरोध सभा र जनसभा हुनेछन्। पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुरमा, पुस १५ गते वीरगंजमा र पुस १७ गते भैरहवामा…
काठमाडौं,१० मंसिर। चालु आर्थिक वर्षका पहिलो ४ महिनामा नेपालको सार्वजनिक ऋण ५५ अर्ब ३६ करोडले बढेर २७ खर्ब २९ अर्ब ४१ करोड पुगेको छ। सरकारले उठाउने राजस्व प्रशासनिक खर्चमै सकिने भएकाले विकास खर्च तथा पुराना ऋणको साँवा–ब्याज तिर्न पनि ऋण लिनु परेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। कुल सार्वजनिक ऋण जीडीपीको ४४.६९ प्रतिशत पुगेको छ। कुल ऋणमध्ये ५३.२५ प्रतिशत वैदेशिक (१४ खर्ब ५३ अर्ब ४५ करोड) र ४६.७५ प्रतिशत आन्तरिक (१२ खर्ब ७५ अर्ब ९६ करोड) ऋण छ। वैदेशिक ऋण बढी भएकाले विनिमय दर उतारचढावले दायित्व बढेको र चालु अवधिमै ४४ अर्बभन्दा बढी विनिमय नोक्सानी देखिएको उल्लेख छ। सरकारले…
काठमाडौं,१० मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका केन्द्रीय सदस्यहरुलाई प्रदेश इन्चार्ज बनाउने निर्णय गरेको छ। पार्टीको मंगलवार बसेको सचिवालय बैठकले हालका प्रदेश इन्चार्जहरुलाई आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरुलाई बनाउने निर्णय गरेको हो। बैठकमा विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुसँग भएको संवाद र प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भएको रास्वपाले जनाएको छ। सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्याउन केन्द्रीय समितिको यही मंसिर ३ गते बसेको बैठकको निर्देशानुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णयसमेत रास्वपाले गरेको छ। रास्वपाले सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरु मुलुकको अर्थ(राजनीतिक संरचनामा…
काठमाडौं, १० मंसिर। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागीताका लागि दल दर्ताका लागि आज अन्तिम दिन रहेको छ। निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्म निर्वाचनका लागि दल दर्ता गर्ने समय तोकेको थियो। जसअनुसार दल दर्ता गर्ने क्रम जारी रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चुनाव प्रयोजनका लागि दर्ता हुने दलको संख्या कांग्रेस, एमालेसहित ८० वटा पुगेको छ। दर्ता भएका दलहरुले आगामी फागुन २१ का लागि तोकिएको चुनावमा भाग लिन पाउनेछन्।
भैरहवा, ८ मंसिर। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सञ्चालित ‘शहरी उत्थानशिलता तथा जीविकोयापन सुधार आयोजना’ (यूआरएलआईपी) को प्रगति समीक्षा बैठक सकिएको छ । बैठकमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत जनक थापा, एडीबीका टीम लिडर नरेश गिरी, परियोजना समन्वय इकाई (पीसीओ) का योजना प्रमुख प्रकाश अर्याल, सह–व्यवस्थापक चन्द्रशेखर महतो, परियोजनाका परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिहरुको सहभागिता थियो । त्यस्तै तिलोत्तमा, देवदह, लुम्बिनी साँस्कृतिक र सैनामैना नगरपालिकाका योजना शाखा प्रमुखहरुको पनि उपस्थिती थियो । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख खाँले गुणस्तरीय रुपमा समयमै काम सम्पन्न गर्ने गरी काम अगाडि बढाउन र सबै…
काठमाडौं,८ मंसिर। निर्वाचनमा खर्च पारदर्शिता सुनिश्चित गर्न उम्मेदवारले अब छुट्टै बैंक खाता खोल्नु अनिवार्य भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको नयाँ निर्वाचन आचारसंहितामा यस्तो व्यवस्था समावेश गरिएको हो। आचारसंहिताको बुँदा नम्बर १६ मा निर्वाचन खर्च सम्बन्धी आचरण स्पष्ट गरिएको छ। जसअनुसार राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्च गर्न छुट्टै बैंक खाताबाट मात्र वित्तीय व्यवस्थापन गर्नुपर्नेछ। आचारसंहिताअनुसार उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा नै निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सो को स्रोत समेत खुलाउनु पर्ने हुन्छ। त्यसको खर्चका लागि छुट्टै खाता खोल्नुपर्ने आचारसंहितामा उल्लेख छ ।
भैरहवा,८ मंसिर। गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देहीको बेलहिया सीमा क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेको एकीकृत जाँच पोष्ट् (आईसीपी) र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (डण्डा) रुपन्देही निरीक्षण गरेका छन्। मंगलबारदेखि भैरहवामा सुरु हुने लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि भैरहवा पुगेका मन्त्री अर्यालले जाँच चौकीका पूर्वाधारको प्रगतिबारे जानकारी लिएका थिए। साथै उनले लुम्बिनीको मायादेवी मन्दिरको दर्शन गर्दै लुम्बिनी क्षेत्रको समग्र सुरक्षा तथा व्यवस्थापनबारे जानकारी समेत जुटाए। निरीक्षणका क्रममा गृह सचिव रामेश्वर दंगाल, नेपाल प्रहरी आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रदेश तथा जिल्ला सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए।…
काठमाडौं,८ मंसिर। नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ईश्वर कार्कीलाई बढुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई एआईजी बढुवाको निर्णय गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने समेत निर्णय गरेको हो। दानबहादुर कार्की आईजीपी भएपछि कात्तिक २६ गतेदेखि उपत्यका प्रहरी प्रमुख रिक्त थियो। गृहमन्त्री ओमप्रकाश अर्यालले बढुवा र पदस्थापनको प्रस्ताव यसअघि नै मन्त्रिपरिषद्मा पेस गरेका थिए। मन्त्री अर्याल सोमबार मन्त्रिपरिषद् बैठकअघि नै भैरहवा आएका थिए। उनको अनुपस्थितिमा बसेको बैठकले एआईजी कार्कीको बढुवा र पदस्थापनको निर्णय गरेको हो। कार्की कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत थिए ।
काठमाडौं, ८ मंसिर। सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन मापदण्ड तथा कार्यविधि, २०७१ खारेज गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष आर्थिक क्षेत्रको जग्गाको मासिक भाडादर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ। बैठकले युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलाइबल इनर्जी फर इकोनोमिक प्रोस्परिटी इन नेपाल’ परियोजनाका लागि २३ दशमलव ५८ मिलियन युरो बराबरको सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ। त्यस्तै सरकारले विद्युत् नियमन आयोगलाई ‘साउथ एसिया फर इन्फ्रास्टक्चर रेगुलेशन’को सदस्यता लिन स्वीकृति प्रदान गरेको मन्त्री पुनले बताए । नेपाल प्रहरीको हाल कायम रहेको स्वीकृत…