Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २३ पुस । रुपन्देही प्रहरीले १ लाख ६२ हजार ७ सय ५० मूल्य बराबरको अवैध प्याज बरामद गरेको छ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा प्याज बरामद गरेको हो । आइतबार मायादेवी गाउँपालिका वडा नम्बर ४ स्थित सुण्डीबाट बेवारिसे अवस्थामा फेला परेको ७२ बोरा (३ हजार २ सय ५५ केजी) प्याज स्थानीयबासीको रोहबरमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर के.सी.ले बताए । बरामद गरिएको प्याज आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको प्रहरी निरीक्षक के.सी.ले जानकारी दिए ।

Read More