Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १३ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टीको १५ औं महाधिवेशनका लागि रुपन्देही क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गरेका छन् । कांग्रेसलाई थप सुदृढ, सबलका साथै एकताबद्ध बनाउँदै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको उनले जनाएका छन् । पूर्व गृहमन्त्रीसमेत रहेका उनले जारी गरेको अपीलमा भनिएको छ ‘नेपाली काँग्रेसलाई सुदृढ, सबल साथै एकताबद्ध बनाउँदै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाली काँग्रेसको १५ औं महाधिवेशनका लागि रुपन्देही क्षेत्र नं. ३ मा महाधिवेशन प्रतिनिधि (खुला) पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु।’

Read More

भैरहवा, १३ असोज। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ (क) को सभापतिमा महेन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन्। कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा प्रतिष्पर्धी लेखनाथ भट्टराईलाई १३३ मतले पराजित गर्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। श्रेष्ठले २७७ र भट्टराईले १४४ मत प्राप्त गरेका थिए। समितिको अनुसार, श्रेष्ठको प्यानल नै निर्वाचित भएको छ। उपसभापतिमा श्रेष्ठ प्यानलबाट सुनिलराज विष्टले २७२ मत ल्याएर निर्वाचित हुँदा प्रतिष्पर्धी याम बहादुर थापा (माइला) ले १४३ मत प्राप्त गरेका छन्। त्यस्तै सचिवमा हुमलाल पौडेल २५३ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी दीपक श्रेष्ठले १६२ मत प्राप्त गरे । निर्वाचन समितिका अनुसार, सह–सचिव (महिला)…

Read More

काठमाडौं,१२ असोज। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण नियन्त्रण गर्न सरकारले विद्यमान कानुन संशोधनको प्रक्रिया अघि बढाएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्दै आक्रमणकारीलाई कडा सजाय हुने गरी कानूनी दायरा फराकिलो बनाइने बताएकी हुन्। प्रस्तावित संशोधनअनुसार यसअघि कैद वा जरिवानामध्ये कुनै एक सजाय हुने व्यवस्थालाई परिवर्तन गरी अब कैद र जरिवाना दुवै सजाय हुने गरी कानुनी प्रावधान ल्याउन लागिएको छ। त्यस्तै, स्वास्थ्य संस्थामा कार्यरत प्रशिक्षार्थी तथा अध्ययनरत कर्मचारीलाई समेत कानुनी सुरक्षाको दायरामा ल्याउने व्यवस्था प्रस्ताव गरिएको मन्त्री मेहताले…

Read More

काठमाडौं,१२ असोज। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बाढीपहिरोका कारण राष्ट्रिय विद्युत प्रणालीमा करिब १ हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको बताएका छन्। सोमबार सिंहदरबारस्थित संसद्मा बोल्दै मन्त्री श्रेष्ठले बाढीपहिरोबाट विद्युत् उत्पादनसँगै प्रसारण,वितरण तथा उत्पादन संरचनामा समेत क्षति पुगेको जानकारी दिए। प्राकृतिक विपद्का कारण विद्युत् प्रणालीमा ठूलो असर परेको उनको भनाइ छ। उनका अनुसारm कालीगण्डकी करिडोर प्रसारण लाइन अवरुद्ध हुँदा १३ वटा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ३७० मेगावाट विद्युत् प्रभावित भएको छ। उनले विद्युत उत्पादनसंगै प्रसारण पूर्वाधार नहुँदा विद्युत प्रवाह गर्न समस्या देखिएको उल्लेख गरे। मन्त्री श्रेष्ठले हेटौंडा–ढल्केबर प्रसारण लाइन चार्ज भएपछि पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ विद्युत् प्रवाह गर्न…

Read More

काठमाडौं,१२ असोज। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वका समयमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ। सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेसम्म हाल कायम भाडादरमै यात्रुलाई सेवा दिने बताए। उनले चाडपर्वमा अग्रिम टिकट बुकिङसँगै यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनु मुख्य चुनौती रहेको बताए। सडकको अवस्था र ठाउँ–ठाउँमा हुने अवरोधका कारण यातायात सञ्चालनमा कठिनाइ भए पनि सरकारसँगको समन्वयमा सेवा निरन्तरता दिने उनको भनाइ छ। सिटौलाले तोकिएका बसपार्क तथा काउन्टरबाट मात्र टिकट बिक्री गर्ने व्यवस्था मिलाउनुपर्ने, यात्रुवाहक सवारीलाई चाडपर्वमा प्राथमिकता दिनुपर्ने तथा सडकका खाल्डाखुल्टी पुर्न सरकारसँग आग्रह गरे। साथै, सवारी साधनको प्रकार (नर्मल,…

Read More

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका–३ लक्ष्मीपुरमा करिब ३० लाख रुपैयाँ लागतमा निर्माण गरिएको आरसीसी सडक तीन महिना नपुग्दै बिग्रिएको छ। गाउँपालिकाको बजेटमा प्रिमियम कन्स्ट्रक्सन, काठमाडौंले निर्माण गरेको सडकको सतह उप्किएपछि स्थानीयले निर्माणको गुणस्तरमाथि प्रश्न उठाएका छन्। दुई खण्डमा निर्माण गरिएको उक्त सडक गत वैशाखको दोस्रो सातातिर निर्माण भएको हो। सडकको एउटा खण्ड ७५ मिटर र अर्को ९० मिटर लामो छ। ९० मिटरको खण्ड सामान्य अवस्थामा रहे पनि ७५ मिटरको खण्ड भने ठाउँ–ठाउँमा बिग्रिएको स्थानीयले बताएका छन्। बिग्रिएको सडकको माथिल्लो सिमेन्टको सतह उप्किएको छ। सतह उप्किएपछि त्यसमुनिको गिट्टी र मिस्कट देखिएको छ। कतिपय स्थानमा सामान्य रुपमा कोट्याउँदासमेत गिट्टी निस्किने अवस्था रहेको…

Read More

भैरहवा, १२ असोज । नेपाली कांग्रेस रुपन्देहीका युवा नेता विशाल कुमार चौधरीले पार्टीको साधारण सदस्यतासहित आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको राजीनामा पत्रमा पछिल्लो समय उत्पन्न व्यक्तिगत तथा राजनीतिक परिस्थितिका कारण नेपाली कांग्रेसमा रहेर आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिन उपयुक्त नहुने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्। उनले सोही कारण पार्टीको साधारण सदस्यतासहित आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट स्वेच्छाले राजीनामा दिएको जनाएका छन्। राजीनामा पत्रमा उनले नेपाली कांग्रेसमा रहँदा पार्टीले विभिन्न समयमा दिएको जिम्मेवारीलाई आफ्नो क्षमता, इमानदारी र निष्ठाका साथ निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। पार्टी संगठन निर्माण, सामाजिक सेवा तथा जनताको…

Read More

काठमाडौं,८ असोज। नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। साविककै आकारमा रङ परिवर्तन गरी नयाँ विशेषतासहितको ‘सिरिज २०२५’ को नोट प्रचलनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार, नयाँ नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ। नोटको अग्रभागमा सगरमाथाको चित्र तथा लालीगुराँसको पानीछाप राखिएको छ। दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी तल्लो दायाँ भागमा एक हजार अंक जनाउने रोमन अक्षर ‘एम’ राखिएको छ। नोटको पछाडिको भागमा चितवनस्थित सरकारी हात्तीसारका जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’को चित्र राखिएको छ। नयाँ नोटमा के-के छन् विशेषता ? हेर्नुहोस् सूचना :

Read More

काठमाडौं,८ असोज। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय ३६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४२ वर्षीय मोहम्मद चेरा थोडी रहेको प्रहरीले जनाएको छ। विमानस्थलका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालका अनुसार कतारको दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको पार्किङ क्षेत्रबाट सुनसहित पक्राउ गरिएको हो । पक्राउ परेका भारतीय नागरिकको सुरक्षा जाँच गर्दा भित्रिबस्त्रभित्र प्लास्टिकमा र्‍यापिङ गरेको अवस्थामा उक्त सुन बरामद भएको हो। बरामद सुन र व्यक्तिउपर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,८ असोज । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई तारेखमा छोड्न परमादेश जारी गरेको छ। दाहालकी छोरी डेनिका दाहालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। बयान सम्पन्न भइसकेको तथा हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नदेखिएको ठहर गर्दै सर्वोच्चले नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युरो, भोटाहिटीका नाममा दाहाललाई आजकै मितिबाट तारेखमा छोड्न परमादेश जारी गरेको हो। यसअघि मंगलबार सर्वोच्चले पक्राउ गर्नुको कारणसहित दाहाललाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। सोही आदेशअनुसार उनलाई बिहीबार बिहान अदालतमा उपस्थित गराइएको थियो। उच्च राजनीतिक व्यक्तिहरूबारे भ्रामक प्रचार गरेको आरोपमा प्रहरीले…

Read More