


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, २९ जेठ । पछिल्ला दिनहरुमा नेपाल सरकारले भारतबाट आयात हुने आँपमा पूर्ण प्रतिबन्ध लगाएको भन्ने समाचार र सामाजिक सञ्जालमा फैलिएको दाबी गलत भएको सरकारले स्पष्ट पारेको छ। विशेष गरी भारतीय संचारमाध्यम र सामाजिक संजालमा भारतबाट आयात हुने आँपमा पूर्ण प्रतिबन्ध लगाएको भन्दै अफवाह फैलाइएको पाइएको छ। कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार, भारतबाट आयात हुने आँपमा प्रतिबन्ध लगाइएको नभई नेपाली कृषि उत्पादनलाई हानिकारक रोग तथा किराबाट जोगाउन अन्तर्राष्ट्रिय कानुन र नेपालको ‘बिरुवा संरक्षण ऐन २०६४’ बमोजिम आयातमा कडा सर्त लागू गरिएको हो। केन्द्रले बुधबार एक सूचना जारी गर्दै भारतबाट आँप आयातमा पूर्ण प्रतिबन्ध नलगाएको स्पष्ट…
दाङ,२९ जेठ। लुम्बिनी प्रदेश सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली २०८३ स्वीकृत गरेको छ। बिहीबार रातिको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली स्वीकृत गरेको हो। नयाँ नियमावली लागू भएसँगै बजेट कार्यान्वयन तथा वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी, सहज र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ। यसअघि आन्तरिक रकमान्तरका लागि सम्बन्धित मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था रहेकामा अब सो प्रक्रिया थप सहज बनाइएको छ । त्यस्तै योजना संशोधनको अधिकार सम्बन्धित मन्त्रालयलाई नै प्रदान गरिएको सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिए। अघिल्लो नियमावलीमा योजनाको नाम संशोधन गर्ने अवधि पुस मसान्तसम्म मात्र…
काठमाडौं। नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको समर्थन बिक्री मूल्य पाँच दिनमै पुनः वृद्धि गरेको छ। शुक्रबारदेखि लागू हुने नयाँ मूल्यअनुसार सबै प्रकारका अन्डाको फार्म मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको छ। संघका सचिव मदन पोखरेलका अनुसार, उत्पादन लागत र बजार माग मध्यनजर गर्दै देशभरिका लागि चितवनलाई आधार मानेर नयाँ मूल्य तय भएको हो । संघका अनुसार, उत्पादन लागत वृद्धि र बजार मागलाई ध्यानमा राख्दै नयाँ मूल्य निर्धारण गरिएको हो। नयाँ दरअनुसार एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५७५ रुपैयाँ, ठूलो अन्डाको ५६० रुपैयाँ र मिडियम अन्डाको ५३० रुपैयाँ कायम गरिएको छ। यद्यपि, फार्म मूल्य बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा तत्काल कुनै परिवर्तन…
काठमाडौं,२८ जेठ। विशेष सरकारी वकिल कार्यालयले व्यवसायी दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा कार्यालयले विभिन्न व्यक्ति र ४ कम्पनीलाई प्रतिवादी बनाउँदै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल धितोपत्र बोर्ड र नेपाल बिमा प्राधिकरणबाट प्राप्त अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न सिफारिस गरेको थियो। सम्पत्ति शुद्धीकरण मुद्दामा दिपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ। सहन्यायाधिवक्ता गङ्गाराम पौडेलका अनुसार, हिमालयन रि–इन्स्योरेन्स…
काठमाडौं,२८ जेठ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजार रुपैयाँसहित दुई जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बङ्गलादेशका ३९ वर्षीय मोहम्मद इन्ताजअली र ५० वर्षीय महम्मद जाकिर हुसैन रहेको प्रहरीले जनाएको छ। पक्राउ गरेका अलीले नेपालमा ३८ पटक र हुसैनले ११ पटक आवतजावत गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार, बिहीवार बाटिक एयरको उडानबाट मलेसिया जान लागेका उनीहरुको सुटकेश खानतलासी गर्दा फल्स बटम बनाएर लुकाएर राखिएको रकमसहित उनीहरुलाई पक्राउ गरिएको हो। बरामद रकमसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौं,२८ जेठ। संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत लिवियामा सञ्चालन भइरहेको संयुक्त राष्ट्रसंघीय सहयोग मिसनमा कार्यरत नेपाली शान्ति सैनिकहरुको फेरबदल गरिएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार श्री नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौं डफ्फालाई प्रतिस्थापन गर्न श्री गुरुबक्स गुल्म (शान्ति सेना) आठौं डफ्फाका ४१ जना नेपाली शान्ति सैनिकहरुको अन्तिम टोली बिहीबार मिसन क्षेत्रतर्फ प्रस्थान गरेको छ। यसैबीच, उक्त मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका ४८ जना नेपाली शान्ति सैनिकहरु बुधबार स्वदेश फिर्ता भएका छन्। हाल उक्त मिसनअन्तर्गत नेपाली सेनाका १६८ जना शान्ति सैनिकहरु कार्यरत रहेका छन्। नेपाली सेना संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियानहरुमा सक्रिय सहभागिता जनाउँदै शान्ति र…
काठमाडौं,२८ जेठ। गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित सुकुम्वासीहरु राखिएको होल्डिङ सेन्टरको आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले सुकुम्वासी परिवारसँग भेटघाट गर्दै विगतमा व्यवस्थापनका क्रममा भएका कमजोरीप्रति माफी मागेका छन्। उनले सरकार सुकुम्वासीहरुको उचित व्यवस्थापनप्रति गम्भीर रहेको बताउँदै कुनै पनि हालतमा उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे। सुकुम्वासी परिवारले बालबालिकाको शिक्षादीक्षा र स्वास्थ्य सेवामा समस्या रहेको गुनासो गरेका थिए। पीडितहरुको गुनासो सुनेपछि गृहमन्त्रीले उक्त क्षेत्रमा प्रहरी टोली खटाउन निर्देशन दिएका छन्। साथै, स्वास्थ्य समस्या वा आकस्मिक अवस्था आएमा तत्काल उद्धार गरी अस्पताल पुर्याउने व्यवस्था मिलाउन निर्देशन दिए। गृहमन्त्री स्वयं भेट्न आएपछि होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी परिवारमा नयाँ आशा जागेको…
भैरहवा, २७ जेठ। नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका-१० (भैरहवा) का श्रीकान्त उपाध्याय रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी प्रदेश कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपक महत क्षेत्रीद्वारा जारी विज्ञप्ती अनुसार, अदालतबाट एक हजार रुपैयाँ जरिवाना सजाए फैसला भएको चेक अनदार मुद्दाको फरार प्रतिवादी उपाध्यायलाई फैसला कार्यान्वयनको सिलसिलमा पक्राउ गरिएको हो। नेपाल प्रहरी प्रदेश कार्यालयबाट खटिएको टोलीले बुधवार सिद्धार्थनगर नगरपालिका वडा नं. १० बाट उपाध्यायलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।
हृदयराम गुप्ता मर्चवार,२७ जेठ। रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा ल्याउनृ विद्यार्थीहरुलाई सम्मान गरेको छ। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट उत्कृष्ट जीपीए प्राप्त गर्ने तीन विद्यार्थी तथा एक उत्कृष्ट छात्रालाई सम्मान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिश्चन्द्र बरईले जानकारी दिए। उनका अनुसार, गाउँपालिकाभित्रका एसईई परीक्षामा सहभागी ६ वटा सामुदायिक विद्यालयमध्ये जनता माध्यमिक विद्यालयका विद्यार्थी धिरेन्द्र बरईले ३.७८ जीपीए प्राप्त गरी प्रथम स्थान हासिल गरेका छन्। त्यस्तै अमवा माध्यमिक विद्यालयका विद्यार्थी अमरेश यादवले ३.७५ जीपीए प्राप्त गरी द्वितीय तथा जनता माध्यमिक विद्यालयकै विजयकुमार यादवले ३.७० जीपीए प्राप्त गरी तृतीय स्थान हासिल गरेका छन्। उत्कृष्ट नतिजा ल्याउने तीनै जना…
बुटवल,२७ जेठ। आफ्नै सुन पसलमा चोरी गरेर बीमा रकम दाबीका लागि प्रहरीमा उजुरी दिने पसल संचालक नै घटनामा संग्लन आरोपमा पक्राउ परेका छन्। गत जेठ १७ गते बुटवल उपमहानगरपालिका–५अमरपथस्थित तिनाउ सुनचाँदी पसलका सञ्चालक दीपक बिकले आफ्नो पसलमा १ करोड ४६ लाख १४ हजार ७ रुपैयाँ बराबरको सुनचाँदीका गहना चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए। संचालक बिकले आफू पोखरामा रहेको बेला पसलमा चोरी भएको र सिसिटिभी क्यामेरा समेत बिग्रिएको दाबी गरेका थिए। घटनाको अनुसन्धानको क्रममा संचालक आफैले योजनावद्ध रुपमा चोरीको घटना घटाएको पाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डीएसपी निशान्त श्रीवास्तवले बताए । चोरी भएको भनिएको…