


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १४ मंसिर। भैरहवामा जारी सातौं लुम्बिनी महोत्सव (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) आजदेखि कुस्ती प्रतियोगिता सुरु भएको छ । मंसिर १४ देखि १६ गतेसम्म (तीन दिन) कुस्ती प्रतियोगिता सञ्चालन हुने आयोजक संस्था चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले बताए। मंसिर ३ गतेदेखि सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा महोत्सव जारी छ । यस क्षेत्रको रैथाने खेलको रुपमा परिचित कुस्तीको प्रवर्द्धनका लागि प्रत्येक महोत्सवमा कुस्ती प्रतियोगिता आयोजना गरिदै आएको संगठनका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठले बताए । ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने…
काठमाडौं,१४ मंसिर। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का ६ जना वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन भएका छन्। अध्ययन बिदा सकिएको लामो समयसम्म पनि उनीहरु सम्पर्कविहीन भएका हुन्। अच्युत मिश्र, नविनकुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी, दिनेश बाबु थापामगर, डा. सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ सम्पर्कविहीन छन्। परिषद्ले आइतबार सूचना जारी गर्दै उनीहरुलाई सेवाबाट हटाउने प्रक्रिया समेत थालिएको जनाएको छ। अध्ययन बिदा सकिएको लामो समयसम्म पनि उनीहरु अनुपस्थित रहेका छन्। उनीहरुलाई स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन परिषदले निर्देशन दिएको छ ।
काठमाडौं,१४ मंसिर। नेपालको स्थानीय बजारमा प्रतितोला सुनको मूल्य साढे २ लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको भाउ २ लाख ५२ हजार २०० कायम भएको छ। यसअघि असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार पुगेको थियो। यो हालसम्मकै उच्च मूल्य हो। सुनको मूल्य आकासिएसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज प्रतितोला चाँदी ३ हजार ४९० मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।
भैरहवा, १४ मंसिर। नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिदैं गर्दा जिल्लाहरुमा प्रतिनिधि चयन गर्न थालिएको छ । कतै निर्वाचनको माध्यमबाट त कतै सर्वसम्मत रुपमा प्रतिनिधिहरु चयन भइरहेको छन् । यस्तै लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी जिल्लामा निर्वाचनबाट प्रतिनिधि छानिएका छन् ।नवलपरासी क्षेत्र नं. १ बाट हरदेव पाण्डे, इन्द्रकुमारी थरुनी, दिपेन्द्र कुमार अधिकारी, राधा ढकाल र सुधा ज्ञवाली (युवा) छानिएका हुन् । त्यस्तै जिल्लाको क्षेत्र नंं. २ बाट थानप्रसाद गैरे, डोलराज भण्डारी, शान्ता भण्डारी, विनोद पुन (युवा), लक्ष्मी क्षेत्री र तुल्सी प्रसाद पासी (उत्पीडित क्षेत्र) निर्वाचित भएका छन्। कपिलवस्तु जिल्लामा सर्वसम्मत रुपमा प्रतिनिधिन चुनिएका छन् । कपिलवस्तु क्षेत्र नं १ बाट डम्मर…
काठमाडौं,११ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश गरेको छ। इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा उनी पूर्पक्षका लागि थुनामा थिए । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले पूर्वसभामुख समेत रहेका महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो। काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने गरेको आदेशलाई बदर गर्दै उच्च अदालतले महराको उमेर, स्वास्थ्य अवस्था र मिसिलमा देखिएका प्रमाणहरुका आधारमा थुनामा राखिराख्न नपर्ने ठहर गरेको हो। उच्च अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादीको उमेर र स्वास्थ्य अवस्था समेतका समग्र परिस्थिति तथा मुलुकी फौजदारी…
काठमाडौं,११ मंसिर । सर्वोच्च अदालतले नेपाल सरकारले ०७६ सालमा गरेको मन्त्रिपरिषद्को निर्णयलाई गैरकानूनी ठहराउँदै बदरको उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ । उक्त निर्णय अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने तरकारी, फलफूल तथा खाद्यान्नमा विषादी परीक्षण अनिवार्य नराख्ने व्यवस्था गरिएको थियो। तत्कालीन मन्त्रिपरिषद्ले २०७६ असार ३ गते भन्सार विन्दुमा क्वारेन्टाइन र विषादी परीक्षण अनिवार्य गरी मात्रै आयात अनुमति दिने निर्णय गरेको थियो। तर १७ दिनपछि, परीक्षण प्रयोगशालाको अभावको कारण उल्लेख गर्दै आफ्नो निर्णय उल्टाइएको थियो। निर्णय सार्वजनिक भएपछि अधिवक्ता भद्रप्रसाद नेपाल, विष्णुप्रसाद तिमिल्स्याना र नारायणप्रसाद दुवाडीले सर्वोच्च अदालतमा रिट दर्ता गरी उक्त निर्णय बदर गर्न माग गरेका थिए। रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च…
काठमाडौं, ११ मंसिर। मन्त्रिपरिषद्ले नेपाल प्रहरीको संगठन र व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) अगाडि बढाउन स्वीकृति दिएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले अनुमति दिएसँगै नेपाल प्रहरीले ओ एन्ड एमको तयारी सुरु गरेको छ। नेपाल प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायणले काफ्लेका अनुसार स्वीकृतिसँगै औपचारिक ओ एन्ड एमको प्रक्रिया सुरु गरिएको छ। यस अन्तर्गत दरबन्दी मिलान, आवश्यकता नपर्ने दरबन्दी कटौती गरी अन्य स्थानमा स्थानान्तरण, र अस्थायी कार्यालयका दरबन्दीलाई स्थायी बनाउने कार्यहरु गरिनेछन्। यसअघि सशस्त्र प्रहरीमा पनि यस्तै दरबन्दी मिलान गरिएको थियो । जसमा तल्लो दर्जाका दरबन्दी घटाएर तीन डिआइजीका दरबन्दी थप गरिएको थियो। अस्थायी कार्यालयहरुलाई स्थायी कार्यालयमा रुपान्तरण गर्ने कामसमेत सम्पन्न गरिएको थियो।…
काठमाडौं, ११ मंसिर। जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। जसपाका अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले संयुक्त चुनाव चिह्नका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । अशोक राईले जसपाको कुनै पनि नेपाली कम्युनिष्ट पार्टीसँग एकता नहुने र चुनावपछि पनि कुनै कम्युनिष्ट पार्टीमा मिसिने योजना नभएको स्पष्ट पारे। उनका अनुसार तीन पार्टी मिलेर एउटै चिह्नबाट चुनाव लड्ने र जसपा समाजवाद र संघीयता आत्मसात गर्ने मार्गमै रहनेछ। रेशमलाल चौधरीले राजनीतिको स्वभाव नै टुटफुट भए…
काठमाडौं,११ मंसिर । नेपाली कांग्रेसमा महाधिवेशनको विषय सहमती जुट्न नसक्दा केन्द्रीय कार्यसमितिको बैठक स्थगित हुँदै गएको छ । बिहीवारका लागि डाँकिएको बैठक महाधिवेशनबारे सहमति नभएपछि फेरी शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको पार्टीको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बुधवार महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए। तर सहमति हुन नसकेपछि बैठक एक दिन पर धकेलिएको हो। सभापति शेरबहादुर देउवाले मध्यमार्गी बाटो तय गर्न खोजको दुई साता बित्दा पनि निचोड निस्किएको छैन। बरु नेताहरुमा पार्टी फुटको संशय बढ्न थालेको छ । पुसभित्रै महाधिवेशन नभए राजीनामा दिने चेतावनी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश…
काठमाडौं,११ मंसिर । नेकपा एमालेले विघटित संसद् पुनर्स्थापनाको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । नेकपा एमाले संसदीय दल (विघटित प्रतिनिधिसभा) को मुख्य सचेतक महेश बर्तौला र पूर्वसचेतक सुनिता बरालले मंगलबार दायर गरेको रिट बुधबार दर्ता भएको हो। बर्तौलाका अनुसार सर्वोच्च प्रशासनले उक्त रिटमा मंसिर १७ गतेका लागि पेशी तोकेको छ। एमालेले रिटमा राष्ट्रपति कार्यालय, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई विपक्षी बनाएको छ। रिट निवेदनमा प्रधानमन्त्री कार्कीको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदरको माग गरिएको छ। प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधान न्यायाधीश भइसकेको…