


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२१ असार। सशस्त्र प्रहरी बल नेपालको कीर्तिपुरस्थित विद्यालयमा आर्थिक हिनामिनाको आरोपमा प्रहरीले इन्स्पेक्टरसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा विद्यालयको लेखा प्रमुख तथा इन्स्पेक्टर कल्पना गुरुङ र कर्मचारी लिला लामा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, सशस्त्र प्रहरी मुख्यालयले आर्थिक मिनामिना भएको भन्दै कारबाहीका लागि पठाएको पत्रका आधारमा उनीहरुलाई शनिवार पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा विद्यालयको खातामा रहनुपर्ने रकम व्यक्तिगत बैंक खातामा जम्मा गरी करोडौं रुपैयाँ हिनामिना गरिएको आरोप छ। यस विषयमा सशस्त्र प्रहरी मुख्यालयले आन्तरिक छानबिन गरेको थियो। छानबिनबाट आर्थिक अनियमितता भएको पाइएपछि विस्तृत अनुसन्धान र मुद्दा…
सलमान खानभैरहवा, असार। चौधरी ग्रुपको उत्पादन रियो ब्राण्ड अन्तर्गतको ‘म्याङ्गो एन्ड ग्लुकोज’ (जुस) मा लेदो भेटिएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामको प्रकृति गौतम र बिन्दु भट्टराईले (नातामा दिदी) योगिकुटीस्थित एक पसलबाट खरिद गरेको रियो ब्राण्ड अन्तर्गतको ‘म्याङ्गो एन्ड ग्लुकोज’ मा लेदो भेटिएको हो। उपभोक्ता गौतमका अनुसार, पाँच वटा रियोको ‘म्याङ्गो एन्ड ग्लुकोज’ खरिद गरिएकोमा दुई वटा अखाद्य पाइएको छ । ‘मैले एउटा खाँदा स्वाद फरक पाए र मुखमा लेदो जस्तो आएपछि थुके’,उनले भनिन्,‘पछि खोलेर हेर्दा त्यसमा लेदो थियो।’ अखाद्य रियो खाएपश्चात ज्वरो र उल्टी आउने जस्तो भएर आफु अस्वस्थ्य भएको उनको भनाइ छ । उनले उक्त घटनाबारे आफ्नो वडाको अध्यक्षलाई…
भैरहवा,१९ असार। रुपन्देहीको ओमसतिया गाउँपालिकाको वडा नम्बर २ स्थित पडसरीमा (रामजानकी मन्दिर) निःशुल्क आँखा चेकजाँच स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । ओमसतिया गाउँपालिकाको २ नं. वडा कार्यालयको आयोजना तथा लुम्बिनी नेत्रालय प्रा.लि.को प्राविधिक सहयोग सम्पन्न शिविरमा २०३ जना वडावासीहरु लाभान्वित भएको वडाअध्यक्ष सितल जि.टी.ले जानकारी दिए। उनले स्वास्थ्य सेवा गाउँघरमै उपलब्ध गराउँदा नागरिकले सहज रुपमा लाभ लिन सक्ने भएकाले जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको बताए । उनले कार्यक्रमले समयमै आँखा सम्बन्धी समस्याको पहिचान, उपचार तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। शिविरमा सहभागीहरुको निःशुल्क आँखा परीक्षण गर्नुका साथै निःशुल्क औषधि र आवश्यक परामर्श प्रदान गरिएको थियो।…
काठमाडौ,१८ असार। सरकारले बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णय सार्वजनिक गरेका हुन्। यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु -अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने -एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन (बीबीएन्जी) लाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने। -नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई सरुवा गर्ने। -विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको…
काठमाडौं,१८ असार। यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेको आधारमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घटाएको छ। विभागका अनुसार, डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसाबाट घटेर १९३ रुपैयाँ ८३ पैसा पुगेपछि भाडादर समायोजन गरिएको हो। यसअघि विभागले इन्धनको मूल्य वृद्धि हुँदा यात्रुवाहक तथा मालवाहक सवारीमा पाँच प्रतिशतसम्म भाडा बढाएको थियो भने त्यसबेला पूर्ण रुपमा भाडा समायोजन नभएका कारण अहिलेको मूल्य घट्दा त्यसलाई समेत समेट्ने गरी दुई प्रतिशतले भाडा घटाउने निर्णय लिइएको हो । नयाँ निर्णय अनुसार, यात्रुवाहक, पहाडी तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा दुई प्रतिशतले घट्नेछ। संशोधित भाडादर असार १८ गतेदेखि दुई वा सोभन्दा…
बुटवल,१८ असार। सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले निर्वाचन आयोग, नेपाली कांग्रेससँग के कारणले वडाध्यक्ष हटाएको हो भन्नेबारे लिखित जवाफ माग गर्दै आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। अन्तरिम आदेशसँगै ढकाल हालका लागि वडाध्यक्षकै जिम्मेवारीमा रहने भएका छन्। आयोगले दल त्याग गरेको आधारमा उनको पद रिक्त भएको निर्णय गरेको थियो।
काठमाडौं,१८ असार। नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सुरुवा भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले ८ जना एआईजीहरुको सरुवाको निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।
काठमाडौं,१८ असार। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार, जुत्ता, पाइन्ट, साडी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस एक्सरे गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना बरामद भएको हो। बरामद सामग्री युनिक कार्गो बौद्धले एपेक्स लजिष्टिकमार्फत काठमाडौँबाट अमेरिका पठाउन लागिएको प्रारम्भिक अनसुन्धानबाट खुलेको उनले बताए। प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ। उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।
काठमाडौं,१६ असार। साउदी अरेबिया सरकारले ३३ जना नेपाली नागरिकहरुलाई आममाफी दिएको छ। साउदी अरेबियामा कानुन उल्लघंन गरी कारगारमा सजाए भुक्तान गरिरहेका ३३ जना नेपालीलाई साउदी सरकारले आममाफी दिएको हो। परराष्ट्र मन्त्रालयका अनुसार, रमजान पर्वको अवसरमा साउदी सरकारले ३३ जना नेपालीहरुलाई आममाफी दिएको हो। परराष्ट्र मन्त्रालयद्वारा मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतीक भएको उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार साउदी अरबस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपछि ती नेपाली नागरिकलाई आममाफी दिइएको र कानुनी प्रक्रिया पश्चात उनीहरु नेपाल फर्किने छन्।
भैरहवा, असार। भैरहवास्थित काशी नोबल एकेडेमीमा ‘क्वालिटी टिचिङ इन्सपेक्सन’ सम्बन्धी कार्यशाला कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षता तथा सह–प्राचार्य श्री रायमाझीको सञ्चालनमा आयोजित कार्यक्रममा विद्यालयका ५५ जना शिक्षकहरुको सहभागिता रहेको थियो। कार्यक्रममा आइएसओ नेपालका प्रतिनिधि सुदीप शर्मा र आकाश यादवले सहजीकरण गरेका थिए। कार्यशालामा सहभागी शिक्षकहरुलाई पाँच समूहमा विभाजन गरी अन्तरक्रियात्मक छलफल गराइएको थियो। छलफलका क्रममा आत्मअनुशासन, संस्थागत अनुशासन, गुणस्तरीय शिक्षण–सिकाइ तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न कक्षाकोठामा आवश्यक पर्ने सामग्री र अभ्यासका विषयमा विस्तृत रुपमा विचार–विमर्श गरिएको थियो। कार्यक्रममा बोल्दै प्राचार्य राजेन्द्र घिमिरेले विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता ‘आइएसओ’ प्रमाणपत्र प्राप्त गरेपछि त्यसअनुरुप आवश्यक मापदण्ड कायम राख्न यस्ता…