Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,२१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला संयोजक प्रज्जवल बोहराले पार्टी परित्याग गरेका छन् । बोहरा स्व. दीपक बोहराका छोरा हुन्। गत फागुनमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देही-१ बाट उनी राप्रपाका उम्मेदवार थिए । बिहीवार पार्टीका महामन्त्री डा.धवलशमशेर राणानिकट नेताहरुले सामूहिक राजीनामा दिएका हुन् । पार्टीका केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता कार्यकर्ताले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै हिनभाव, कमजोरी तथा आत्मकेन्द्रित कार्यशैलीका कारण पार्टी आफ्नो मूल नीति र सिद्धान्तबाट विचलित भएको लगायत आरोप लगाउँदै सामुहिक राजीनामा दिएका हुन्। सामूहिक राजीनामाको पत्रमा बोहराको नाम पनि समावेश छ। पार्टी परित्याग गर्नेहरुमा शीर्ष तहका नेता मुकुन्दश्याम गिरी, दिलनाथ…

Read More

भैरहवा,२१ जेठ। रुपन्देहीमा भैरहवामा फुटसल प्रतियोगिता हुने भएको छ । अनलाइन पत्रिका पब्लिक कुरा डटकमको आयोजनामा कर्पोरेट संस्थाबीच समन्वय, सद्भाव र मैत्रीभाव विकास गर्ने उद्देश्यले ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल प्रतियोगिता हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा पब्लिक कुराका सम्पादक प्रकाश न्यौपानेले अनलाइन पत्रिकाको स्थापनाको पाँच वर्ष पूरा गरेको अवसरमा प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार, प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको छ । ‘तिव्र सहरीकरणसँगै पर्यटकीय हवका रुपमा विकास भइरहेको रुपन्देहीमा कर्पोरेट कल्चरको विकास अपरिहार्य छ’,उनले भने, ‘यस्ता संस्थाबीच हुने खेल आपसी प्रतिस्पर्धा मात्र नभएर एकअर्कासित घुलमिल हुने…

Read More

काठमाडौं,२१ जेठ। ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रयोग गर्दै आएको गाडी नै चोरी भएको छ। प्रहरीका अनुसार, ठेचो क्षेत्रबाट मध्यरातमा स्कर्पियो गाडी हराएको उजुरीपश्चात खोजी कार्य तीव्र पारिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी गौतम मिश्रले गाडीको खोजीका लागि विभिन्न प्राविधिक माध्यमको प्रयोग भइरहेको बताए। उनका अनुसार हालसम्म गाडी फेला परिसकेको छैन। प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेजको अध्ययन गर्दा एक व्यक्तिले स्कर्पियो लिएर गएको देखिएको जनाएको छ। घटनाबारे थप जानकारी जुटाउन प्रहरीले गाडीका चालकसँग पनि सोधपुछको क्रममा चालकले आफु राति सुतेको अवस्थामा चोरी भएको केही थाहा नभएको बताएका छन्।

Read More

काठमाडौं, २१ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। पार्टीका महामन्त्री डा. धवलशमशेर राणानिकट नेताहरुले बिहीबार सामूहिक रुपमा राप्रपा छोडेको घोषणा गरेका हुन्। पार्टी परित्याग गर्नेहरुमा शीर्ष तहका नेता मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइरालालगायत रहेका छन्। प्राप्त सूचीमा रुपन्देहीबाट प्रज्जवल बोहराको नाम पनि उल्लेख छ । त्यस्तै, पार्टी परित्याग गर्नेहरुको सूचीमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला तहका सदस्यहरु समेत समावेश छन्। बिहीबारको राजीनामा पहिलो चरणको मात्र भएको बताइएको छ। उनीहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै हिनभाव, कमजोरी तथा आत्मकेन्द्रित कार्यशैलीका…

Read More

भैरहवा,२१ जेठ। रोजगारीको प्रलोभनमा नेपालीलाई भारतमा लगेर ठगी गरेको आरोपमा प्रहरीलाई ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा डोटीको शिखर नगरपालिका-११ का २३ वर्षीय सिताराम बोहरा, ओखलढुङगाको चम्पादेवी गाउँपालिका-१० का ३० वर्षीय अनिल बुढाथोकी, रोल्पाको मुड्केचुला गाउँपालिका-१ का २३ वर्षीय अमनलाल बुढा, डोल्पाको ठुलिभेरी नगरपालिका-५ का २१ वर्षीय दिनेश बुढा र नवलपुरको कावासोती नगरपालिका-१ का ४५ वर्षीय कमल गिरी नेपाल रहेका छन् । आरोपितहरुले रोजगारीको प्रलोभनमा नेपाली नागरिकहरुलाई भारतको कुशीनगरमा बोलाएर अलपत्र पारेको अवस्थामा केही दिन अघि ४५३ जनालाई नेपालीहरुलाई त्यहाँ उद्दार गरेर स्वदेश ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरका…

Read More

काठमाडौं,२१ जेठ। सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार, गाडीको कागजात शंकास्पद देखिएपछि भन्सार छलिको आशंकामा बुधबार राति जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट उक्त गाडीहरु नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका अधिकांश गाडी बीवाईडी कम्पनीको रहेको प्रहरीले जनाएको छ। सशस्त्रले नियन्त्रणमा लिएका गाडीहरु कोरलाको याड, जोमसोम, पर्वतको कुश्मा र पोखराको ह्याम्जामा राखिएको र आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,२० जेठ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरु सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्ने उद्देश्यसहित रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सारांश उद्धृत गर्दै ओलीले ती घटनाहरु प्रायोजित तथा आपराधिक गतिविधिको हिस्सा भएको आरोप लगाए। संवैधानिक र लोकतान्त्रिक रुपमा निर्वाचित बहुमतको सरकारलाई कानुनी वा संसदीय प्रक्रियाबाट हटाउन नसकेपछि अवैधानिक र आपराधिक मार्ग अपनाइएको उनको भनाइ छ। ओलीले घटनाको पृष्ठभूमिमा लामो समयदेखि तालिम र तयारी गरिएको दाबी गर्दै आगजनी, पेट्रोल बम निर्माण र अन्य प्रज्वलनशील पदार्थको प्रयोगका लागि प्राविधिक तयारीसमेत गरिएको उल्लेख गरे। उनका…

Read More

काठमाडौं,२० जेठ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत भ्रमणमा रहेका रास्वपाका सभापति रवि लामिछानेसँगको भेटपछि मोदीले नेपाललाई भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार राष्ट्रको रुपमा रहेको उल्लेख गरे। भेटप्रति खुसी व्यक्त गर्दै मोदीले नेपालसँगको विशेष र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको बताएका छन्। साथै मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा पूर्ण रुपमा सहमत रहेको बताएका छन्। ‘दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य…

Read More

काठमाडौं,२० जेठ। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछाने र प्रधानमन्त्री मोदीबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको हो। भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । भेटमा मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका थिए। उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन् । ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरुपमा समर्थन गर्दछु’ मोदीले…

Read More

भारत, २० जेठ। भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरमा रहेको एक रेस्टुरेन्टमा बुधबार भीषण आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। आगलागीपछि उद्धार तथा राहत कार्य सञ्चालन गरिएको र तीन जनालाई सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार, घटनास्थलबाट तीन जनालाई सकुशल उद्धार गरिएको छ। आगलागीको कारण भने अझै खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार, आगो लेमन ग्रि रेस्टुरेन्टमा लागेको थियो। रेस्टुरेन्टमा आवासको सुविधा समेत रहेकाले त्यहाँ केही विदेशी नागरिक पनि बसोबास गरेको बताइएको छ ।

Read More