Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२४ असोज। सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ। शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले असोज २३ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन्। बैठकले २० वटा निर्णय गरेको छ। बैठकले तीन महिनाका लागि इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। हेर्नुहोस् निर्णय:

Read More

काठमाडौं,२४ असोज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सक्कली जेनजीसँग सहकार्य गरेर नक्कली जेनजीहरु सार्वजनिक गर्नुपर्ने बताएका छन् । शुक्रबार सम्पादकहरुसँग छलफल उनले जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय नै भएको र नेपालको आन्दोलनमा पनि देशी विदेशी शक्तिहरु सक्रिय भएको अनुभव आफूले गरेको बताए । ‘जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय भयो । विभिन्न देशमा चल्दै छ,’ उनले भने, ‘एक भारतीय बौद्धिकले जेनजी आन्दोलन चटपटे हो भने । राजावादीदेखि देशी विदेशीसमेत छन् । मलाई पनि त्यस्तै लाग्यो ।’ उनले २३ गतेको प्रदर्शनमा आन्तरिक र २४ गतेको प्रदर्शनमा बाह्य पक्षको मुख्य भूमिका रहेको पनि बताए ।

Read More

काठमाडौं,२४ असोज। निवर्तमान गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने नदिएको बताएका छन्। शुक्रवार नेपाली कांग्रेसको पार्टी कार्यालयमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने,‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरु उठेका छन्। यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन ।’ उनले आन्दोलनमा घुसपैठ भएको विषय सत्य देखिएको समेत बताए । ‘घुसपैठ भएको विषय मैले नै भनिरहेको विषय होइन। स्वयं प्रदर्शनका आयोजकहरुले नै भनिरहेको विषय थियो,’ उनले भने, ‘त्यो पछि यथार्थमा सत्य देखियो। जसका कारणले यत्रो ठूलो पीडादायी घटना भए।’ लेखकले अहिलेको समय…

Read More

काठमाडौं,२३ असोज। काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न गएका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जेनजीमाथि धोका भएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गर्न गएका १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा डा. निकोलस भुसाल, एसपी साह। सञ्जि दाहाल लगायत रहेका छन्। उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरु प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । माइतीघर क्षेत्रमा भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै भेला भएको थियो।

Read More

काठमाडौं,२३ असोज। नेकपा एमालेका नेता महेश बर्तौलाले वर्तामान गृहमन्त्री ओमप्रकाश अर्याललाई राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइनुपर्ने बताएका छन्। मुलुकमा अराजकता, दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरु ह्वात्तै बढेर गएको बताउँदै उनले गृहमन्त्रीलाई पदबाट बर्खास्त गरी राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार अनुसन्धान प्रक्रिया अगाडि बढाइनुपर्ने बताएका हुन्। ‘सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत , अख्तियार भवन र प्रहरी चौकीहरु लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका विरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन यिनी’, बर्तौलाले सामाजिक सञ्जलामा लेखेका छन्, ‘त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरुका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रुपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट…

Read More

काठमाडौं,२३ असोज। नेपाली कांग्रेसको पदाधिकारी बैठकमा शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । बिहीवार दिउँसो १ बजे ललितपुरको एक होटलमा बैठक डाँकिएको छ । देउवाको अनुपस्थितीमा उक्त बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्ने भएका छन्। ​ बैठकमा बैठकमा केन्द्रीय समितिका एजेण्डामा छलफल हुने बताइएको छ। आन्दोलन पश्चात सभापति देउवा पार्टीको कुनै पनि बैठकमा सहभागी भएका छैनन्।

Read More

काठमाडौं,२३ असोज। पछिल्लो समययता नेपालको सुनको मूल्य निरन्तर उकालो लाग्दै गएको छ। दिनदिनै ऐतिहासिक रेकर्ड बनाउँदै गएको सुनको मूल्य बिहीवार प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार दुई लाख ३८ हजारमा कारोबार भएको प्रतितोला सुनको मूल्य बिहीवार दुई लाख ३९ हजार २०० कायम भएको छ। चाँदीको मूल्य पनि बढेको छ। बुधबार एक तोला चाँदी दुई हजार ९५५ मा खरिदबिक्री भएकोमा आज त्यति नै परिमाणको चाँदी तीन हजार २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा बिहीवार एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Read More

भैरहवा,२३ असोज । जेनजी आन्दोलनको क्रममा कारागारमा भागेका एक जना कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको टोलीले आन्दोलनको क्रममा कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौंबाट फरार भएका रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ६ का ६५ वर्षीय पुणतबासी लोनियालाई सोही वडाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटका अनुसार कर्तव्य ज्यान मुद्दामा कारागारमा कैदमा रहेका उनलाई पक्राउ गरेर कारागार कार्यालय भैरहवामा बुझाइएको छ ।

Read More

जनकपुरधाम,२३ असोज। किशोरीलाई बलात्कार तथा बल्याकमेल गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ जिरोमाइलका २१ वर्षीय दीपक राउत रहेको प्रहरुीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवका अनुसार पक्राउ परेका राउनले झापाको एक १७ वर्षीया किशोरीलाई फकाइ जनकपुर बोलाएर एक होटेलमा राखेर आफूसहित केही केटा लगाएर बलात्कार गराएको आरोप छ। आरोपी राउतको मोबाइलमा अन्य युवतीसँग पनि कुराकानी गरेको, युवतीको अश्लील भिडियो राखेको र लागूऔषधको तस्वीरहरु राखेको पाइएको छ । पीडित युवतीलाई सेफ हाउसमा राखेर घटनाका सम्बन्धमा आवश्यक अनुसन्घान अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

सर्लाही,२२ असोज । प्रहरीलाई कुटपिट र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ। वडाध्यक्ष दासलाई सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । वडाध्यक्ष दासको नेतृत्वमा गत असोज १७ गते साँझ प्रहरी चौकी गोडैतामा ढुंगामुढा गरेको र प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोप छ । आक्रमणबाट प्रहरी चौकी गोडैताका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक अवधेशप्रसाद यादवको अगाडिको माथिल्लो दुईवटा दाँत झरेको डीएसपी राईले बताए। आक्रमणबाट प्रहरी चौकीमा कार्यरत अन्य ५ जना सुरक्षाकर्मी समेत घाइते भएका छन्।…

Read More