Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ९ भदौ। रुपन्देहीको बुटवल र पश्चिम नवलपरासीबाट भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी टोलीले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको विवरण अनुसार, बुटवल उपमहानगरपालिका–९, कालिकानगरस्थित एक घरमा लुकाएर राखिएको ९ लाख ६२ हजार मूल्य बराबरको ४८१ थान कुर्ता सुरुवाल बरामद भएको छ। त्यस्तै नवलपरासीको बर्दघाट नगरपालिका–१५ केराबारीबाट भन्सार छलेर बा.प्र.०६–००१ च ०७७३ नम्बरको पिकअपमा ल्याईँदै गरेको अवस्थामा ७ लाख १४ हजार बढी मूल्य बराबरको चकलेट बरामद भएको प्रहरीले जनाएको छ । ढुवानीमा प्रयोग भएको गाडी र चालक…

Read More

काठमाडौं,९ भदौ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दर्ता गराएका छन्। देउवाको वारेसका रुपमा कांग्रेस नेता दीपक खड्का तथा पूर्णबहादुर खड्काको वारेसका रुपमा अधिवक्ता श्रवणकुमारले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका हुन्। अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, दुवै रिट निवेदनमाथि भदौ ११ गते पेशी तोकिएको छ। यसअघि कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा प्रदान गरेको थियो। उक्त विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा नेपाली कांग्रेसले भने असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाएको छ।

Read More

मर्चवार, ९ भदौ। रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कक्षा १२ उत्तीर्ण विद्यार्थी, शिक्षक तथा शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने चार विद्यार्थीलाई साइकलसहित १२० विद्यार्थीलाई सम्मान गरिएको हो। कोटहीमाई गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा श्री मर्चवार आदर्श माध्यमिक विद्यालयको गुडिया गुप्ता बनिया (३.११ जीपी), श्री मर्यादपुर माध्यमिक विद्यालयको सीता कुमारी पाल (३.७ जीपीए), श्रीराम माध्यमिक विद्यालयको साधना यादव (३.११ जीपीए) र श्री बोगडी माध्यमिक विद्यालयका अशोक यादव (२.९४ जीपीए) लाई साइकल पुरस्कारसहित सम्मान गरिएको थियो। चारवटै विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका अन्य विद्यार्थीहरुलाई समेत सम्मान गरिएको आयोजक राहुल यादवले जानकारी दिए। कार्यक्रममा जनता समाजवादी पार्टी, रुपन्देहीका…

Read More

काठमाडौं,५भदौ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तत्काल नोटबन्दी गर्नेबारे कुनै योजना नबनाएको स्पष्ट पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा बोल्दै उनले नोटबन्दी गर्नेबारे सरकारले अहिले केही नसोचेको बताए। कार्यक्रममा सहभागी नागरिकहरुले ‘नोटबन्दी किन नगर्ने ?’ भन्दै प्रश्न गरेपछि अर्थमन्त्री वाग्लेले सरकारको धारणा सार्वजनिक गरेका हुन्। ‘नोटबन्दीका बारेमा यहाँहरुका रोचक प्रश्नहरु सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,’ उनले भने। उनका अनुसार नोटबन्दीको अभ्यास गरेका अन्य मुलुकहरुमा समेत यसको परिणाम अपेक्षाअनुसार सफल देखिएको छैन। त्यसैले नेपालको वर्तमान परिस्थितिमा नोटबन्दी उपयुक्त विकल्प नरहेको सरकारको…

Read More

दाङ,५ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पामा मनसुनजन्य विपदबाट प्रभावित परिवारलाई सरकारले उपलब्ध गराउनुपर्ने राहतमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठकमा बोल्दै मुख्यमन्त्री आचार्यले रोल्पामा विपद्बाट ठूलो जनधनको क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त सडक तथा पूर्वाधार मर्मत गर्ने विषयमा सरकारले महत्वपूर्ण निर्णय गरेको बताए। ‘घटना घट्न नहुने थियो । तर, घटना घटिसकेको छ । सरकारको तर्फबाट पीडितहरूले पाउनुपर्ने राहत समयमै उपलब्ध गराउन सके पीडित परिवारले त्यसलाई मल्हमका रुपमा लिनुहुनेछ,’ उनले भने, ‘प्रदेश सरकारको तर्फबाट तत्काल राहत सामग्री पठाउने काम भएको छ ।’ मुख्यमन्त्री आचार्यले विपद् प्रभावित क्षेत्रमा…

Read More

दाङ, ५ भदौ। लुम्बिनी प्रदेशमा यस वर्षको मनसुन सुरु भएयता विपद्का घटनामा परी ८५ जनाको मृत्यु भएको छ। प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत विवरणअनुसार, जेठ १८ गतेदेखि भदौ ३ गतेसम्म प्रदेशभर ९१ वटा मनसुनजन्य विपद्का घटना भएका छन्। विपद्का घटनामा ८५ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन्। सबैभन्दा धेरै मृत्यु पानीमा डुबेर भएको छ। पानीमा डुबेर मात्रै ५८ जनाले ज्यान गुमाएका छन्। त्यस्तै, पहिरोमा २० जना, चट्याङमा तीन जना र बाढीमा चार जनाको मृत्यु भएको प्रदेश सरकारले जनाएको छ। यस अवधिमा बाढीका चार, चट्याङका सात, पहिरोका १० तथा अत्यधिक वर्षाका…

Read More

काठमाडौं,५ भदौ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा अनुसन्धानमूलक निकायमा धमाधम नेतृत्व नियुक्त गरेकी छन्। मन्त्री मेहताले नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, आयुर्वेद चिकित्सा परिषद् र नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा नयाँ पदाधिकारी नियुक्त गरेकी हुन्। नवनियुक्त पदाधिकारीहरुले मन्त्री मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गरिएको छ। यसैगरी, आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल र नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्ति दिइएको छ। स्वास्थ्य क्षेत्रका नियमन, अनुसन्धान, चिकित्सा शिक्षा तथा…

Read More

बुटवल,४ भदौ। रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ गोलपार्कबाट जुवा खेलिरहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। बिहीबार जुवा-तास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले १ लाख ३२ हजार बढी रुपैयाँ र ८ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार, पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–५ का ३४ वर्षीय आकाश गुरुङ, गुल्मी दरबार गाउँपालिका–४ का ३८ वर्षीय वीरबहादुर कार्की, गुल्मी रेसुङ्गा नगरपालिका–८ का ४४ वर्षीय राज श्रेष्ठ, रुपन्देही बुटवल उपमहानगरपालिका–३ का ५६ वर्षीय देव शाही, बुटवल–८ का ५३ वर्षीय पदम कुँवर, बुटवल–८ कै ७२ वर्षीय गणेशबहादुर कार्की, गुल्मी चन्द्रकोट गाउँपालिका–८ का ३५ वर्षीय…

Read More

काठमाडौं,४ भदौ। नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका एसएसपी लालबाबु गिरीलाई दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरु वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले गिरीलाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवानाको सजाए सुनाएको हो। गिरीले भारतको बिहारबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भन्दै शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। उनले पेस गरेको प्रमाणपत्रमा रहेको रोल नम्बर ७१८ को क्रमसंख्या नभेटिएको भन्दै बिहार स्कुल अफ इक्जामिनेसन बोर्ड, पटनाले पत्र पठाएपछि विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी गिरीले २०५२ सालमा नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (सई) पदबाट सेवा प्रवेश गरेका थिए। उनी पछिल्लो…

Read More

उदयपुर, ४ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालय घुससहित एक जना वन अधिकृतलाई पक्राउ गरेको छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले अख्तियारले डिभिजन वन कार्यालय गाईघाटका अधिकृत भुवन पौडेल घुसरकम सहित पक्राउ गरेको जानकारी दिए। सामुदायिक वन उपभोक्ता समूहसँग सहज रुपमा काम गराइदिने भन्दै अधिकृत पौडेलले १६ हजार २५० रुपैँया घुस लिदैं गरेको अवस्थामा अख्तियारले पक्राउ गरेको बताइएको छ।

Read More