


Get the latest creative news from FooBar about art, design and business.



काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तहको शिक्षक पदका लागि आवेदन खुला गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन निकालेको हो । न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन दिन आयोगले सूचित गरेको छ । आवेदकहरूले अनलाइनबाट आवेदन दिन सक्नेछन् । जसका लागि बुधबारदेखि नै आयोगको अनलाइन पोर्टल ttps://online.tsc.gov.np बाट अनलाइन दरखास्त दिन सकिने आयोगले जनाएको छ । हेर्नुहोस् सूचना
परासी । पश्चिम नवलपरासी प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा बर्दघाट नगरपालिका- १३ का अजय अहीर र कमल चौधरीलाई पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी रेशम बोहोराले बताए । उनका अनुसार उनीहरुलाई पेस्तोल सहित बर्दघाट नगरपालिका–१२ जहदाबाट पक्राउ गरिएको हो । अहिरले लगाएको जिन्स पाइन्टमा लुकाएको अवस्थामा पेस्तोल बरामद भएको उनको भनाई छ । पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत परासीमा हात हतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । सरकारले आगामी वर्ष वि.स. २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो । जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ ।
भैरहवा । नेपाल प्रहरीले ७८ जना प्रहरी उपरीक्षकहरु (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले पर्सामा कुमोद ढुंगेल, रुपन्देहीमा रन्जितसिंह राठौर, चितवनमा भावेश रिमाल, मोरङमा नवराज कार्की, झापामा मिलन केसीलाई सरुवा गरेको छ । त्यसैगरी, काभ्रेमा बसुन्धरा खड्का, धादिङमा गौतम केसी, कन्चनपुरमा चक्रराज जोशी, अपिल बोहरा तनहुँ, दयानिधि ज्ञवाली सर्लाही, बासुदेव पाठक गोरखा, विनोद शर्मा सिन्धुलीको एसपीमा सरुवा भएका छन् । रुपेश खड्का सुर्खेत, राजन भूजेल गुल्मी, विष्णुहरि कोइराला डोटी छन् । हेर्नुस को कहाँ सरुवा भए ?
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा मङ्गलबार साँझ यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। मृतक १० मध्ये आठ जनाको घटनास्थलमा र दुई जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा मृत्यु भएका पाँच जना तिनाउकै रहेका छन्। एकै पालिकाभित्रका पाँचसहित १० जनाको ज्यान जाने गरी भएको दुर्घटनाले पालिका शोकमा छ। तिनाउँ–६ मस्याम चिदीसको लुम्पेकडाँडामा शिखरडाँडातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा वडा नं ६ का पूर्वमहिला वडासदस्य उर्मिला अस्लामीसहितले अकालमै ज्यान गुमाएका छन्। पालिकाभित्र भएको कहालीलाग्दो दुर्घटनामा ज्यान गुमाएका सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज एक दिनका लागि शोक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी…
पोखरा । कास्की प्रहरीले पोखरामा ६ किलो अवैध सुन र ६२ लाख रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिक रहेका छन् । पक्राउ परेको भौमिकको साथबाट ६.६९ किलो सुन, ६ तोला चाँदी र ६२ लाख ८१ लाख नगद बरामद भएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।भौमिक पोखराको मोहोरिया टोलमा बस्दै आएको प्रहरीले जनाएको छ । तीन तल्ले घर भाडामा लिई बस्दै आएका भौमिकले अवैध सुन आयात गरी गरगहना बनाएर बिक्री गर्दै आएको प्रहरीले सूचना पाएको थियो । भौमिकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको…
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १९ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस सिखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिए । घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । हेर्नुस घाईतेहरुको नामवली
काठमाडौं । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको चार महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समीक्षा गरेको छ। राष्ट्रिय सभागृहमा दुई दिनसम्म चलेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले अभियानमा खट्ने कार्यकर्ताको मूल्यांकनको आधारमा समूह विभाजन गरी कम खट्ने कार्यकर्तालाई कारवाही गर्ने निर्णय गरेको छ। पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले चार महिने अभियानमा खटेका कार्यकर्तालाई मूल्यांकनको आधारमा चारवटा समूहमा विभाजन गरेको जानकारी दिए। अभियानमा खटेको मूल्यांकनको आधार तय भएको छ। मूल्यांकनको आधारमा चार समूहमा कार्यकर्तालाई वर्गीकरण गरिएको हो, उनले भने, सय प्रतिशतसम्म खट्ने कार्यकर्तालाई प्रशंसा पत्र दिने, ७५ देखि ८० प्रतिशतसम्म खट्ने कार्यकर्तालाई धन्यवाद, ५० देखि ५५ प्रतिशतसम्म खट्नेहरूलाई अझ खट्नुपर्छ…
भैरहवा । सिराहा प्रहरीले कटुवा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवले औरही गाउँपालिका ३ मा व्यक्तिसगँ विवाद गर्ने क्रममा घटनास्थलमा पुगेको प्रहरीले उनको शरीर खानतलासी गर्दा कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सर्वेन्द्र खनालप्रहरी समायोजनको विषय संवेदनशील विषय हुन्छ। संविधानमै व्यवस्था भएकाले पनि प्रहरीलाई समायोजन गर्नुपर्ने दबाबमा सरकार तथा संगठन दुवै हुन्छन्। समायोजन बाध्यकारी तर निर्णय गर्न नसकेको अवस्थामा छ अहिले। प्रहरी चेन अफ कमान्डमा चल्ने संगठन हो। संविधानमा प्रहरी समायोजन विषय समेटिए पनि यसलाई कार्यान्वयन गर्ने विषयमा संवेदनशील र सजकता अपनाउनुपर्छ। नागरिकलाई छिटो सेवा प्रवाह गर्न तथा सुशासन प्रदान गर्न, अपराध नियन्त्रण लगायतका विभिन्न विषयमा संविधानले प्रहरी समायोजनको परिकल्पना गरेको हो। प्रहरीलाई प्रदेशमा लगेर तीनतर्फको कमान्डको संरचनाभित्र पार्ने प्रयास भएको छ। यो नेपालको भौगोलिक अवस्था, स्रोतसाधन तथा प्रहरीको पुलिसिङ गर्नुपर्ने विषयमा अप्ठ्यारो छ। अन्य देशको शक्ति विकेन्द्रीकरण जनसंख्या, स्रोतसाधनलगायतका अवस्था हेरेर…