Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

बारा, ८ माघ।अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन्। सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा. महतले भने, ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौं, आवश्यक पूर्वाधार तयार पार्छौ ।’ उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने बताए । मन्त्री डा. महतले भने, ‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ । दोहोरो भयो भने यसले आकार र स्वरुप लिन्छ, विस्तार…

Read More

काठमाडौं, ८ माघ ।अति मोटा र अति दुब्ला सशस्त्र प्रहरीलाई युएन मिसनमा जान रोक लगाइएको छ। उचाई अनुसारको तौल नभएका अति दुब्ला र अति मोटा सशस्त्र प्रहरी कर्मचारी विदेश तालिममा जान पाउने छैनन्। यस्तै उनीहरूको बढुवा हुने छैन र कमान्डरको जिम्मा पनि पाउने छैनन्। सशस्त्र प्रहरी बल नेपालले विदेश तालिमसम्बन्धी नीति तर्जुमा गर्दे प्रहरी कर्मचारीलाई शारीरिक स्वस्थता कायम राख्नका लागि विशेष कार्यविधि बनाएको छ। तालिमका लागि विदेश जाने प्रहरी कर्मचारीको छनौटमा पारदर्शिता कायम गर्नका लागि सशस्त्र प्रहरी बलले शारीरिक स्वस्थता पनि कार्यविधि प्रयोगमा ल्याएको हो। यही कार्यविधिअनुसार नियमावली बन्ने क्रममा छ। सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काका अनुसार ‘बीएमआई परीक्षण’ स्वास्थ्य…

Read More

काठमाडौँ, ८ माघ ।अर्थ मन्त्रालयको आग्रहमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस २६ मा सशस्त्र प्रहरी परिचालन सम्बन्धी निर्णय गरेका हुन् । माघ १ बाट इन्स्पेक्टरको कमान्डमा ३१ जना सशस्त्र प्रहरी अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका छन् । विमानस्थल भन्सारमा खटिएसँगै सशस्त्र प्रहरीले आइतबार आधा किलो सुन बरामद गरेको छ । कतारको दोहाबाट आएका झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई सशस्त्रले सुन सहित नियन्त्रणमा लिएको हो । सो घटनालाई सशस्त्र प्रहरीले विमानस्थल भन्सारमा खटिएपछिको पहिलो सफलता भनेको छ । त्रिभुवन विमानस्थल जस्तै अन्तर्राष्ट्रिय सीमा मानिने थप दुईवटा विमानस्थल सञ्चालनमा छन्…

Read More

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुने गरी योजना निर्माण गर्ने आश गर्न नसकिने बताएका छन् । उपाध्यक्ष पौडेलले योजना आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने, विगतका अनुभवहरूको जगमा उभिएर योजनाबद्ध प्रयासलाई सार्थक रूपमा गति दिने गरी योजना निर्माण गर्ने अवस्था नदेखिएको बताएका हुन् । उनले वर्तमान सरकारको मातहतमा बनेको योजना आयोगले अघिल्लो सरकारले बनाएको १५ औँ योजनालाई उपेक्षा गर्ने गरी योजना निर्माण गरिरहेको आरोप लगाए । उपाध्यक्ष पौडेलले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै योजना आयोग १६ औँ योजनाको निर्माणमा अलमलिइरहेको बताए । उनले १६ औँ योजना निर्माण गर्दा अहिलेसम्म योजनाबद्ध विकासका अभ्यास,…

Read More

भदौपछि हाम्रा पर्व र जात्राहरूको मौसम सुरु हुन्छ। हिन्दु महिलाहरूको महान चाड हरितालिका तीजबाट सुरु हुने पर्वहरूको उत्सवको लहरमा दशैं, तिहारलाई पछ्याउँदै क्रमशः छठ, क्रिसमस, इद, ल्होछार, माघी, फागु जस्ता महत्वपूर्ण पर्वहरू आउँछन्। यी हाम्रा सनातन पर्वहरू हुन् जसलाई हाम्रा पूर्वजहरूले मनाउँदै आए, हामीले मनाउँदैछौं र हाम्रा सन्ततिहरूले पनि मनाउने छन्। स्वाभाविक रूपमा पर्वहरू आउँदै गर्दा मानिसहरूका अनुहारमा चमक भरिंदै जान्छ, घरपरिवारमा खुशी भित्रिन्छ र समाजमा सौहार्दताको वातावरण देखिन्छ। जीवनकालमा पर्वहरू यसरी नै मनाउँदै आएको अनुभव छँदाछँदै यसपटक दशैंमा उड्ने चंगा सँगसँगै मन चंगा हुन सकेन, निधारमा लगाएको रातो टीका जस्तै जीवन रंगीन बन्न सकेन र मानिसहरू मान्यजनहरूले ‘भाग्यमानी हुनु’…

Read More

काठमाडौं, ८ माघ ।राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिंदा परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरुलाई निर्देशन दिएको छ । सतर्कता केन्द्रले सातै वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेख्दै उक्त निर्देशन दिएको हो । यसअघि परीक्षार्थीले ट्रायल सेन्टरको सवारी साधन प्रयोग गर्नुपर्ने र त्यसका लागि महँगो शुल्क तिर्नुपरेको गुनासो सार्वजनिक भएको थियो । त्यो गुनासोलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारले यसअघि नै ट्रायल दिँदा स्वेच्छाले सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ । उद्योग तथा यातायात मन्त्री सरोज थापाले ट्रायल सेन्टरको सवारी साधन प्रयोग…

Read More

काठमाडौं, ८ माघ ।नेपाल प्रहरीमा रिक्त रहेको एउटा एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताए । मोहन पोखरेलले अवकाश पाएपछि एउटा एसएसपीको दरबन्दी रिक्त थियो ।

Read More

भैरहवा, ८ माघ ।रुपन्देही लुम्बिनीमा दुई मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका ३ महिलवार पडरिया सडक खण्डको लंकापुरमा आइतबार सांझ दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ हथिहवाका ४५ वर्षीय शिवशंकर यादव र भारत उत्तरप्रदेश नौगढका ३० वर्षीय जयप्रकाश गुप्ताको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टका अनुसार बाक्लो हुस्सु लागेको मौसम र पुल निर्माणका लागि एकतर्फी बनाइएको सांघुरो सडकमा विपरित दिशाबाट तीव्र गतिमा आइरहेका मोटरसाइकल जुध्दा दुवैजना गम्भीर घाइते भएका थिए । घाइते भएका दुवैजनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको डीएसपी भट्टले बताए ।…

Read More

दार्चुला, ७ माघ ।दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन्। जिल्लाको महाकाली नगरपालिका १ दहका २५ वर्षीय उमेश कुवरले आज १२ बजेतिर डिउटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए। ‘उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन्’, उनले भने, ‘निवेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि आक्रमणस्वरुप चक्कु प्रहार भएको हो।’ चक्कु प्रहार गरेर कुवर फरार भएका छन्। उनको खोजीका लागि…

Read More

भैरहवा, ७ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबमाथि १३ रनको जित निकालेको छ । आइतबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा खराब मौसमका कारण ३३ ओभरमा छोट्याइएको खेलमा १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा आर्मी ३२ ओभर २ बलमा १ सय २७ रनमा अलआउट अलआउट हुँदा पुलिसले जित दर्ज गर्यो । योसँगै नेपाल पुलिसले प्रधानमन्त्री कपमा लगातार तेस्रो जित निकालेको छ । त्रिभुवन आर्मी क्लब भने प्रतियोगितामा ४ खेलमा २ हार बेहोरिसकेको छ । पुलिसका बलर चम्किँदा आर्मीका शीर्ष तीन ब्याट्सम्यान खाता नखोली आउट भए । ओपनरद्वय इमराह शेख र सन्तोष कार्की…

Read More