


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
मोरङ,२१जेठ। जिल्ला अदालत मोरङले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाको झन्डै डेढ अर्ब रुपैयाँ हिनामिनाको आरोपमा तीन जनालाई दोषी ठहर गरेको छ। न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले सहकारीका अध्यक्ष केदारनाथ शर्मा, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई सहकारीको बचत अपचलनमा दोषी ठहर गरेको अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए। उनका अनुसार उनीहरुलाई दोषी ठहर गरिए पनि दण्ड सजाय निर्धारण भने भोली (बिहीबार) को सुनुवाइमा हुनेछ।इजलासले सहकारीका सञ्चालकहरु आदित्य भट्टराई, उपाध्यक्ष अनिता गौतम र निर्मला पोखरेललाई भने सफाइ दिएको छ। मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहा शाखा कार्यालय खोलेर बचतकर्ताको १ अर्ब ४५…
काठमाडौं,२१जेठ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन्। बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानविनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन्। उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे। दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने उनको भनाइ छ। भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक प्रभावित भएको छ। मंगलबारदेखि बजेटमाथि छलफल हुने कार्यसूची भएपनि आजसम्म बैठक बस्न सकेको छैन। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्ने विपक्षी…
परासी,२१जेठ। पश्चिम नवलपरासी प्रहरीले साढे ३० लाख बराबरको मूर्तिसहित को सामग्री बरामद गरेको छ। नवलपरासीको बर्दघाटतर्फ लैजान राखिएको अवस्थामा उक्त सामान बर्दघाट नगरपालिका–६ बेतहानीबाट बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार एक लाख ६३ हजार बराबरका ३७५ थान पित्तलका मूर्तिको बरामद भएको छ। त्यस्तै १५ लाख बराबरको मोबाइल ग्लास, ८ लाख बराबरको एयर फोन र ६ लाख बराबरको मोबाइलको एयर पोड्स र कभर रहेका छन्। विभिन्न भगवानको प्रतिक रहेको उक्त मूर्ति पसलहरुमा बिक्रीका लागि लैजान लागिएको बताइएको छ। उक्त सामानलाई प्रहरीले बेबारिसे देखाउँदै सडक किनारमा प्लाष्टिकमा राखेको अवस्थामा बरामद भएको जनाएको…
दाङ,२१जेठ। प्रहरीले बलात्कारको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बबई गाउँपालिका-४ हस्नापुरका २७ वर्षीय भूपेन्द्र खत्री रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका खत्रीले १६ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुर र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
भैरहवा,२१ जेठ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कृषि क्षेत्रमा सिंचाईका लागि धमाधम बोर गाड्न सुरु गरिएको छ। गत वर्ष पालिकाको वडा नम्बर १० मा ९ वटा बोर गाडिएको थियो। यो वर्ष वडा नम्बर ११ मा ६ वटा बोर गाड्ने काम धमाधम भइरहेको नगरपालिकाले जनाएको छ। सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले पालिकामा बजेट अपुग भएपछि व्यक्तिगत लगानीमै ५ वटा बोर जडान गरेका थिए। उक्त वडामा बाँकी ८ वटा गरी १३ वटा बोर जडान गरिएको थियो। निर्वाचनमा कृषि उत्पादन बढाउनको लागि कृषकहरुसँग सिंचाई सुविधाको प्रतिवद्धता गरेका मेयर खाँले नगरको बजेट कम हुँदा आफ्नै १० लाखको लगानीमा ५ वटा बोर जडान गरेका थियो। सुख्खा…
बुटवल,२१जेठ। नेपाली युवा उद्यमी मञ्च रुपन्देहीमा अध्यक्षमा आर्दश श्रेष्ठ चयन भएका छन्।तिलोत्तमा नगरपालिकाको कोटिहवामा भएको संस्थाको ९ औं साधारण सभा तथा अविधेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। मञ्चको निबर्तमान अध्यक्षमा रिसव ओझा, प्रथम उपाध्यक्षमा अनिस कसौधन, द्धितिय उपाध्यक्षमा सुमन बस्याल चयन भएका हुन। यस्तै कार्यसमिति सदस्यहरुमा प्रतिक कसजु, सुमित श्रेष्ठ, बिराट जोशी, सुमित ओझा, मञ्जील विके, अमन श्रेष्ठ, मन्दीप अमात्य, अनुभवमान सैजु, राहुल कसौधन र कार्यक्रको संयोजकमा मनिस श्रेष्ठ चयन भएका छन्। कार्यक्रमा संस्थामा उत्कृष्ट योगदान र सक्रिय सहभागीता जनाउने सदस्यहरुलाई सम्मान गरिएको थियो जसमा सबैभन्दा बढी कार्यक्रममा उपस्थित हुने सदस्य अनुभव श्रेष्ठ,नयाँ सदस्य पुरस्कार शान्तम थैबा, इसिएस…
काठमाडौं,२१जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलोमतोमा विभिन्न निर्माण ठेक्काको विज्ञापन प्रकाशनमा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न विज्ञापन एजेन्सीका सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव, सह लेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडियाका संस्थापक भूषणकुमार सिंह, डच मिडियाका निर्देशक रवि अर्याल, प्रभाव राष्ट्रिय दैनिक प्रालिका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। । पालिकाले आर्थिक वर्ष २०७९/८० मा विभिन्न चार वटा बोलपत्रको आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन अनुसार राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो। बोलपत्र आह्वानको सूचना लुकाउने उद्देश्यका साथ…
काठमाडौं,२१जेठ। नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी राजाराम बस्नेतलाई दिइएको छ। बिहीबार सैनिक प्रवक्ताको जिम्मेवारी बरबुझारथ कार्यक्रम राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सहायक रथी गौरव कुमार केसीको सरुवासँगै सेनाको जंगी अड्डाले राष्ट्रिय निकुञ्ज निर्देशनालयका प्रमुख बस्नेतलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं सेनाको प्रवक्ताको जिम्मेवारी दिएको हो।
काठमाडौं,२०जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालतमा आरोपपत्र पेश गरेको हो। सोडारीले सार्वजनिक सेवाको पदमा रहँदाका बखत २०७४ माघ ७ देखि २०७९ माघ १० सम्मको अवधिमा आफ्नो हैसियत दुरुपयोग गरी गैरकानूनी रुपमा ठूलो परिमाणको सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ। आम्दानीका स्रोत पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता आदिबाट जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र…
काठमाडौं,२०जेठ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुलाई जिम्मेवार हुन आग्रह गरेका छन्। उनले सहमति अनुसार यातायात व्यवसायीहरुले यातायात सञ्चालन गर्नुपर्ने भएपनि संचालन नगर्नु गलत भएको भन्दै जिम्मेवार हुन आग्रह गरेका हुन्। सरकार र यातायात व्यवसायीबीच छलफलका लागि समिति बनाउने सहमती भएको थियो। जस अन्र्तगत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि तथा यातायात व्यवसायी रहने गरी समिति गठन भएको थियो। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र गएपछि मात्रै यातायात सञ्चालन हुन्छ भन्ने जस्ता तर्कहरु यातायात व्यवसायीहरुले गरिरहेकाले त्यो गलत भएको बताए । सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र…