Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२३ असोज। नेकपा एमालेका नेता महेश बर्तौलाले वर्तामान गृहमन्त्री ओमप्रकाश अर्याललाई राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइनुपर्ने बताएका छन्। मुलुकमा अराजकता, दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरु ह्वात्तै बढेर गएको बताउँदै उनले गृहमन्त्रीलाई पदबाट बर्खास्त गरी राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार अनुसन्धान प्रक्रिया अगाडि बढाइनुपर्ने बताएका हुन्। ‘सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत , अख्तियार भवन र प्रहरी चौकीहरु लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका विरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन यिनी’, बर्तौलाले सामाजिक सञ्जलामा लेखेका छन्, ‘त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरुका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रुपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट…

Read More

काठमाडौं,२३ असोज। नेपाली कांग्रेसको पदाधिकारी बैठकमा शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । बिहीवार दिउँसो १ बजे ललितपुरको एक होटलमा बैठक डाँकिएको छ । देउवाको अनुपस्थितीमा उक्त बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्ने भएका छन्। ​ बैठकमा बैठकमा केन्द्रीय समितिका एजेण्डामा छलफल हुने बताइएको छ। आन्दोलन पश्चात सभापति देउवा पार्टीको कुनै पनि बैठकमा सहभागी भएका छैनन्।

Read More

काठमाडौं,२३ असोज। पछिल्लो समययता नेपालको सुनको मूल्य निरन्तर उकालो लाग्दै गएको छ। दिनदिनै ऐतिहासिक रेकर्ड बनाउँदै गएको सुनको मूल्य बिहीवार प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार दुई लाख ३८ हजारमा कारोबार भएको प्रतितोला सुनको मूल्य बिहीवार दुई लाख ३९ हजार २०० कायम भएको छ। चाँदीको मूल्य पनि बढेको छ। बुधबार एक तोला चाँदी दुई हजार ९५५ मा खरिदबिक्री भएकोमा आज त्यति नै परिमाणको चाँदी तीन हजार २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा बिहीवार एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Read More

भैरहवा,२३ असोज । जेनजी आन्दोलनको क्रममा कारागारमा भागेका एक जना कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको टोलीले आन्दोलनको क्रममा कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौंबाट फरार भएका रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ६ का ६५ वर्षीय पुणतबासी लोनियालाई सोही वडाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटका अनुसार कर्तव्य ज्यान मुद्दामा कारागारमा कैदमा रहेका उनलाई पक्राउ गरेर कारागार कार्यालय भैरहवामा बुझाइएको छ ।

Read More

जनकपुरधाम,२३ असोज। किशोरीलाई बलात्कार तथा बल्याकमेल गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ जिरोमाइलका २१ वर्षीय दीपक राउत रहेको प्रहरुीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवका अनुसार पक्राउ परेका राउनले झापाको एक १७ वर्षीया किशोरीलाई फकाइ जनकपुर बोलाएर एक होटेलमा राखेर आफूसहित केही केटा लगाएर बलात्कार गराएको आरोप छ। आरोपी राउतको मोबाइलमा अन्य युवतीसँग पनि कुराकानी गरेको, युवतीको अश्लील भिडियो राखेको र लागूऔषधको तस्वीरहरु राखेको पाइएको छ । पीडित युवतीलाई सेफ हाउसमा राखेर घटनाका सम्बन्धमा आवश्यक अनुसन्घान अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

सर्लाही,२२ असोज । प्रहरीलाई कुटपिट र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ। वडाध्यक्ष दासलाई सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । वडाध्यक्ष दासको नेतृत्वमा गत असोज १७ गते साँझ प्रहरी चौकी गोडैतामा ढुंगामुढा गरेको र प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोप छ । आक्रमणबाट प्रहरी चौकी गोडैताका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक अवधेशप्रसाद यादवको अगाडिको माथिल्लो दुईवटा दाँत झरेको डीएसपी राईले बताए। आक्रमणबाट प्रहरी चौकीमा कार्यरत अन्य ५ जना सुरक्षाकर्मी समेत घाइते भएका छन्।…

Read More

काठमाडौं,२२ असोज। नेपालको व्यवसायिक घराना चौधरी समूह (सीजी) ग्रुपले जेन जी आन्दोलनको क्रममा शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ। ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुक मार्फत आन्दोलनका क्रममा निजी निवास, कार्यालय, शोरुम र कारखानाहरुमा भएको ठूलो क्षति र विध्वंसले गहिरो पीडा दिएपनि आफुहरु दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेको बताएका छन्। उनले आफुहरुले शहिद परिवारलाई सम्पर्क गरिरहेको र चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई ९८५१२२४००० मा सम्पर्क गर्न पनि अनुरोध गरेको छन्। उनले भनेका छन्, ‘हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ…

Read More

काठमाडौं,२२ असोज। नेपाली महिला क्रिकेट टिमले मलेसियासँगको द्विपक्षीय टी–२० अन्तर्राष्ट्रिय सिरिज उपाधी नेपालले उचालेको छ। बुधबार भएको अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपाली महिला क्रिकेट टिमले सिरिजको उपाधी उचालेको हो। ५ खेल सम्मेलित सिरिज नेपालले ३–२ को जित निकालेको हो। मलेसियाको बायुमास ओभलमा निर्णायक खेलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। मलेसियाले दिएको १०४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा रुवी पोदारले सर्वाधिक २६ रन बनाइन्। उनले २५ बलमा २ चौका प्रहार गरिन्। ओपनर सम्झना खड्काल् १३, कविता कुवँरले १४,…

Read More

काठमाडौं,२२ असोजर। मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनका क्रममा प्यारामोटर आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ । साथै, ४७ जना घाइते भएका छन्। चाउङ(यू टाउनशिपमा भएको थाडिङ्युट महोत्सवमा लगभग १०० जना सहभागी भएको पिपुल्स डिफेन्स फोर्सको स्थानीय अधिकारीलाई उद्धृत गर्दै संचारमाध्यमहरुले जनाएका छन्। यो पर्व बौद्ध परम्परासँग जोडिएको छ। स्थानीय संचारमाध्यमहरुका अनुसार मोटराइज्ड प्याराग्लाइडरबाट भीडमाथि दुईवटा बम खसालिएको थियो। उत्सवमा जुन्टाको नीतिको विरुद्धमा मैनबत्ती बालेर विरोध प्रदर्शन पनि भइरहेको बीबीसीमा समाचार छ। सन् २०२१ मा भएको सैन्य विद्रोहदेखि म्यानमार गृहयुद्धको अवस्थामा छ। संयुक्त राष्ट्रसंघको अनुमान अनुसार अहिलेसम्म द्वन्द्वमा ५ हजार बढी नागरिक मारिएका छन्।

Read More

बाँके,२२ असोज। जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका-५, उर्लिहवा का ३० वर्षीय प्रेम थारु रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पीडित १८ वर्षीया किशोरीले उजुरी दिएपछि ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले थारुलाई पक्राउ गरेको हो। घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

Read More