


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै रकम असुली गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–९ का २७ वर्षीय लक्ष्मण पनेरु र झापाको हरिनगर गाउँपालिका–७ का ५४ वर्षीय विनोद साह रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेकाहरुले काठमाडौं टोखा नगरपालिका–८ का एक व्यक्तिलाई ‘तपाईंसहित तपाईँको परिवारको नागरिकता नक्कली हो, अख्तियारले अनुसन्धान गरिरहेको छ’ भन्दै टेलिफोनमार्फत डर देखाएर रकम माग गरेका थिए । एक करोड रुपैयाँ दिए फाइल बन्द हुने नभए पक्राउ गरेर जेल पठाइने धम्कीपछि पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए । पक्राउ परेकासँग दुई लाख रुपैयाँ,…
भैरहवा, १९ भदौ । रुपन्देहीमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रयण ब्यूरो शाखा कार्यालय भैरहवा र लागुऔषध बरामदगी क्षेत्रको प्रहरी युनिटको टोलीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का २६ वर्षीय इरफान अन्सारी, सिद्धार्थनगर नगरपालिका–१ का २६ वर्षीय प्रेमलाल यादव र रोहिणी गाउँपालिका– ६ का ३५ वर्षीय ईरसाद प्रवेज रहेको प्रहरीले जनाएको छ । रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार पक्राउ परेका अन्सारीको साथबाट १ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर, यादवको साथबाट १ ग्राम ०३ मिलिग्राम ब्राउनसुगर, प्रवेजको साथबाट डाइजेपाम ९८ एम्पुल, ब्रुप्रेनोरफिन ९६ एम्पुल, प्रोमोथाजिन हाइड्रोक्लोराइड ९९ एम्पुल,…
भैरहवा, १८ भदौ । सुरक्षाको दृष्टिकोणले निकै संवेदनशील मानिने रुपन्देहीको बेलहिया (भैरहवा) नाकामा थप व्यवस्थित र प्रभावकारी रुपमा एकीकृत चेकजाँच बिन्दु (आईसिपी) संचालन गरिने भएको छ । आईसिपी संचालनमा देखिएका चुनौतीहरु समाधान गर्दै थप व्यवस्थित र प्रभावकारी रुपमा संचालनका लागि सरकारी निकायको बैठकले विभिन्न निर्णयहरु गरेको छ । रुपन्देहीका तत्कालिन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पालामा भैरहवा नाका हुँदै नेपाल प्रवेश हुने पर्यटकहरुको सहजताका लागि नाकामा एकीकृत चेकजाँच बिन्दु स्थापना गरिएको थियो । जहाँ प्रवेश बिन्दुमै पर्यटक, गाडी, सामाग्री लगायतको आवश्यक सुरक्षा चेकजाँच गरी गाडीमा स्टिकर टाँस गरिएपछि जिल्लाको अन्यत्र स्थानमा पुनः चेकजाँच नहुने व्यवस्था मिलाइएको थियो । तर, ठाउँठाउँमा…
भैरहवा, १८ भदौ। रुपन्देही–३ मा हुने लागेको उपनिर्वाचनका लागि न्याय परिषद्ले मुख्य निर्वाचन अधिकृतका लागि जिल्ला न्यायाधीशलाई अशोक कुमार बस्नेतलाई तोक्न सरकारलाई परामर्श दिएको छ। न्याय परिषद् बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि बस्नेतलाई मुख्य निर्वाचन अधिकृत तोक्न परामर्श दिने निर्णय गरेको हो। त्यस्तै मनाङका लागि मनाङ जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको नाम सिफारिस भएको छ। रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन र मनाङ–१ (२) मा प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) ज्यान मुद्दामा दोषी ठहर भएपश्चात निर्वाचन आयोगले रिक्त पदमा अगामी कार्तिक १७ गते उपनिर्वाचनको तयारी गरेको हो।
काठमाडौं, १८ भदौ । पछिल्लो केही दिन यता नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै गएको छ । आज बुधवार पनि सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले उकालो लागेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा बुधवार प्रतितोला दुई लाख ७ हजार ९०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने आज घटेको छ। आज प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार ४८० मा कारोबार भइरहेको छ ।
काभ्रे, १८ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँसहित एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । बुधवार मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगद दुई लाख रुपैयाँसहित मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कार्यालयको टोली मालपोत कार्यालयमा गएको तर थप जानकारी केही समयपछि मात्र आउने छ । भण्डारीबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
काठमाडौं,१८भदौ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा अनिवार्य अवकाश हुँदैछन्। उनीसँगै दुई एआईजी एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी पनि अवकास हुँदैछन्। २०८१ चैत ४ गते आईजीपी नियुक्त थापा प्रहरी सेवामा प्रवेश गरेको ३० वर्षे अवधी पूरा गरी आज अवकास हुन लागेका हुन्। संगठनको ३१ औं आईजीपीको रुपमा थापाले कमाण्ड सम्हाले। एआईजीद्धय तामाङ र गिरी पनि ३० वर्षे सेवाअवधी पूरा गरी अवकास हुँदैछन्। उनीहरु २०५२ भदौ १८ मा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा भर्ना भएका थिए। उनीहरुको अवकासपछि नेपाल प्रहरीमा चार एआईजी पद रिक्त हुँदैछ । एआईजी कृष्णहरि शर्मा पोखरेल गत साता उमेर हदका कारण अवकास भएका छन्। अर्का, एआईजी…
काठमाडौं,१८ भदौ। नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलले पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। बुधवार जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापतिले सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति भएका भोला नाथ थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। भदौ ९ गते पदोन्नति भएका थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन्। त्यस्तै, प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई पनि सहायक रथी दर्जामा पदोन्नति भएको अवसरमा प्रधानसेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
काठमाडौं,१८ भदौ। भुटानी शरणार्थी प्रकरणको सुनुवाइका लागि जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ सुरु भएको छ । दुई वर्षदेखि विचाराधीन रहेको उक्त मुद्दा बुधवारदेखि अन्तिम सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा सुनुवाइ सुरु भएको हो। पछिल्लो समय मुद्दामा साक्षी बुझ्ने र बकपत्र गराउने कार्य सकिएपछि मुद्दाको सुनुवाइका लागि साप्ताहिक पेशी सूचीमा राखिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुविरुद्ध तीन चरणमा ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३३ जनाविरुद्ध मुद्दा दायर भएको थियो। उक्त मुद्दामा जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो…
भैरहवा, १७ भदौ । रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय सदस्य धनीराम चौधरीलाई चुनावी मैदानमा उतार्ने भएको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकले चौधरीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारको रुपमा चुनावी मैदानमा उतार्ने निर्णय गरेको गरेको पार्टीका राष्ट्रिय सचिव भूपेन्द्र यादवले बताए । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं पूर्व जिल्ला इन्चार्ज रहेका चौधरी केही दिन अघि नाउपा छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए ।उनलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टी प्रवेश गराएका थिए। पार्टी प्रवेशसँगै जनमतले चौधरीलाई उम्मेदवार बनाएको हो। सियारी गाउँपालिका–२ भगदरीका चौधरीको थारु सामुदायमा राम्रो पकड रहेको बताइन्छ । यस अघि ०७९ को निर्वाचनमा उनी…