Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ५ असोज। पत्रकार मनोरञ्जन शर्माको अन्त्येष्टि गरिएको छ। भैरहवामा उपचारको क्रममा शनिवार बेलुका उनको निधन भएको थियो। शर्माको स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा अन्तिम दाहसंस्कार गरिएको हो । विगत दुई वर्षदेखि क्यान्सर रोगबाट जुधिरहेका शर्मा भैरहवा क्षेत्रलाई आधार बनाएर विगत दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए। ०५४ सालदेखि पाल्पाबाट पत्रकारिकता गरेका उनी कारोबार दैनिक, न्यूज ओके लगायत सञ्चारमाध्यममा आबद्ध थिए । उनको श्रीमती, एक छोरी र एक छोरा छन्। लुम्बिनी प्रेस क्लब, रुपन्देहीका संस्थापक उपाध्यक्ष एवं सल्लाहकार समेत रहेका पत्रकार शर्माको निधनले सञ्चार क्षेत्रमा अपूरणीय क्षति पुगेको क्लबका अध्यक्ष कमल रायमाझीले बताए। क्लबले शर्माको पार्थिव शरीरमा…

Read More

काठमाडौं,३ असोज । पुँजीबजारको समस्या पहिचान गरी सुधारका लागि सुझाव दिने गरी कार्यदल गठन गरिएको छ । पुँजी बजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरिएको हो। कार्यदलले ५ दिनभित्र कार्ययोजना प्रस्तुत गर्नुपर्ने छ। धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठन भएको कार्यदलको सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्जका कामु कार्यकारी निर्देशक निरन्जन फूयाँल र सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव टंक प्रसाद पाण्डेय रहेका छन्।

Read More

पर्सा,३ असोज। बाराको अमलेखगञ्जमा एउटा नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । पर्सा राष्ट्रिय निकुञ्ज, नेपाली सेनासहितको संयुक्त टोलीले ‘डार्ट’ हानेर उक्त नरभक्षी बाघलाई नियन्त्रणमा लिएको हो। निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतका अनुसार अमलेखगञ्जस्थित सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिए। गत असारयता वन क्षेत्रमा चार जना मानिसको मुत्यु भएको थियो । उनका अनुसार बाघको आक्रमणबाट अमलेखगञ्ज आसपासका जनता त्रसित देखिएकाले बाघलाई नियन्त्रणमा लिइएको हो उनले नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको रेस्क्यू सेन्टरमा राखिएको बताए।

Read More

सुर्खेत, ३ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्कीलाई एक लाख घुससहित नियन्त्रणमा लिएको छ । विकास निर्माणको रकम भुक्तानीका लागि माग गरेको घुस लिएको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो अख्तियारले जनाएको छ। कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ मंगलगढी चोकबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ।

Read More

भैरहवा,३ असोज। भैरहवामा नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ओमसतिया गाउँपालिका-५ का १५ वर्षिय श्यामु गुप्ता रहेको प्रहरीले जनाएको छ। सिद्धार्थनगर नगरपालिका-९ गोनहियास्थित ड्याममा पौडी खेल्न पसेका गुप्ता बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार शुक्रवार नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजीको क्रममा उनी मृत अवस्थामा भेटिएका छन् । मृतक बालकको शव पोष्टमार्टमको लागि भैरहवाको भिम अस्पतालमा पठाएर घटनका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा, २ असोज । जेनजी प्रदर्शनको क्रममा रुपन्देही जिल्लामा २३ वटा सरकारी कार्यालयको भवन र सवारी साधनमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्यांक अनुसार २३ वटा मध्य तीन वटा भवन पूर्ण क्षति र १९ वटा आंशिक क्षति पुगेको छ । यस्तै सरकारी कार्यालयका क्षति पुगेको कुल ३८ वटा दुई पांग्रे सवारी साधनमध्ये ३५ वटा पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै २२ वटा चार पांग्रे सवारी साधन क्षति भएको छ । जसमध्ये २० वटा पूर्ण रुपमा र दुई वटा आंशिक क्षति भएको कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार तिलोत्तमा उद्योग वाणिज्य संघको भवन र…

Read More

भैरहवा, २ असोज । नेपाली कांग्रेस रुपन्देहीको क्षेत्र नम्बर ३ को ‘४०औं नियमित तथा विशेष बैठक’ ले विभिन्न निर्णय गरेको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको सभापतित्व र नेपाली कांग्रेसका जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा बसेको बैठकले जेनजी प्रदर्शनको क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली र शोकसन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ। साथै, केन्द्रिय सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा लगायत घाइतेहरुको स्वास्थ्यलाभको कामना गरिएको छ। त्यस्तै प्रदर्शनको क्रममा देशभर भएको सरकारी तथा निजी सम्पत्ति, नेपाली कांग्रेस पार्टी कार्यालय (भैरहवा, बुटवल, केवलपुर…

Read More

अछाम, २ असोज । नाबालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँफेबगर नगरपालिका-४ जनकल्याणका ३२ वर्षीय महेश भुल रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले भुललाई पक्राउ गरेको हो। पक्राउ परेका युवकलाई हिरासतमा राखेर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

नेपालगञ्ज,२ असोज । सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सामुदायिक प्रहरी, जयसपुरका अध्यक्ष शालिकराम पाठक र दीपक टमाटा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार पाठकलाई नेपालगञ्जबाट र टमाटालाई सुर्खेतबाट पक्राउ गरिएको हो । स्थानीय प्रशासनले तोडफोड, आगजनी, लुटपाट गर्नेहरुको प्रमाण, भीडियो लगायतका सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।

Read More

काठमाडौं,२ असोज । प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । त्यसक्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्कीको नेतृत्वलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यो जानकारी मोदी आफैंले एक्समार्फत् दिएका हुन् । कुराकानी आत्मीय भएको उनले बताएका छन्। मोदीले प्रधानमन्त्री कार्कीसँगको कुराकानीमा जेनजी युवा आन्दोलनमा भएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै मृतकका परिवारमा समवेदन पनि प्रकट गरेका थिए । उनले असोज ३ गतेको नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत दिएका थिए ।

Read More