Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

चितवन,८ असोज। जिल्ला प्रशासन कार्यालय चितवनले भारी वर्षाका कारण विपद् जोखिमलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडकखण्डमा रात्रिकालीन सवारी आवागमन पूर्ण रुपमा रोक लगाएको छ। जल तथा मौसम विज्ञान विभागले चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने पूर्वानुमानसहित सूचना जारी गरेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार जारी गरेको सूचनाअनुसार आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रुपमा रोक लगाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामार्फत प्रशासनले यात्रु तथा सवारी चालकलाई…

Read More

दाङ,८ असोज। दाङ प्रशासनले जिल्लाका पाँच सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ८ देखि ११ गतेसम्म दाङसहित देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि सडक बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार, असोज ८ गतेदेखि हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सम्बन्धित सडकखण्डमा सवारी आवागमन बन्द हुनेछ। राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, भालुवाङ–चकचके सडकखण्डको भालुवाङदेखि गनाहा खोलासम्म, सहिद मार्गअन्तर्गत घोराही–होलेरी, घोराही–मुर्कुटी तथा तुलसीपुर–सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्मको सडकमा रातिको…

Read More

भैरहवा,८ असोज । रुपन्देही प्रहरीले जेनजी प्रदर्शनको क्रममा काठमाडौंको सुन्धारा कारागारबाट फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, लागुऔषध मुद्दामा कैदमा रहेका दाङको तुल्सीपुर उपमहानगरपालिका-२ का सन्तोष देवकोटा कारगार कार्यालयहरुमा तोडफोड, आगजनी पश्चात सुन्धारा कारागारबाट फरार भएका थिए । फरार देवकोटालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-१ स्थितबाट नियन्त्रणमा लिएर कारागार कार्यालय रुपन्देहीमा पठाएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Read More

नवलपरासी,८ असोज । पश्चिम नवलपरासीका व्यावसायिक केराखेतीमा ‘ब्ल्याक सिगाटोका’ रोगको समस्या बढेपछि किसान चिन्तित बनेका छन्। जिल्लाको सुस्ता र प्रतापपुर क्षेत्रमा व्यावसायिक रुपमा लगाइएको केराखेतीमा पछिल्लो समय यो रोग व्यापक रुपमा देखिएको हो। केही समयअघिसम्म राम्रो मूल्य पाएपछि केराखेती विस्तारमा उत्साहित भएका किसान अहिले रोगका कारण उत्पादन र बजार दुवैतर्फको समस्यामा परेका छन्। किसानका अनुसार, करिब दुई महिनाअघिसम्म एक दर्जन केराको मूल्य ८० रुपैयाँसम्म पाउने गरेका थिए। अहिले रोग नलागेको राम्रो केराको मूल्यसमेत घटेर करिब ४० रुपैयाँ प्रतिदर्जनमा सीमित भएको छ। केरा किसान तथा केरा जोन सञ्चालक समिति संयोजक युवराज मौर्याका अनुसार, अधिकांश केराका बगैँचामा ब्ल्याक सिगाटोका देखिएको छ। केही…

Read More

काठमाडौं,६ असोज। सरकारले विपद् प्रभावितको राहत तथा उद्धारका लागि सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १५ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा गरी ११ अर्ब २७ करोड २ लाख ६० हजार ६८५ मौज्दात रहेको छ। यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ४८ लाख ४ हजार ७०२ अमेरिकी डलर मौज्दात रहेको छ। सबै खातामा गरी कुल रकम १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १६७ रुपैयाँ पुगेको छ। सरकारले यस कोषमा जम्मा भएको रकममध्ये यसअघि…

Read More

काठमाडौं,६ असोज। सशस्त्र प्रहरी बल, नेपालको प्रहरी निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक भएको छ। २०८२ पुस ४ गते प्रकाशित विज्ञापन अनुसार, खुला प्रतियोगिताबाट पदपूर्ति गर्न सञ्चालन गरेको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको हो । आईक्यू परीक्षा, लिखित परीक्षा, गुणमापक परीक्षा, शैक्षिक योग्यताबापतको अङ्क र अन्तर्वार्ता परीक्षामा प्राप्त अङ्कको कुल योगका आधारमा योग्यताक्रम निर्धारण गरी उम्मेदवारहरु उत्तीर्ण भएको सशस्त्र प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,६ असोज। निर्वाचन आयोगले आगामी निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै नामावलीलाई अन्तिम रुप दिने प्रक्रिया अघि बढाएको छ। आयोगले नामावलीमा रहेका त्रुटि सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दाबी–विरोध दर्ता गर्न असोज १२ गतेसम्मको समय दिएको छ। गत भदौ १५ गतेसम्म नाम दर्ता गराएका मतदाताको विवरण प्रारम्भिक नामावलीमा समावेश गरिएको छ। नाम, थर वा जन्ममितिमा त्रुटि भए आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिएर सच्याउन सकिने व्यवस्था गरिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए। त्यस्तै, मतदाता हुन अयोग्य व्यक्ति, नागरिकता त्याग गरिसकेका व्यक्ति वा अन्य कारणले नाम हटाउनुपर्ने अवस्था भए उजुरी तथा निवेदन दिन सकिने आयोगले जनाएको छ।…

Read More

काठमाडौं,६ असोज। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह आज साँझ ७ बजे अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार, प्रधानमन्त्री शाहको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनी असोज १० गते स्वदेश फर्किने कार्यतालिका रहेको बताइएको छ।

Read More

भैरहवा,६ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख एंव प्रहरी निरीक्षक प्रतिमा कार्कीलाई भदौ महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरिएको छ। लुम्बिनी प्रदेशभरमा रुपन्देहीमा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रहरी निरीक्षक कार्कीलाई ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देहीले जनाएको छ। रुपन्देही जिल्लामा भएका सवारी दुर्घटनाको तथ्याङ्क विश्लेषण गरी ७ वटा उच्च दुर्घटना जोखिम क्षेत्र पहिचान गर्दै सातैवटा दुर्घटना जोखिम क्षेत्रमा दुर्घटना जोखिम क्षेत्रसम्बन्धी चेतावनी संकेत बोर्ड जडान गरिएको छ। यसले जोखिमयुक्त सडक क्षेत्रमा चालक तथा पैदलयात्रीलाई आवश्यक पूर्वसूचना…

Read More

मर्चवार, ६ असोज। ‘तपाईंजस्तो बन्न कति पढ्नुपर्छ ?’ कक्षा ६ मा अध्ययनरत एक विद्यार्थीले गरेको यो प्रश्नले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवलाई केहीबेर सोच्न बाध्य बनायो। सामाजिक विषयअन्तर्गत स्थानीय सरकारसम्बन्धी पाठको अध्ययनपछि स्थानीय तहको कार्यालय अवलोकनका लागि गाउँपालिका पुगेका प्रज्ञा गुरुकुल आश्रमका विद्यार्थीले यादवलाई उक्त प्रश्न गरेका थिए। विद्यार्थीको जिज्ञासाको जवाफ दिँदै यादवले आफ्नो अध्ययन तथा संघर्षका अनुभव सुनाए। उनले सानै उमेरदेखि अध्ययनमा ध्यान केन्द्रित गर्दै कडा मेहनत र निरन्तर प्रयास गरे लक्ष्य हासिल गर्न सकिने भन्दै विद्यार्थीलाई मेहनतका साथ अध्ययन गर्न सुझाव दिए। यादवले विद्यार्थीहरुलाई आफूलाई लागेका विषयमा खुलेर प्रश्न गर्न आग्रह गरेपछि विद्यार्थीहरुले गाउँपालिकामा भइरहेका…

Read More