Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

पोखरा,१९ कार्तिक। सहकारी संस्थाको बचत हिनामिनाको आरोपमा प्रहरीले बुधबार ७ जनालाई पक्राउ गरेको छ। सहकारी रजिष्टारको कार्यालयले तयार पारेको वित्तीय विश्लेषण प्रतिवेदनका आधारमा कास्की प्रहरीले सहकारीका सञ्चालकहरु सहित ७ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सुपरभाइजर मार्केट प्रमुख बेदीप्रसाद सुवेदी र पूर्वसचिव इन्द्रप्रसाद रहेका छन्। सहकारी रजिष्टारको कार्यालयले मंगलबार पेश गरेको प्रतिवेदनमा सर्वसाधारणको ८८ करोड ७० लाख ९८ हजार ९६२ रुपैयाँ हिनामिनाको विवरण समावेश गरिएको थियो। उक्त आधारमा प्रहरीले कारबाही अघि बढाएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले…

Read More

काठमाठडौं,१८ कार्तिक। जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोप लागेका ८ जनाले ‘सरेन्डर’ गरेका छन् । आन्दोलनमा तोडफोड र आगजनी गर्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । यसैक्रममा प्रहरीले प्रहरी वृत्त जगाती तोडफोड गर्नेहरुको पहिचान गरी संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरमा उपस्थित हुन भनेको थियो। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दानबहादुर कार्कीका अनुसार प्रहरीको सूचनापश्चात ८ जना प्रहरीमा कार्यालयमा उपस्थित भएका छन्। उनका अनुसार प्रहरी कार्यालय तोडफोडमा संग्लनहरुमा काभ्रेको भुम्लु गाउँपालिका–३ का ३४ वर्षीय रामशरण परियार, काभ्रेको बनेपा नगरपालिका–४ का ३२ वर्षीय रुपक परियार, सर्लाहीको लालबन्दी नगरपालिका–६ का २६ वर्षीय होमबहादुर खत्री, काभ्रेको नमोबुद्ध नगरपालिका–१ का…

Read More

दाङ,१८ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदान गरेको अधिकारमा संघीय सरकारले अंकुश लगाउन नमिल्ने बताएका छन्। रेडियो नेपालको अन्तरसंवाद कार्यक्रममा कुराकानी गर्दै मुख्यमन्त्री आचार्यले एउटा सरकारले अर्को सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गर्नु असंवैधानिक हुने जनाए । ‘संविधानसम्मत ढंगले संघ पनि चलोस्, प्रदेश पनि चलोस् र स्थानीय सरकार पनि चलोस् भन्ने हाम्रो मान्यता हो’, उनले भने, संघीय सरकारले संविधानको मर्म र भावना नबिर्सोस् भनेर सातै प्रदेशका मुख्यमन्त्रीहरूको तर्फबाट प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छौं।’ उनका अनुसार संघ, प्रदेश र स्थानीय सरकार संवैधानिक दृष्टिकोणले समन्वय, सहकार्य र सह–अस्तित्वको आधारमा अगाडि बढ्ने तह हुन्। तर, संघीय सरकारले प्रदेशलाई आफ्नै इकाईका रूपमा…

Read More

भैरहवा, १८ कार्तिक। डेडिकेटेड तथा ट्रंक लाइनको विवादले काटिएको लाइन चार वटा उद्योगमा जडान गरिएको छ । विद्युत महसुल बक्यौताको पहिलो किस्ता भुक्तान गरेपछि चार वटा उद्योगमा लाइन जडान गरिएको हो । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगवापतको प्रिमियम महसुल नतिरेको भन्दै विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काटेको थियो । जसअनुसार भैरहवा–बुटवल औद्योगिक कोरिडरमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लाष्ट र श्याम प्लाष्टिकले पहिलो किस्ता भुक्तान गरेपछि विद्युत लाईन जडान गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र साहूले नियमन आयोगमा मुद्दा दर्ता गरेर कानूनी लडाई लड्दै उद्योग सञ्चालनका लागि पहिलो किस्ता…

Read More

काठमाडौैं,१८ कार्तिक । निर्वाचन आयोगमा हालसम्म १२५ दल दर्ता भएको छ। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दल दर्ताको क्रम बढेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १७ वटा दल दर्ताको प्रक्रियामा छन्। पछिल्लो समय धरानका मेयर हर्कराज राईको नेतृत्वमा बनेको श्रम संस्कृति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी (विभाजनबाट) र जनस्वराज पार्टी दर्ता भएका छन्। यस्तै, बुद्ध एयरका संचालक वीरेन्द्र बस्नेत नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल तथा पूर्वराजदूत नवराज सुवेदीको नवयुग पार्टी लगायत दलहरुको निवेदन आयोगमा विचाराधीन छ। आगामी निर्वाचनमा भाग लिनका लागि…

Read More

भैरहवा, १८ कार्तिक । भैरहवाको होटल निर्वाणा लक्जरी इन्टरनेश्नल परिसरमा मध्यरातमा (राती करिब १ बजे) गोली चलेको छ। होटलको मुख्य गेट अगाडी केही व्यक्तिहरुबीच भएको वादविवाद पश्चात एउटा समूह होटलमा प्रवेश खोजेपछि सुरक्षागार्डले रोक्न खोज्दा अपरिचित व्यक्तिले सुरक्षागार्डमाथी गोली प्रहार गरेको प्रहरीले जनाएको छ । होटलमा सुरक्षागार्डको रुपमा कार्यरत बुटवल उपमहानगरपालिका-१५ का २७ वर्षीय मीनबहादुर परियारको तिघ्रामा गोली लागेको रुपन्देहीका प्रहरीका प्रवक्ता एवं डीएसपी सुरज कार्कीले जानकारी दिए । उनका अनुसार घाइते परियारको गएराति भीम अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त होटलमा क्यासिनोसमेत संचालनमा छ । जहाँ दैनिक बढी भारतीय नागरिक…

Read More

काठमाडौं,१७ कार्तिक। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मङ्सिर २७ गते नेपालको इतिहासमा सबैभन्दा ठुलो जनसभा गर्ने बताएका छन् । सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले जनता कसको पक्षमा छन् भन्ने देखाउनका लागि नेपालको इतिहासकै ठुलो जनसभा गरिने दावी गरे । ‘कात्तिक २२ गते देशभरि सबै वडामा जनभेला, २५ गते पालिकामा जनर्‍याली, २९ मा जिल्लाहरुमा र काठमाडौँ उपत्यकामा मङ्सिर ६ गते सभा गर्दैछौँ’,उनले भने– ‘र, मङ्सिर २७ गते नेपालको इतिहासमै सर्वाधिक ठुलो जनसभा काठमाडौँमा गर्नेछौ।’ उनले उक्त सभापछि जनता कसको पक्षमा छन् भन्ने देखिने पनि बताए । ‘हामी देखाउन चाहन्छौ–जनता कसका साथमा छन् ? जनता कहिले पनि हिंसा…

Read More

काठमाडौं,१७ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। डिभिजन वन कार्यालय इलाममा डिभिजनल वन अधिकृतमा कार्यरत रही हाल डिभिजन वन कार्यालय भोजपुरमा रहेका श्रेष्ठविरुद्ध पदमा रहँदा गैरकानूनी रुपमा १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको अकूत सम्पत्ति आर्जन गरेको दाबीसहित आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगका अनुसार अनुसन्धानका क्रममा उनको पारिश्रमिक, दैनिक भत्ता, श्रीमती र छोराछोरीका आयस्रोत, घरजग्गा, सवारीसाधन, सुनचाँदी, बैंक निक्षेप, सेयर खरिद, वैदेशिक भ्रमणलगायत सम्पूर्ण विवरण विश्लेषण गर्दा आयस्रोतअनुसार नबुझिने सम्पत्ति फेला परेको छ। श्रेष्ठ २०४८ साल असार २६ गतेदेखि विभिन्न तहमा कार्यरत…

Read More

पाँचथर,१७ कार्तिक । प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापका ३१ वर्षीय सन्देश राई रहेको प्रहरीले जनाएको छ । मृतक र आरोपी नातामा बुवा-छोरा हुन् । अंश माग्दा नदिएपछि दाउरा प्रहार गरी ६९ वर्षीय वुवा युवराज राईको हत्या गरेको पक्राउ परेका राईले प्रराम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिश कर्णले जानकारी दिए । उनका अनुसार घर नजिकैको करेसाबारीमा युवराज मृत अवस्थामा फेला परेपछि अनुसन्धानका लागि प्रहरीले कान्छा छोरा राईलाई नियन्त्रणमा लिएको थियो । जसपश्चात अनुसन्धानको क्रममा राईले बुवाको हत्या गरेको स्विकार गरेका छन् । घटनाका विषयमा थप अनुसन्धान…

Read More

काठमाडौं,१७ कार्तिक । नेपालमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुनको मूल्य सोही मूल्यमा कायम भएको थियो । आज चाँदीको मूल्य भने बढेको छ। चाँदी पाँच रुपैयाँले बढेर तोलामा तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More