Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

कपिलवस्तु,२२ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले ट्राफिक नियम उल्लङ्घनका क्रममा नियन्त्रणमा लिइएका सवारी साधनसँग सम्बन्धित कागजपत्रहरु (ब्लुबुक, रुट परमिट, सवारी चालक अनुमति पत्र लगायत) सम्बन्धित व्यक्तिले फिर्ता लैजान आग्रह गरेको छ। विभिन्न मितिमा ट्राफिक कारबाहीका क्रममा नियन्त्रणमा लिइएका कागजपत्रहरु ०८३ असार मसान्त भित्र तोकिएको जरिवाना बुझाएर निस्सा (रसिद)सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका पोष्टहरुबाट फिर्ता लिन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख तथा प्रहरी निरीक्षक राजन ढकालका अनुसार, तोकिएको समयमा कागजपत्र नलगे आवश्यक थप कारबाहीका लागि उक्त कागजपत्रहरु यातायात व्यवस्था कार्यालय, बुटवल (रुपन्देही) पठाइने बताए।

Read More

परासी,२२ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाल्हीनन्दन गाँउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले गुप्तामाथी गैरकानुनी सम्पत्ति आर्जन गरी परिवारका सदस्य र नातेदारको नाममा सम्पत्ति लुकाएको आरोपमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। ३ करोड ४५ लाख बढी रुपैया भ्रष्टाचार गरेको भन्दै सोही रकम बराबर अख्तियारले विगो मागदाबी गरेको छ। आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, उनीसहित उनका बाबु वंशराज गुप्ता, आमा धानमती तेली, श्रीमतीहरु शारदा आचार्य गुप्ता र सुलोचना गुप्तालाई पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

Read More

काठमाडौं,२२ असार। सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ। अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरुको सरुवा गरिएको हो। को-कहाँ ? हेर्नुहोस् सूची :

Read More

सलमान खानमर्चवार,२२ असार । रुपन्देहीको कोटहीमाई गाउँपालिका कार्यालयको आयुर्वेद औषधालय सेवा प्रभावकारी देखिएको छ । सेवा प्रभावकारी भएसँगै औषधालयमा सेवाग्राहीको आकर्षण बढ्दै गएको छ। पालिकाको मझागाँवास्थित २०४५ सालमा स्थापना भएको आयुर्वेद औषधालयमा पेटसम्बन्धी समस्या, बाथ, पाइल्स, उच्च रक्तचाप, मधुमेह, जन्डिस, पत्थरी, नसा सम्बन्धी, स्तनपाई (सुत्केरी महिलाका लागि) लगायतका विभिन्न रोगको उपचार तथा पञ्चकर्म अन्तर्गत थेरापी सेवा प्रदान गर्ने गरिएको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले बताए। उक्त औषधालयमा कोटहीमाईका साथै विभिन्न स्थानबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन् । औषधालयका अनुसार, दैनिक औसत ८० जना सेवाग्राहीले सेवा लिने गरेका छन्। ‘आयुर्वेद औषधालय सेवा प्रभावकारी रहेकै कारण पालिकावासीका साथै…

Read More

काठमाडौं,२१ असार। नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजी) द्वय दानबहादुर कार्की र नारायणदत्त पौडेल अमेरिका प्रस्थान गरेका छन्। नेपाल प्रहरीक प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार, ‘युनाइटेड नेसन्स चिफ्स अफ पोलिस समिट’ मा सहभागी हुन उनीहरु आइतबार अमेरिका प्रस्थान गरेका हुन्। असार २३ देखि २४ गतेसम्म संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा सञ्चालन हुने उक्त समिटमा उनीहरु सहभागी हुनेछन् । उनीहरु अमेरिका प्रस्थान गरेसँगै नेपाल प्रहरीको निमित्त महानिरीक्षकको जिम्मेवारी एआईजी राजन अधिकारीलाई र सशस्त्र प्रहरीको निमित्त महानिरीक्षकको जिम्मेवारी एआईजी वंशी दाहाललाई दिइएको छ।

Read More

भैरहवा,२१ असार। रुपन्देही प्रहरीले बिचौलियाको कार्य गरेको आरोपमा चार जना भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार, भैरहवा भन्सार कार्यालयको यात्रु शाखामा बिचौलियाको कार्य गरी यात्रुहरुलाई हैरानी दिइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीबाट डग स्निफिङ समेतका लागि खटिएको संयुक्त टोलीले गरेको स्वीप अपरेसन अन्तर्गत उनीहरुलाई बेलहियाबाट नियन्त्रणमा लिइएको हो । भारतको महाराजगञ्ज जिल्ला कुलहीका २१ वर्षीय राज पाल, कुशीनगर जिल्लाका २१ वर्षीय विपिन कुसुवा, सोही स्थानका २२ वर्षीय साजित अन्सारी र गोरखपुर, इटहियाका २५ वर्षीय अमित…

Read More

बुटवल,२१ असार। रुपन्देहीको बुटवल उपमहानगरपालिकाको कालिका चोकस्थित लिपमोटर गाडीको आधिकारिक विक्रेता अर्बन मोटर्स प्रालिले लिपमोटर ‘बी १०’ टप भेरियन्ट कारको परिमार्जित मूल्य सार्वजनिक गरेको छ। नेपालको नयाँ कर संरचना अनुसार २०२६ मोडलका लागि साविकको मूल्यमा ५ लाख रुपैयाँ कमी गरिएको हो । यसअघि ६० लाख रुपैयाँ रहेको ‘बी १०’ टप भेरियन्टको मूल्य अब ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको अर्बन मोटर्सका सञ्चालक सिम्स थापाले जानकारी दिए। कम्पनीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा बुटवलमा उक्त गाडी नयाँ मूल्यमै उपलब्ध हुने उल्लेख गरिएको छ। सञ्चालक थापाका अनुसार लिपमोटर ‘बी १०’ अत्याधुनिक सुविधासहितको इलेक्ट्रिक एसयूभी हो, जसले चालक तथा यात्रुको सुविधा र…

Read More

देशका अधिकांश क्षेत्रमा अहिले गर्मी अत्यधिक छ। यस्तो मौसममा तिर्खा मेटाउन धेरैले बजारमा पाइने प्याक्ड जुस, सफ्ट ड्रिंक तथा विभिन्न चिसा पेय पदार्थको सेवन गर्ने गर्छन्। यस्ता पेय पदार्थले केही समयका लागि शीतलता दिए पनि स्वास्थ्यका लागि सधैं उपयुक्त नहुन सक्छन्। बजारमाा उपलब्ध सिलप्याक ड्रिंक्स भन्दा शरीरलाई हाइड्रेट राख्नुका साथै रोग प्रतिरोधी क्षमता बढाउने प्राकृतिक पेय पदार्थको सेवन गर्नु लाभदायक मानिन्छ। दैनिक खानपानमा भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्टयुक्त प्राकृतिक पेय पदार्थ समावेश गर्न सके शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग पुग्छ। विशेषगरी गर्मी मौसममा यस्ता पेय पदार्थले शरीरलाई ताजगी दिनुका साथै आवश्यक पोषक तत्त्व पनि उपलब्ध गराउने पोषणविद्हरु बताउँछन्। प्रतिरक्षा प्रणाली…

Read More

काठमाडौं,२१ असार। सशस्त्र प्रहरी बल नेपालको कीर्तिपुरस्थित विद्यालयमा आर्थिक हिनामिनाको आरोपमा प्रहरीले इन्स्पेक्टरसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा विद्यालयको लेखा प्रमुख तथा इन्स्पेक्टर कल्पना गुरुङ र कर्मचारी लिला लामा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, सशस्त्र प्रहरी मुख्यालयले आर्थिक मिनामिना भएको भन्दै कारबाहीका लागि पठाएको पत्रका आधारमा उनीहरुलाई शनिवार पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा विद्यालयको खातामा रहनुपर्ने रकम व्यक्तिगत बैंक खातामा जम्मा गरी करोडौं रुपैयाँ हिनामिना गरिएको आरोप छ। यस विषयमा सशस्त्र प्रहरी मुख्यालयले आन्तरिक छानबिन गरेको थियो। छानबिनबाट आर्थिक अनियमितता भएको पाइएपछि विस्तृत अनुसन्धान र मुद्दा…

Read More

सलमान खानभैरहवा, असार। चौधरी ग्रुपको उत्पादन रियो ब्राण्ड अन्तर्गतको ‘म्याङ्गो एन्ड ग्लुकोज’ (जुस) मा लेदो भेटिएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामको प्रकृति गौतम र बिन्दु भट्टराईले (नातामा दिदी) योगिकुटीस्थित एक पसलबाट खरिद गरेको रियो ब्राण्ड अन्तर्गतको ‘म्याङ्गो एन्ड ग्लुकोज’ मा लेदो भेटिएको हो। उपभोक्ता गौतमका अनुसार, पाँच वटा रियोको ‘म्याङ्गो एन्ड ग्लुकोज’ खरिद गरिएकोमा दुई वटा अखाद्य पाइएको छ । ‘मैले एउटा खाँदा स्वाद फरक पाए र मुखमा लेदो जस्तो आएपछि थुके’,उनले भनिन्,‘पछि खोलेर हेर्दा त्यसमा लेदो थियो।’ अखाद्य रियो खाएपश्चात ज्वरो र उल्टी आउने जस्तो भएर आफु अस्वस्थ्य भएको उनको भनाइ छ । उनले उक्त घटनाबारे आफ्नो वडाको अध्यक्षलाई…

Read More