


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ३२ जेठ। सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा ) मा सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले आज सूचना जारी गरेर सोमबार सार्वजनिक बिदा दिने जनाएको हो। गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा )का दिन सार्वजनिक बिदा दिने निर्णय भएको थियो ।
भैरहवा,३१ जेठ । मुलुकमा शुक्रवार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भैरहवा, ३१ जेठ । नेपाल प्रहरी प्रधान कार्यालयले ७ जना प्रहरी उपरीक्षकहरु (एसपी) को सरुवा तथा पदस्थापन गरेको छ । बिहिवार प्रधान कार्यालयले डिएसपीबाट एसपी बढुवा भएका चार एसपीहरुको पदस्पथापनसहित सात एसपीहरुको सरुवा गरेको हो । कार्यालयका अनुसार पश्चिम नवलपरासीमा रहेका एसपी काजी कुमार आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ भने उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्युरो मानव बेचविखन अनुसन्धान शाखामाबाट एसपी ज्ञानेन्द्र प्रसाद फुयाललाई पठाइएको छ । मानव बेचविखन अनुसन्धान शाखामा एसपी एकनारायण कोइरालाको सरुवा भएको छ । उनी नेपालप्रहरी विपद् व्यवस्थापन कार्यालय कार्य परिचलन शाखामा कार्यरत थिए । त्यस्तै अपराध अनुसन्धान विद्यालय मानव स्रोत व्यवस्थापन…
काठमाडौँ, ३१ जेठ । विशेष अदालतले लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै अकुत सम्पत्ति आर्जनको मुद्दामा सजाय निर्धारण गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले भट्टराईलाई दोषी ठहर गर्दै ६ वर्ष कैद र ८० लाख जरिवाना सजाय निर्धारण गरेका हुन् । जेठ २४ मा दोषी ठहर भएका भट्टराईलाई विशेष अदालतले बिहिबार कसुर निर्धारण गरेको हो । अख्तियारले निर्माणकार्यमा ठेकेदारबाट घुस लिएको आरोपमा उनी विरुद्ध २५ चैत २०८० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार भट्टराईले पदीय दुरुपयोग…
भैरहवा,३१ जेठ । नरेन्द्र मोदी नेतृत्वको सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनः अजित डोभाललाई नियुक्त गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार भारतको मन्त्रिपरिषद् बैठकले पुन पाँच वर्षको लागि डोभाललाई जुन १० गतेदेखि लागू हुनेगरी राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको हो । उनलाई क्याबिनेट मन्त्रीको हैसियत प्रदान गरिएको छ । डोभाल राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त भएको यो तेस्रो पटक हो । भारतका सुरक्षा सल्लाहकार डोभाल एक प्रभावकारी सुरक्षा सल्लाहकार मानिन्छन् । उनी अन्य मुलुकसँगै नेपाल भारत सम्बन्ध र नेपाल मामिलालाई नजिकबाट नियाल्ने गरेका छन् । डोभालले मोदी सरकारको कार्यकालमा धेरै सफल अपरेशनहरुको नेतृत्व गरेका छन् ।
काठमाडौं, ३० जेठ। कुवेतमा आप्रवासी श्रमिकहरूको क्याम्पमा आगलागी हुदाँ पाँच जना नेपाली नागरिक घाइते भएका छन् । कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा बुधवार एकाबिहानै बिहान आगलागीमा परेर पाँच जना नेपाली घाइते भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावसाका अनुसार आगलागीबाट शिवशंकर पासवान र दोर्जे लामा घाइते भएका छन् । उनीहरूको अदान अस्पतालमा उपचार भइरहेको छ । फरवानिया अस्पतालमा उपचार पश्चात दिनेश कुमार मण्डल डिस्चार्ज भएका छन् भने जाकिर नाडाफ र सन्तोष कुमार गोइत भने सुरक्षित रहेका छन् । उक्त घटनाबारे श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले दुतावास मार्फत जानकारी लिएका छन् ।
भैरहवा, ३० जेठ । भैरहवामा गर्मी अत्याधिक बढेको छ । दिउँसो सडकमा मानिसको हिडडुल पातलिएको छ । अस्पतालमा विरामीको चाप उस्तै बढेको छ । जनजीवन अस्तव्यस्त बनेको छ । गर्मी बढेसगैँ खरबुजा, काँक्रा, उखुको रस, लस्सी लगायतका पेयपदार्थहरुको व्यापार फस्टाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवारको बिहान करिब ९ बजे मापन गरिएको भैरहवाको अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । नेपालमा मनसुन प्रणाली भित्रिएपनि पश्चिमी तराईमा सक्रिय हुन अझै केही समय लाग्ने बताइएको छ । आगामी केही दिनसम्म देशको मध्य तथा पश्चिमी तराईमा…
भैरहवा, ३० जेठ ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा कम्प्युटर वेसिक कोर्ष तालिम सुरु भएको छ । उक्त तालिम साढे दुई महिना संचालन हुनेछ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको आयोजनामा ‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ निःशुल्क रुपमा सुरु भएको तालिममा ३० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको वडासदस्य विनित कुमार बेरिवालले बताए । सञ्चालित तालिमको बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समाजसेवी नारायण प्रसाद अग्रवालले कम्प्युटर शिक्षाको धेरै महत्व रहेको बताए । उनले भने, ‘बिना कम्प्युटर काम हुँदैन । आजको युगमा प्रत्येक क्षेत्रमा कम्प्युटरको जरुरी हुन्छ ।’ उनले प्राविधिक…
रुपन्देहीमा सैनामैना नगरपालिका–१० सालझण्डीमा सवारी दुर्घटना हुदाँ ४३ जना घाइते भएका छन् । दाङबाट काठमाण्डौँ जादै गरेको रा १ ख २७८३ नम्बरको तुल्सीपुर यातायात प्रा.लि.को बस मंगलबार राति करिब १२ बजे सालझण्डीमा रोकि राखेको लु २ ख ६८७ नम्बरको ट्रकमा ठोक्किदा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार घाइते भएका ४३ जनाको राति नै उद्दार गरी बुटवल स्थित चौराह अस्पताल र एडमोन सिटी अस्तालमा उपचारका लागिएको थियो । जसमध्ये १९ जना डिस्चार्ज भएका छन् । ट्रक र बस नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भैरहवा, २९ जेठ। ‘हाम्रो सिद्धार्थनगर’ पाठ्यपुस्तक तयार भएको छ । नगरभित्र संचालित विद्यालयहरुमा लागु गर्न थालिएको स्थानीय पाठ्यपुस्तक ‘हाम्रो सिद्धार्थनगर’लाई अन्तिमरुप दिन गृहकार्य भइरहेको जनाइएको छ । पालिकामा रहेका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा कक्षा १, २, ३, ४ र ७, ८ मा पाठ्यपुस्तक पठकपाठन गराउने गरी अन्तिमरुप दिन लागिएको शिक्षा शाखा प्रमुश चेतनशील लम्सालले जानकारी दिए । पाठ्यक्रम यसअघि नै तयार पारिएको थियो । बीचमा कोरोना महामारी सुरु भएपछि केही समय पछाडि धकेलिएको थियो । यो बीचमा विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तोकेको अधिनमा रही नगरपालिकासँग सहकार्य गरेर विद्यार्थीहरुलाई स्थानीय पाठ्यपुस्तक पढाउँदै आएका थिए । नगरपालिकाले किताब छपाएर सबै विद्यालयमा…