Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ५ पुस । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम पार्टीको माथील्लो निकायमा सिफारिस गरेको छ। पार्टीको जिल्ला समन्वय समितिको बैठकले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा मोहम्मद अलीको एकल नामको उम्मेदवारमा सिफारिस गरेको जसपा रुपन्देहीका अध्यक्ष शिवदास यादवले बताए। सिद्धार्थनगर नगरपालिका–४ निवासी अली पार्टीमा केन्द्रीय सदस्य पदमा छन् । अशोक राई नेतृत्व जसपा, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले निर्वाचनमा गठबन्धन गरेर चुनावी मैदानमा उत्रिने बताइएको छ ।

Read More

लुम्बिनी, ५ पुस। लुम्बिनी बौद्ध विश्वविद्यालयमा आईतबार (पुस ६ गते) ‘२०२५ प्रथम हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी’ हुने भएको छ। प्रदर्शनीका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको कार्यक्रम संयोजक डा. सागर न्यौपानेले जानकारी दिए। “सभ्यताबीच आपसी सिकाइ, प्रविधिगत नवप्रवर्तन” भन्ने मूल नारासहित आयोजना गर्न लागिएको प्रदर्शनीमा चिनियाँ फिल्मको विशेष प्रदर्शन, एनिमेटेड फिल्म शो, हस्तकला कार्यशाला, सांस्कृतिक तथा सिर्जनात्मक प्रदर्शनी तथा सिनेम्याटिक संवादजस्ता विविध कार्यक्रम समावेश रहने छन्। प्रदर्शनीमा परम्परागत चिनियाँ संस्कृतिलाई आधुनिक प्रविधिसँग संयोजन गरी तयार गरिएका श्रव्यदृश्य सामग्रीले विशेष आकर्षण सिर्जना गर्ने जनाईएको छ। कार्यक्रमको सुरुवात एआई प्रविधिबाट निर्माण गरिएको प्रवर्द्धनात्मक छोटो चलचित्रबाट गरिनेछ भने त्यसपछि एआईजीसी प्रविधिको पूर्ण…

Read More

काठमाडौं, ४ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ । सीआईबीले उनलाई शुक्रबार काठमाडौंको महाराजगञ्ज चुनदेवीबाट पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर खरिद गरी धितोपत्रसम्बन्धी ऐनअनुसार झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरी करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानुन विपरीत नाफा आर्जन गरेका थिए। त्यस्तै अग्रवालमाथि कार्पोरेट डेभलोपमेन्ट बैंकको शेयर मूल्य पनि कृत्रिम रुपमा बढाएको आरोप छ। सोही प्रतिवेदनको आधारमा काठमाडौं जिल्ला अदालतको अनुमतिले पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताए…

Read More

भैरहवा,४ पुस।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपश्चात शुक्रबारर जिल्ला अदालत रुपन्देहीमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी थुनामुक्त भएका हुन्। थुनामुक्त भएपछि अदालत बाहिर रास्वपाका कार्यकर्ताहरुले लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए । थुनामुक्त भएर अदालत बाहिर निस्किएपछि लामिछानेले सम्बोधन गर्दै सम्पूर्ण हिसाब गर्न र न्याय पाउन बाँकी रहेको प्रतिक्रिया दिए। पछिल्लो सरकार र नेताहरुले देशमाथी गरेको अन्याय अगाडी आफुमाथी भएको अन्याय केही पनि नभएको उनले बताए । ‘उनीहरुले यो देशमाथी गरेको अन्याय अगाडी म माथी गरेको अन्याय केही पनि होइन । सम्पूर्ण हिसाब गर्नु छ । हिसाब मिलाउन बाँकी नै छ ।…

Read More

भैरहवा,४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत बुटवल तुलसीपुर इजालसको आदेशपश्चात शुक्रवार जिल्ला अदालत रुपन्देहीमा आवश्यक प्रक्रिया पुरा गरेपछि उनी थुनामुक्त भएका हुन् । आदेशमा भएका सर्तहरुका लागि उपस्थित भएर आवश्यक कागजी प्रक्रिया र बैंक जमानतको पुष्ट्याईँ भएपछि लामिछाने थुनामुक्त भएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए । उनका अनुसार लामिछाने उच्चको आदेश अनुसार ०८१ मघ १३ गते थुनछेकको क्रममा माग गरेको एक करोड धरौटी (बैंक जमानत) र निवेदन साथ बिगोको हकमा पेश…

Read More

काठमाडौं,४ पुस। भैरहवाको मौसम सुधार नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भरतपुर हुँदै भैरहवामा आउने भएका छन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेलाई सर्तहरु सहित थुनामुक्त गर्न आदेश गरेपछि आवश्यक प्रक्रिया पुरा गर्नका लागि उनलाई काठमाडौंबाट विमानमार्फत भैरहवा ल्याउन थालिएको थियो । तर, बिहानदेखि मौसमको खराबीका कारण भैरहवा विमानस्थल नखुलेपछि काठमाडौंबाट भरतपुरसम्म विमानमा र त्यहाँबाट सडकमार्गमार्फत भैरहवामा ल्याउन लागिएको बताइएको छ ।

Read More

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जान आतुर रहेको बताएका छन् । मोरङमा स्थानीय नेताहरुसँगको भेटमा उनले अगामी फागुन २१ गतेलाई तोकिएको समयमा निर्वाचिन हुनैपर्ने भएपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए । ʻसंविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,ʼउनले भने,ʻहामी त निर्वाचनको मिति कुरेर बसेका छौँ। तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ।ʼ उनले निर्वाचनको तयारीका लागि पार्टी पंक्तिलाई निर्देशन समेत दिए।

Read More

काठमाडौं, ४ पुस। मधेश प्रदेश प्रहरी कार्यालयले प्रदेशको ८ जिल्लामा सादा पोसाकमा खटाइएको प्रहरी (घुमुवा) हरु लाई हटाएको छ । जिल्लामा सादा पोसाकमा अपराध नियन्त्रणका लागि सूचना संकलनका लागि खटाइने घुमुवा प्रहरीहरुको बारेमा गुनासो बढी भएपछि उनीहरुलाई हटाइएको हो । मधेश प्रदेशका डीआईजी गोविन्द थपलियाका अनुसार प्रहरी संगठनभित्रै शुद्धीकरण गर्ने योजना अनुसार ३१ जना घुमुवा प्रहरीलाई हटाइएको हो । हटाइएका घुमुवा प्रहरीको भूमिकाबारे आवश्यक आन्तरिक अनुसन्धानसमेत अघि बढाइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Read More

काठमाडौं,४ पुस। सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा दुई सय नौ जनाका लागि नयाँ भर्ना खुला गरेको छ । सशस्त्र प्रहरीले एक सूचना जारी गर्दै खुल्ला प्रतियोगिताद्वारा रिक्त पदमा पदपूर्ति गर्नका लागि साधारण उपसमूहतर्फ ४१ प्रहरी निरिक्षक (इन्स्पेक्टर) को माग गरेको छ भने कानुन, लेखा, चिकित्सक गरी २८ इन्स्पेक्टरका लागि पनि दरखास्त आह्वान गरेको छ। त्यस्तै साधारण उपसमूहमा १३१ असई र स्टाफ नर्स (सई) मा ९ जनाका लागि दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका नेपाली नागरिकले पुष ११ गतेदेखि माघ ११ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने छन् भने दोब्बर दस्तुर तिरेर माघ १२ गतेदेखि माघ २१ गतेसम्म दरखास्त दिन सक्ने…

Read More

भैरहवा, ४ पुस। रुपन्देहीमा एक १७ वर्षीय युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कञ्चन गाउँपालिका-३ धौलागिरी चोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव फेला परेको हो। प्रहरीका अनुसार बुधवार साँझ ८ बजेदेखि सम्पर्कविहीन रहेका शर्माको शव स्थानीयले बिहीवार साँझ नालामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको प्राराम्भिक अनुसन्धानमा शर्माको टाउको हानेर हत्या गरिएको देखिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More