Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१६ माघ । निर्वाचन आयोगले मिथ्या–भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी र कारबाही प्रक्रिया बढाएको छ । निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिएको पाइएपछि आयोगले निगरानी र कारवाही प्रक्रिया बढाएको हो । आयोग अन्तर्गतको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको सूचना सदाचार प्रवर्द्धन इकाइले ३०२ मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको पहिचान गरेको छ। मिथ्या र भ्रमपूर्ण सूचनाहरु निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ।

Read More

गुल्मी,१६ माघ । तीन महिनाको छोराको हत्याको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको इश्मा गाउँपालिका–२ छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी केन्द्रीय समाचार कक्ष अनुसार, पक्राउ परेका बुवा सन्तबहादुरले रातीको समयमा मादकपदार्थ सेवन गरेर ३ महिनाको छोरा सुवास कुमालको हत्या गरेको आरोप छ । घटनाको सूचना प्राप्तपश्चात प्रहरी चौकी हस्तिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । पक्राउ परेका वुवामाथि कर्तव्य ज्यानको कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,१६ माघ। विवादको क्रममा श्रीमतीको हत्या गरेर श्रीमान प्रहरी कार्यालयमा पुगेका घटना बाहिरिएको छ । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले २३ वर्षीया कोपिला पाख्रिनको हत्या गरेको प्रहरी कार्यालयमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए । उनका अनुसार चिर्पटले हानेर श्रीमतीको हत्या गरेर खाटमा सुताएको अवस्वामा शव बरामद भएको छ । दुबै जनाले मदिरा सेवन पश्चाच विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्राराम्भिक अनुसन्धानमा खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

लुम्बिनी, १६ माघ। थाइल्याण्ड राजपरिवारको विशेष राजसी पदमा रहेकी सिनेनाथ बिलासकल्यानीले लुम्बिनीको मायादेवी मन्दिर दर्शन गरेकी छन्। बुद्धको जीवनीसँग सम्बन्धित प्रमुख चार स्थानको भ्रमणको क्रममा बिहीवार उनी बेलहिया नाका हुँदै लुम्बिनी पुगेकी थिइन् । उनलाई शुक्रबार लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठ, सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ र लुम्बिनी विकास कोषको योजना प्रमुख स्मिता भट्टले स्वागत गरे। ७० सदस्यीय प्रतिनिधिमण्डलसहित बुद्धले महापरिनिर्वाणको समयमा भनेको चार प्रमुख स्थल बोधगया, सारनाथ, कुशीनगर र लुम्बिनीको तीर्थाटनमा निस्केकी उनी भारतका तीन स्थानको दर्शनपश्चात लुम्बिनी आएकी हुन् । थाइल्याण्डका राजा महा वजिरालोङकोर्नबाट रोयल नोबल कन्सर्ट (राजसी सहचारी) उपाधि पाएकी सिनेनाथले शाही थाई आर्मी…

Read More

काठमाडौं,१६ माघ । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापाले देश सञ्चालनको लागि पात्र नभई एजेण्डाको आवश्यक रहेको बताएका छन्। शुक्रवार पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्दै उनले व्यक्ति भन्दा स्पष्ट र व्यवहारिक एजेण्डा आवश्यक रहेको बताएका हुन्। उनले हाल मुलुकको राजनीतिक बहस व्यक्ति केन्द्रित भएको उल्लेख गर्दै एजेण्डा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले नेपालको संघीयताको मोडेल त्रुटीपूर्ण रहेको भन्दै संघीयताको मोडलसँगै संविधानमा रहेका त्रुटीहरु समेत सच्याउनुपर्ने उल्लेख गरे। राष्ट्रिय सहमतिको आधारमा संविधान पुनर्लेखन गर्न सकिने उनको भनाई छ । उनले चुनावी प्रतिवद्धता पूरा नगरे अदालतमा प्रश्न उठाउन सकिने व्यवस्था गरेमात्रै उम्मेदवार वा दलहरु घोषणापत्रप्रति जिम्मेवार हुने बताए ।

Read More

काठमाडौं,१६ माघ । नेपालको स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । बिहीवार प्रतितोला सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम भएको थियो भने शुक्रवार सोही मूल्य बराबरको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार २० हजार ५०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य ३ लाख १८ हजार ८०० मा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला सुन ३ लाख ३९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्यसँगै चाँदीमा पनि गिरावट आएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला चाँदी ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदी ७ हजार ५०५ रुपैयाँमा…

Read More

म्याग्दी, १६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवार महावीर पुनले मतदाता पैसाको प्रलोभनमा नपर्न आग्रह गरेका छन्। म्यादी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका उनले मत माग्ने क्रममा पैसामा मत बेच्नु भविष्यका पुस्ताप्रति धोका हुने बताए। मन्त्री पदबाट राजीनामा दिएर चुनावमा होमिएका उनले भने, ‘दुईचार हजार, पाँचसात हजार वा आठदश हजारमा बिक्यो भने त्यो व्यक्ति सिधा नर्कमा जान्छ। किनभने उसले भविष्यको हाम्रो छोरानातिलाई सिधा धोका दिएको हुन्छ। अहिले पैसामा बिक्नु भनेको छोरा(नातिले दुःख पाउनु हो।’ पैसामा मत बेच्दा आगामी पुस्ताको भविष्यमा असर पार्ने भन्दै पाप लाग्ने बताए। ‘छोरा(नातिको श्राप लाग्छ। पैसामा बिक्ने मान्छे श्राप लागेर…

Read More

सुनसरी,१३ माघ । प्रहरीले ठुलो परिमाण लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा जिल्लाको चौबिसे गाउँपालिका-७ का २५ वर्षीय साजन लिम्बु र १९ वर्षीय गगन लिम्बु रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, इनरुवा नगरपालिका-६ भोटेपुलस्थित पूर्व-पश्चिम राजमार्गमा सवारी साधन जाँचको क्रममा को २ ह ६१२५ नम्बरको अटोमा ९९ किलो १ सय ग्राम गाँजा बरामद भएको हो । घटनामा संग्लन आरोपमा अटो चालक साजन र अटोमा सवार गगनलाई गाँजा तथा र सवारी साधनसहित नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको…

Read More

काठमाडौं,१३ माघ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको अनुगमनका लागि देशका ७७ वटा जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको छ। ‘सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र आचारसंहिताको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ,’आयोगले भनेको छ, ‘कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई आर्थिक क्रियाकलाप चुनावी खर्च, लेखा राखे/नराखेको, सम्पत्ति विवरण पेस गरे/नगरेको, निर्वाचन कार्यालयमा घोषणापत्र पेस गरे/नगरेको लगायत हेर्ने जिम्मेवारी तोकिएको छ ।’ आचारसंहिता विपरीत खर्च गरेको पाइए उम्मेदवारलाई उक्त अधिकारीले स्पष्टीकरण सोध्न सक्ने आयोगले जनाएको छ ।

Read More

काठमाडौं,१३ माघ। नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थामार्फत खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। निर्वाचन आयोगको अनुरोधपछि नेपाल राष्ट्र बैंकले पत्रमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई आवश्यक सहजीकरण गर्न आग्रह गरेको हो। बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका जिल्ला निर्वाचन कार्यालय तथा प्रदेश निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ। प्रत्येक राजनीतिक दल तथा उक्त दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवं प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन राष्ट्र बैंकले सूचनामार्फत आग्रह गरेको छ।

Read More