Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१८ असार। नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सुरुवा भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले ८ जना एआईजीहरुको सरुवाको निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।

Read More

काठमाडौं,१८ असार। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार, जुत्ता, पाइन्ट, साडी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस एक्सरे गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना बरामद भएको हो। बरामद सामग्री युनिक कार्गो बौद्धले एपेक्स लजिष्टिकमार्फत काठमाडौँबाट अमेरिका पठाउन लागिएको प्रारम्भिक अनसुन्धानबाट खुलेको उनले बताए। प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ। उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,१६ असार। साउदी अरेबिया सरकारले ३३ जना नेपाली नागरिकहरुलाई आममाफी दिएको छ। साउदी अरेबियामा कानुन उल्लघंन गरी कारगारमा सजाए भुक्तान गरिरहेका ३३ जना नेपालीलाई साउदी सरकारले आममाफी दिएको हो। परराष्ट्र मन्त्रालयका अनुसार, रमजान पर्वको अवसरमा साउदी सरकारले ३३ जना नेपालीहरुलाई आममाफी दिएको हो। परराष्ट्र मन्त्रालयद्वारा मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतीक भएको उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार साउदी अरबस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपछि ती नेपाली नागरिकलाई आममाफी दिइएको र कानुनी प्रक्रिया पश्चात उनीहरु नेपाल फर्किने छन्।

Read More

भैरहवा, असार। भैरहवास्थित काशी नोबल एकेडेमीमा ‘क्वालिटी टिचिङ इन्सपेक्सन’ सम्बन्धी कार्यशाला कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षता तथा सह–प्राचार्य श्री रायमाझीको सञ्चालनमा आयोजित कार्यक्रममा विद्यालयका ५५ जना शिक्षकहरुको सहभागिता रहेको थियो। कार्यक्रममा आइएसओ नेपालका प्रतिनिधि सुदीप शर्मा र आकाश यादवले सहजीकरण गरेका थिए। कार्यशालामा सहभागी शिक्षकहरुलाई पाँच समूहमा विभाजन गरी अन्तरक्रियात्मक छलफल गराइएको थियो। छलफलका क्रममा आत्मअनुशासन, संस्थागत अनुशासन, गुणस्तरीय शिक्षण–सिकाइ तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न कक्षाकोठामा आवश्यक पर्ने सामग्री र अभ्यासका विषयमा विस्तृत रुपमा विचार–विमर्श गरिएको थियो। कार्यक्रममा बोल्दै प्राचार्य राजेन्द्र घिमिरेले विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता ‘आइएसओ’ प्रमाणपत्र प्राप्त गरेपछि त्यसअनुरुप आवश्यक मापदण्ड कायम राख्न यस्ता…

Read More

भैरहवा,१६ असार। रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको साढे २० लाख मूल्य बराबरको आइफोन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार, कोटहीमाई गाउँपालिका–५ स्थित बेनिनगरमा युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा विभिन्न मोडेलका ३५ थान आइफोन बरामद भएको हो। बरामद फोन र प्रयोग भएको मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । यस अघि प्रहरीले ओमसतिया गाउँपालिका ४ बालापुरबाट २३ लाख ९० हजार मूल्य बराबरको विभिन्न मोडेल ३८ थान आइफोन बरामद गरेको थियो ।

Read More

भैरहवा, १५ असार। लुम्बिनी प्रदेशमा धान खेतीयोग्य ३ लाख १ हजार ३७२ हेक्टर क्षेत्रफलमध्ये ६२ हजार ६७०.५७ हेक्टरमा धान रोपाइँ भएको छ। यो कुल क्षेत्रफलको २०.५ प्रतिशत हो। प्रदेश कृषि मन्त्रालयका अनुसार, पर्याप्त वर्षा नहुँदा अधिकांश जिल्लामा रोपाइँ प्रभावित भएको छ। सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसान आकाशे पानीको भरमा रहेकाले यस वर्ष मध्य असारसम्म पनि रोपाइँ सुस्त बनेको मन्त्रालयले जनाएको छ। प्रदेश कृषि मन्त्रालयका बागबानी अधिकृत सन्देश धितालका अनुसार असार १४ गतेदेखि वर्षा सुरु भएकाले अब रोपाइँको गति बढ्ने अपेक्षा गरिएको छ।

Read More

दाङ,१५ असार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको आधुनिकीकरण, धान उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को अवसरमा शुभकामना जारी गर्दै मुख्यमन्त्री आचार्यले ‘जलवायूमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारालाई व्यवहारमा उतार्दै कृषि उत्पादन र उत्पादकत्व बढाउने दिशामा प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। नेपालको अर्थतन्त्र, खाद्य सुरक्षा, रोजगारी र ग्रामीण जीवनको प्रमुख आधार धान खेती भएकाले यसलाई आधुनिक, व्यवसायिक तथा जलवायूमैत्री बनाउनु समयको आवश्यकता भएको उल्लख गरेका छन्। बदलिँदो जलवायु र मौसमको अनिश्चितताबीच नवीन प्रविधिको प्रयोग, वैज्ञानिक खेती प्रणाली तथा प्रभावकारी…

Read More

परासी,१५ असार। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातुमा खातुन अन्सारीले आफूलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले काङ्ग्रेसबाट निर्वाचित अन्सारी अन्य दलमा प्रवेश गरेको भनी निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराए पश्वात् आयोगको असार ८ गतेको बैठकले उपाध्यक्षको पद रिक्त गर्ने निर्णय गरेको थियो। जसपश्चात आयोगले असार ९ गते उपाध्यक्ष पद रिक्त भएको सूचना जारी गरेको थियो। आयोगको निर्णय कानुनविपरीत रहेको दाबी गर्दै उनले उक्त निर्णय बदर गरी उपाध्यक्षकै हैसियतमा काम गर्न दिनका लागि सर्वोच्चमा उत्प्रेषणको रिट दायर गरेकी हुन्। रिटमाथि आज न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा…

Read More

भारत, असार। भारतको तामिलनाडु सरकारले राज्यको सरकारी अस्पतालहरुमा जन्मने प्रत्येक नवजात शिशुलाई १ ग्राम सुनको औंठी उपहार दिने घोषणा गरेको छ। मुख्यमन्त्री सी. जोसेफ विजयको नेतृत्वमा रहेको सरकारले थाइमामन थङ्गा मोथिरा थिट्टम (मामाको सुनको औंठी योजना) अन्तर्गत उक्त कार्यक्रम ल्याएको हो। तमिल संस्कृतिमा नवजात शिशुलाई मामाको तर्फबाट सुन उपहार दिएर स्वागत गर्ने थाइमामन सिर परम्परा रहेको छ। सोही सांस्कृतिक मान्यतालाई आत्मसाथ गर्दै अब सरकारले नै राज्यका प्रत्येक शिशुको मामाुको भूमिका निभाउँदै सुनको औंठी उपहार दिन लागेको जारी विज्ञप्तिमा उल्लेख छ। यस योजनाका लागि सरकारले वार्षिक ७५५.८३ करोड भारु बजेट छुट्याएको छ। यो योजना औपचारिक रुपमा आगामी सेप्टेम्बर १५ (पूर्व मुख्यमन्त्री…

Read More

काठमाडौं,१४ असार। गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह छन्। उनले आफूलाई गृहमन्त्रालयको जिम्मेवार व्यक्ति भन्दै प्रहरी कार्यालयमा सेटिङ मिलाउन खोजेको प्रहरीको भनाइ छ । कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट पक्राउ गरिएका सिंहमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More