


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२८ असोज। आइसीसी टी-२० टिमको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले अक्टोबर १३ को अपडेट अनुसार १८ औं स्थानमा रहेको नेपाल वरीयतामा एक स्थान माथि उक्लिदै १७ औं स्थानमा पुगेको छ। ओमानमा जारी आइसीसी टी-२० विश्वकप छनोटको खेल खेलिरहेको नेपालले आफ्नो अविजित यात्रा कायम राखेको छ। वरियतामा सुधार हुने अर्को महत्वपूर्ण पक्ष भने नेपालले ३ खेल सम्मेलित वेष्ट इन्डिजसँगको सिरिज २–१ ले जित्नु पनि हो। नेपालले पहिलो पटक टेष्ट राष्ट्रसँग सिरिज खेलेको थियो जसमा नेपालले जित निकालेको थियो। नेपालले हाल आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको खेलमा लगातार २…
काठमाडौं,२८ असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्यले दैनिकजसो नयाँ रेर्कड कायम गरेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ८ हजार १०० रुपैयाँले बढेर २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ। सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
भैरहवा,२७ असोज। भैरव युवा क्लब, नयाँ गाउँ, रानी गाउँ पक्लिहवाद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको भएको क्लबका अध्यक्ष याम बहादुर थापाले बताए। कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीका उपसभापति तथा रक्तसञ्चार सेवा समिति, रुपन्देहीका संयोजक युवा समाजसेवी सुशील गुरुङ्गले क्लबले स्थापनाको छोटो समयमा खेलकुद, सामाजिक, सांस्कृतिक तथा धार्मिक क्रियाकलापका अतिरिक्त रक्तदान जस्तो पवित्र कार्य गरेर रगतको अभाव हुन नदिई विरामीको ज्यान जोगाउन महत्वपुर्ण कार्य गरेको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाका सभापति राकेश गुरुङ्ग, आमा समाजका अध्यक्ष तथा जनप्रतिनिधि हरिमाया गुरुङ्ग, सिनपा…
काठमाडौं,२७ असोज। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र हामी नेपालका संयोजक सुदन गुरुङमाथि छानबिन हुनुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमामा उनले बालेनले विगतमा पनि सिंहदरवार जलाउने धम्की दिएको स्मरण गरेका छन्। उनले भने, ‘सिंहदरवार जलाउनुपर्छ भन्ने मान्छेले आन्दोलनको आह्वान गरेको छ। ती व्यक्तिलाई आज हामीले छानबिनको दायरामा ल्याउने कि नल्याउने ? सुदन गुरुङले पनि खुलमखुला राष्ट्रपति र प्रधानमन्त्रीलाई चुनौती दिइरहेका छन्। अब पनि यो अराजकतालाई प्रहरी प्रशासनले कन्ट्रोल गर्दैन भने त्यसको जिम्मा नेविसंघले लिन्छ।’ उनले अराजकता मच्याउने र विद्यार्थीमाथि गोली ठोक्न आदेश दिनेहरुलाई कारबाही गर्न माग गरे। उनले ०४६…
काठमाडौं,२७ असोज। नेपालको स्थानीय बजारमा बजारमा सुनको भाउ निरन्तर उकालो लाग्दै गएको छ। सोमबार एक तोला सुनको मूल्य २ लाख ४० हजार नाघेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ३८ हजार कायम भएको छापावाल सुनको मूल्य सोमबार २ लाख ४० हजार ४०० कायम भएको हो। यो हालसम्मकै उच्च मूल्य हो। सुनको मूल्यसँगै चाँदीको भाउ पनि हालसम्मकै उच्च पुगेको छ। आज एक तोला चाँदी ३ हजार २२० रुपैयाँ कायम भएको छ। आइतबार एक तोला चाँदी ३ हजार १२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
रौतहट,२७ असोज। रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका-८ कि १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सात जना बालिकाहरु गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए। डुबेकामध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा तीन जना बालिकाको शव बरामद भएको छ। मृतक तीनै जना बालिकाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।
काठमाडौं,२७ असोज। पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदीविरुद्ध नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयले साइबर ब्यूरोमा उजुरी दिएको छ। सचिवालयले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुबेदीले विभिन्न सामाजिक सन्जालमार्फत संयोजक प्रचण्डको निवासबाट घर जलाइनु भन्दा दुई दिन पहिले नै दुई वटा ट्रकमा दुई करोड रुपैया लगेर लुकाइएको भन्दै पुरै गलत र तथ्यहीन प्रचार गराइरहेको भन्दै साइबर ब्युरोमा उजुरी गरेको जानकारी दिएको छ। सचिवालयले झुठ्ठा सामग्री प्रबाह गरि भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको बताएको छ। संयोजकको सचिवालयका तर्फबाट आइतबार ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरि कानुनी कारबाहको माग गरिएको…
महेन्द्रनगर,२७ असोज। हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ। उक्त भिडियो कन्फरेन्समा जोडिएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले जानकारी गराएको बताए। ‘आज छुट्ने लिष्टमा विपिनको नाम छैन, फेरि पनि हामी निरन्तर अपडेट गर्छौँ भनेर इजरायलबाट भनिएको छु’, उनले भने, ‘अहिले छुट्नेमा विपिनको नाम नरहे पनि हामी उहाँ छुट्नेमा पूर्ण आशावादी छौँ, अहिले नै उहाँ छैनन् भन्न मिल्दैन।’ जोशीले इजरायली प्रतिनिधि, संयुक्त राज्य अमेरिकाबाट विपिनका आमा र…
काठमाडौं,२४ असोज। निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षार्थ भूपू सैनिक, प्रहरी संगठन र राष्ट्रिय युवा संघका कार्यकर्ता खटिने भएका छन्। सुशिला कार्की नेतृत्वको सरकारले ओलीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाएको थियो । जसपश्चात एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले अब ओलीको सुरक्षामा भूपू सुरक्षाकर्मी र युवा संघ खटिने जनाएका छन् । ‘यो निर्णय नेतृत्वप्रतिको सम्मान मात्र होइन, राष्ट्रप्रतिको जिम्मेवारीको प्रतीक हो। जनताको विश्वासले उभ्याएको नेताको सुरक्षामा पनि जनता स्वयं उभिएका छन्’ उनले शुक्रवार सामाजिक संजाल फेसबुकमार्फत भनेका छन् ।
काठमाडौं,२४ असोज। सन् २०२५ का लागि नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ। नोबेल समितिले शान्तिको साहसीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको जनाएको छ। भेनेजुएलाका जनताका लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्ने अथक कार्य र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण तथा शान्तिपूर्ण संक्रमण प्राप्त गर्न गरेको संघर्षका लागि मारिया कोरिना माचाडोलाई नोबेल शान्ति पुरस्कार प्रदान गरेको समितिले बताएको छ। यस्तै समितिले सन् २०२५ को नोबेल शान्ति पुरस्कार “अँध्यारो बढ्दो समयमा पनि लोकतन्त्रको ज्योति जलाइरहेकी” महिलालाई प्रदान गरिएको उल्लेख गरेको छ। माचाडो लोकतान्त्रिक शक्तिलाई एकताबद्ध पार्ने एक महत्त्वपूर्ण व्यक्तित्व भएको नोबेल पुरस्कार समितिका अध्यक्ष अध्यक्ष जोर्गेन वाट्ने फ्राइड्नेसले बताएका…