


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
बुटवल, ४ असार। नेपाली मिडिया क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे व्यापक बहस तथा साझा धारणा निर्माण गर्ने उद्देश्यले चौथो राष्ट्रिय मिडिया सम्मेलन २०८३ बुटवलमा आयोजना हुने भएको छ। प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीको आयोजना तथा नेपाल मिडिया सोसाइटीको सह–आयोजनामा आगामी असार ६ र ७ गते रुपन्देहीको बुटवलमा सम्मेलन हुन लागेको हो। “संकटबाट सम्भावनातर्फः नेपाली मिडियाको दिगो भविष्य” भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनको उपनारा “मिडियामा विश्वसनीयता, विविधीकरण र स्थायित्वको खोजी” रहेको छ। आयोजकका अनुसार पछिल्ला वर्षहरुमा विज्ञापन बजारको संकुचन, डिजिटल प्लेटफर्मको तीव्र विस्तार, बढ्दो सञ्चालन खर्च, पाठक तथा दर्शकको बदलिँदो व्यवहार र राजस्व स्रोतको कमीका कारण नेपाली मिडिया उद्योग…
काठमाडौं,३ असार। नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ । गभर्नर डा.विश्वनाथ पौडेलको दस्तखत रहेका ५ सय दरका नयाँ नोट साविककै आकार र रंगमा चलनचल्तीमा ल्याइएको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै ५ सय दरका ३० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याइएको जनाएको छ। राष्ट्र बैंकका अनुसार, संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा आएका छन्। हेर्नुहोस् सूचना :
बर्दिया,३१ जेठ। बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरमा भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। साथै, सशस्त्र प्रहरीका एक जवान र ट्रक चालक घाइते भएका छन्। फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत बर्दिया बासगढी नगरपालिका–५ मोतिपुर का ३५ वर्षीय सहायक हवल्दार तिलक कडेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अवैध रुपमा भारततर्फ लैजान लागिएका २ वटा भैंसी र १ वटा पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बाप्र ०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । प्रहरीका अनुसार, दुर्घटनामा बर्दिया बासगढी नगरपालिका–८ ककौराका ३५ वर्षीय सशस्त्रका जवान दीपककुमारजङ शाह र ट्रक…
काठमाडौं,३१ जेठ। काठमाडौं महानगरपालिकाले युवा लक्षित स्वरोजगार, उद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममार्फत महानगरले यस्तो व्यवस्था अघि सारेको हो। नगर सभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, अपांगता भएका व्यक्ति, दलित, संरक्षणविहीन व्यक्ति, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक, एकल महिला, सहिदका परिवार लगायत पछाडि परेका समुदायको विकासका लागि लक्षित वर्गमैत्री सशक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ । एक वडा एक नमुना कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा दिगोपना सुनिश्चित हुने गरी एक वडा एक नमुना…
दाङ,३१ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेशकको सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। दाङको घोराहीमा भएको अधिवेशनमा सभापति पदका ६ जना प्रतिस्पर्धी थिए। सभापतिका उम्मेदवारहरुमध्ये सबैभन्दा बढी शालिकराम घिमिरेले १ सय ९९ र दोस्रोमा गोपाल घिमिरेले ८७ मत प्राप्त गरेका थिए। त्यस्तै गणेश पौडे्लले ८४ मत, बाँकेका डा.राजकुमार सुवेदीले ८०, मञ्जु भुसालले ७१, मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए। रास्वपाको विधानमा सभापति पदको उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्नु पर्ने व्यवस्था छ। मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका अनुसार, सबैभन्दा धेरै मत प्राप्त गरेका उम्मेदवारमध्ये दोस्रो स्थानमा रहेका घिमिरेले समर्थन गरेपछि शालिकरामलाई सभापति घोषणा गरिएको हो।
काठमाडौं,३१ जेठ। वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार २० वाणिज्य बैंकमध्ये ७ बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने बाँकी १३ बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने बैंकहरुमा कुमारी बैंक, एनआईसी एशिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक तथा लक्ष्मी सनराइज बैंक रहेका छन्। असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.२७ प्रतिशतमा झरेको छ। जेठ महिनामा उक्त दर ४.३४ प्रतिशत रहेको थियो। यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर जेठमा ३.२० प्रतिशत रहेको असारमा ३.१८ प्रतिशत कायम भएको छ।
काठमाडौं,३१ जेठ। नेपालको स्थानीय बजारमा सुन-चाँदीको मूल्य बढेको छ। शुक्रवार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको आइतबार १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँ बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४ हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
पर्सा,३१ जेठ। प्रहरीले पर्सामा एक सय किलोग्राम गाँजा बरामद गरेको छ। जिल्लाको जगरनाथपुर गाउँपालिका-३ मुरैया चोकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । खेतमा पाँचवटा बोरामा लुकाएर राखिएको गाँजा नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कपिलवस्तु,३१ जेठ। कपिलवस्तु प्रहरीले नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तको शिवराज नगरपालिका-२ हल्लानगरकोे ४५ वर्षीया बबिता थापा रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई नेपाली ५ सय दरको १९ थान नक्कली नोटसहित उनकै घरबाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं, ३० जेठ। बैंकिङ कसुर मुद्दामा प्रहरीले सेफ सन्तोष साहलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काका अनुसार, बैंकिङ कसुरको आरोपमा शुक्रबार राति जनकपुरबाट साहलाई पक्राउ गरिएको हो। जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौं लगेको छ। गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा पूरा रकम नदिएको दावीसहित सकुन्तला अधिकारी (थापाले) सेफ साहविरुद्ध जाहेरी दिएकी थिइन्।