


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ४ माघ । नेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीका अनुसार एमालेले क्षेत्र नं १ बाट दधिराम न्यौपाने, २ बाट विष्णुप्रसाद पौडेल, ३ बाट वासुदेव घिमिरे, ४ बाट सुनिता ठटेर, ५ बाट खिमलाल भट्टराईले उम्मेदवारी दिने छन् । पौडेल र घिमिरेबाहेक सबै नयाँ उम्मेदवार हुन्। पार्टी केन्द्रीय सदस्य न्यौपाने ०७४ मा प्रदेश सभा सदस्य थिए भने ०७९ मा सोही क्षेत्रबाट प्रदेशसभामा पराजित भएका थिए। उपाध्यक्ष पौडेल ०५६ देखि बुटवल क्षेत्रबाट उम्मेदवार बन्दै आएका छन् । केन्द्रीय सदस्यमा पराजित घिमिरे ०७९ मा क्षेत्र नं ५ बाट निर्वाचित भएका थिए। केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भट्टराई…
भैरहवा, ४ माघ । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु प्रसाद पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने भएका छन् । पार्टीको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ बाट चुनावी मैदानमा उत्राने निर्णय गरेको थियो। रुपन्देही क्षेत्र नम्बर २ बाटै पौडेल चुनाव लड्दै आएका थिए । तर, पाल्पा–२ बाट उनको सिफारिस भएपछि निर्वाचन क्षेत्रमा विभिन्न किसिमको बहस भएपश्चात रुपन्देही–२ को क्षेत्रीय कमिटी बैठकले रुपन्देही–२ बाट पौडेललाई उम्मेदवार बनाउनुपर्ने र जिताउने जिम्मा आफूहरुले लिने निर्णय गरेको थियो । एमाले केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज खिमलाल भट्टराईले पौडेललाई रुपन्देही–२ बाट उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए। नेकपा एमालेको रुपन्देही क्षेत्र नम्बर १ मा…
भैरहवा, ४ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुपन्देहीको पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको टुंगो लगाएको छ। पार्टीका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा घनश्याम यादव, २ मा सुवास पाण्डे (विश्वदीप), ३ मा फैज अहमद खान, ४ मा बाबुलाल यादव र ५ मा मोहम्मद वकील मुसलमानलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।
भैरहवा, २ माघ। आगमी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मुख्यसहित निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार भैरहवास्थित बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापाना गरिएको र शुक्रवार अन्य क्षेत्रमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापनाको तयारी छ । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले निर्वाचनलाई स्वतन्त्रपूर्वक, शान्तिपूर्ण सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेको बताए। उनले निर्वाचनलाई शान्तिपूर्ण बनाउन राजनीतिक दलको ठूलो भूमिका रहेको र सहयोगको अपेक्षा रहेको बताए। निर्वाचन आचारसंहिता पालना गर्न उनले राजनीतिक दलहरुलाई आग्रह गर्दै आचारसंहिता पालना नभए कानूनी कुराहरु अघि बढाउनुपर्ने बताए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद…
काठमाडौं,२ माघ। नेपाली कांग्रेसले गगन थापा पक्षद्धारा विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको भनिएका ८८५ जना प्रतिनिधिहरुको हस्ताक्षर फिर्ताको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रवार विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको भनिएकोमध्ये ८८५ जनाले फिर्ता लिएको प्रमाण निर्वाचन आयोगमा बुझाइएको हो । कांग्रेस टोलीसँगको भेटमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आधिकारिकता विवादको सन्दर्भमा विधिसम्मत निर्णय दिने बताएका छन् ।
काठमाडौं,३० पुस। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने निर्णय गरेको छ। सहमहामन्त्री मीन विश्वकर्माका अनुसार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो। त्यस्तै बैठकले सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गरेको छ। यी तिनै जनालाई पाँचवर्षको लागि कारबाही गरेको छ । यससँगै कांग्रेस विभाजन भएको छ। त्यस्तै अन्य नेता-कार्यकर्ताहरुलाई पार्टीमा फिर्ता आउन आह्वान गरिएको छ। पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै उनीहरुलाई पार्टीको विधान बमोजिम कारबाही गरिएको सहमहामन्त्री विश्वकर्माले बताए। तीन नेतामाथि कारबाही गरेको जानकारी सहितको पत्र निर्वाचन आयोगमा दर्ता भएको छ ।…
भैरहवा, ३० पुस । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको विमानको आपतकालीन ढोका खोल्ने यात्रुले सोधपुछको क्रममा अन्जानमा ढोका खोलिएको बताएका छन् । बुधवार भैरहवाबाट काठमाडौंका लागि उडान भर्न लागेको बुद्ध एयरको उडान नम्बर ८५२ (कल साइन ९ एन–एएमडी) विमानमा सवार गुल्मीको चन्द्रकोट गाउँपालिका–४ का सुमन गौतमले आपतकालीन ढोका खोलेपछि उडान रोकिन पुगेको थियो । ढोका खोल्न यात्रुलाई प्रहरीको जिम्मा लगाइएको थियो । ‘नियन्त्रणमा लिइएको यात्रुले ढोकाको ह्याण्डल चलाउँदा अन्जानमा आपतकालीन ढोका खुल्न पुगेको सोधपुछको क्रममा बताएका छन्’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले भने, ‘नियन्त्रणमा रहेका यात्रु उपर कारवाहीको विषयमा छलफल भइरहेको छ ।’ उडान भर्न लागेको…
भैरहवा, ३० पुस। रुपन्देहीको भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत टी–ट्वान्टी सिरिज पनि रुपन्देही–११ ले आफ्नो पोल्टामा पारेको छ । बुधबार सिरिजको दोस्रो खेलमा रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’लाई ६ विकेटले पारजित गर्दै सिरिज पक्का गरेको हो । मंगलबार पहिलो खेलमा रुपन्देही २६ रनले विजयी भएको थियो । यसअघि रुपन्देहीले आर्मीविरुद्ध दुई दिवसीय टेष्ट र एकदिवसीय सिरिज क्लिनस्वीप गरेको थियो । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जितका लागि पाएको १ सय १८ रनको लक्ष्य रुपन्देहीले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गर्न सफल भयो । उसको जितमा आकाश त्रिपाठीले अविजित ३९, सन्दीप मौर्यले २४, आरिफ खानले १८, सन्दीप रजालीले…
भैरहवा, ३० पुस । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको विमानको एक यात्रुले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको छ । बुधवार भैरहवाबाट काठमाडौंका लागि उडान भर्न लागेको बुद्ध एयरको उडान नम्बर ८५२ (कल साइन ९ एन एएमडी) विमानमा सवार गुल्मीको चन्द्रकोट गाउँपालिका–४ का सुमन गौतमले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । ‘उडान भर्नका लागि विमानको इन्जिन अन भइसकेको थियो । त्यही बेला आपतकालीन ढोका खोलिएको पाइलटलाई जानकारी भएपछि उडान रोकिन पुग्यो’,उनले क्लिक लुम्बिानीसँग भने, ‘कुनै क्षति भएको छैन ।’ आपतकालीन ढोका खोलेका उक्त यात्रुलाई प्रहरीको जिम्मा लगाइएको उनले…
काठमाडौं,२९ पुस । नेपाली कांग्रेसमा नेतृत्वको विवादकाबीच शेखर कोइराला पक्षधर जिल्ला सभापतिहरुले सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । मध्यमार्गी प्रस्तावसहित देउवा निवास महाराजगन्जमा भेटघाट गर्न पुगेका उनीहरुलाई देउवाले समाधान खोज्न आफु सकारात्मक रहेको तर अहिल्यै हट्न तयार नभएको बताएका थिए । दुई महिनापछि स्वतः हट्ने भएकाले अहिले नै हट्नुपर्छ भन्ने विषय सान्दर्भिक नभएको देउवाको भनाइ उदृत गर्दै सहभागी एक नेताले बताए । संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच भइरहेको वार्ताको निर्णय आफूले मान्ने पनि देउवाले बताएका छन् । भेटघाटमा चितवन, नुवाकोट, दैलेख, कालिकोट, खोटाङ लगायत जिल्लाका सभापति र नेताहरु सहभागी थिए।