


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १४ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदमा विरोध जारी राख्ने निर्णय गरेको छ। बुधबार भैरहवामा बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेतिथि मौलाएको निष्कर्ष निकाल्दै संसदीय छानबिन समिति गठन नभएसम्म संसदमा विरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। बैठकले संसदमा जारी आन्दोलनलाई फराकिलो बनाउँदै सडकबाट समेत आन्दोलन गर्ने निर्णय गरेको उनले बताए। यस्तै बैठकले भूमि, निजामती, शिक्षा लगायतका विधेयकमाथि संसद्को क्षेत्राधिकारलाई तोडेर आक्रमण भएको भन्दै संसदमा सशक्त भएर आवाज उठाउन समेत सांसदहरुलाई निर्देशन दिइएको परियारले बताए। बैठकले लुम्बिनी प्रदेशका जनताले भोग्नुपरेका समस्या, लुम्बिनीको…
भैरहवा, १४ साउन। रुपन्देही प्रहरीेले भारतबाट अवैध रुपमा भित्राइएको मूर्तिहरु बरामद गरेको छ। प्रहरी चौकी मेउडिहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.११ भुजौलीस्थित वेवारिसे अवस्थामा मूर्तिहरु बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कृष्ण भगवान ३३६ वटा र बिष्णु भगवानको ५१ वटा गरी कुल ३८७ वटा मुर्तिहरु बरामद भएको हो। १ लाख ४ हजार बढी बजार मूल्य रहेको उक्त मूर्ति भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
काठमाडौं,१४ साउन। काठमाडौं प्रहरीले नागरिकको सुरक्षार्थ आपतकालिन सहायताका लागि प्रयोग हुने नेपाल प्रहरीको ‘१००’ नम्बर बुधवार चार घण्टाका लागि बन्द भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले एक सूचना जारी गर्दै बुधवार बिहान बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ‘१००’ नम्बरको सेवा बन्द रहने जनाएको छ। भद्रकालीमा रहेको नव-निर्मित प्रहरी परिचालन कक्षको मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले उक्त सेवा अवरुद्ध हुने कार्यालयले जनाएको छ । सेवा अवरुद्ध हुने अवधिमा कुनै पनि आकस्मिक घटना, सूचना वा सहयोगका लागि प्रहरीले वैकल्पिक सम्पर्क नम्बरहरु उपलब्ध गराएको छ। काठमाडौं प्रहरीले नागरिक सहायताका लागि कन्ट्रोल कक्षको नम्बर ९८५१२८३०२६, ट्राफिक कन्ट्रोलको नम्वर १०३ वा ९८५१२९५१००, महिला तथा…
काठमाडौं,१४ साउन। जबरजस्ती करणीको आरोपमा नेपाल प्रहरीका एक जना जवान पक्राउ परेका छन्। प पक्राउ पर्नेमा प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत जवान मान बहादुर विक रहेको प्रहरीले जनाएको छ। ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका जवानले हात्तीवनस्थित डेरामा कालिकोटको २६ वर्षीया युवातीलाई जबरजस्ती करणी गरेको आरोप छ। बलात्कारपछि बाजुराका विकले ती युवती आफ्नी पत्नी भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। पीडित युवती र आरोपी दुवै विवाहित हुन्। जबरजस्ती करणी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
सिरहा, १४ साउन । सिरहाको धनगढीमाई नगरपालिका-११ मा वृद्धको हत्या गरिएको छ। घरमा सुतिरहेको बेला ९० वर्षीया वृद्ध को हत्या गरिएको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी एंव सूचना अधिकारी विरेन्द्र कुमार पासवानका अनुसार मृत्युक यादवमाथि धारिलो हतियार प्रहार भएको देखिएको र घटनाको अनुसन्धान भइरहेको छ। घाइते वृद्धलाई उपचारका लागि अस्तालमा पुर्याउँदा चिक्तिसक मृत घोषणा गरेको उनले बताए। हत्या गर्नेलाई कारवाही माग गर्दै नेकपा एमालेले पूर्व-पश्चिम महेन्द्र राजमार्ग बन्द गरेर प्रर्दशन गरेका छन्।
स्याङ्जा, १४ साउन । स्याङ्जा प्रहरीले २०५० सालमा विवाह समारोहमा अपराध गरेर फरार रहेका एक जनालाई प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१७ तल्लोबिरौटाटोलका ४६ वर्षीय बाजिन्द्र बहादुर सोतीमगर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, पक्राउ परेका प्रतिवादीले २०५० साल फागुन मा तत्कालीन स्याङ्जा जिल्लाको रत्नपुर गा.वि.स–२, धुर्कोट (हाल चापाकोट नगरपालिका–२) मा आयोजित विवाह समारोहका स्थानीय ६० वर्षीय हस्ते विकमाथि कुटपिट गरेका थिए। उपचारको क्रममा विकको मृत्यु भएपछि प्रहरीले सोतीमगरविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो। सर्वोच्च अदालतले ०५९ असोज ७ गते घटनामा संग्लन सोतीमगरलाई २ वर्ष कैद सजायको फैसला गरेको थियो। त्यसयता उनी फरार थिए…
भैरहवा,१४ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा बस्ने भएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार बुधवार अपरान्ह १ बजेदेखि ४ बजेसम्म संसदीय दलको बैठक आह्वान गरिएको छ। बैठकको भैरहवाको एक होटलमा बस्ने बताइएको छ। बैठकमा सहभागी हुनका लागि केही सांसद मंगलबार भैरहवा पुगिसकेका छन् भने केही आज आउने बुझिएको छ। मंगलबार भैरहवा पुगेका पार्टी उपसभापतिद्वय डिपी अर्याल, डा.स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहितका सांसदहरुले स्थानीय व्यक्तिहरुसँगको भेटघाटमा चुनावी छलफल गरेका छन्। रास्वपा अहिले संसदीय दलको नेताविहीन छ । सभापति रवि लामिछानेको सांसद पद निलम्बित भएपछि अर्को संसदीय दलको नेता चयन गरिएको छैन भने कसैलाई…
लुम्बिनी, १३ साउन। दीगो विकासका लागि बौद्ध शिक्षा र कुटनीति विषयक लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय गोष्ठी १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र साउथ एसिया फाउण्डेशन, भारतीय राजदूतावासको सहकार्यमा भएको गोष्ठीमा नेपाल र भारतका कुटनीतिज्ञ, विश्वविद्यालयका पदाधिकारी तथा बौद्ध विद्वानहरुको सहभागीता थियो । गोष्ठीले बौद्ध दर्शनमा आधारित रही विश्वव्यापी शान्ति कुटनीति विस्तारमा जोड दिएको छ । लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रुपमा विकास गर्ने घोषणा गोष्ठीमार्फत गरिएको छ । विश्वका संघर्षग्रस्त संवेदनशील क्षेत्रहरूमा संवाद र समस्या समाधानका लागि बौद्ध वातावरणीय कूटनीतिक केन्द्रहरु स्थापना गर्नुपर्ने गोष्ठीबाट निष्कर्ष निकालिएको छ । प्रकृतिप्रति करुणा र अन्तरनिर्भरता सम्बन्धी बुद्धका…
बैतडी,१३ साउन। बैतडीको सिगास गाउँपालिका-४ स्थित आधारभूत स्वास्थ्य केन्द्र कन्धारमा कार्यरत अनमी (सहायक नर्स मिडवाइफ) जानकी पूजाराले श्वाँस फेर्न नसकेको नवजात शिशुको ज्यान बचाएकी छन्। गत साउन ८ गते रातिको समयमा स्थानीय लक्ष्मी धामीले शिशुलाई जन्म दिएकी थिइन् । तर, जन्मिएको शिशुले श्वाँस फेर्न नसकेपछि स्वास्थ्य उपकरणहरुको अभावका कारण तत्काले उनले आफैंले मुखमार्फत कृत्रिम श्वाँस दिँदै शिशुको ज्यान बचाएकी हुन्। ‘राति ९ बजेर ३३ मिनेटदेखि बिहान ४ बजेसम्म लगातार मुखबाट श्वाँस दिएपछि शिशुको ज्यान जोगिएको’, उनले भनिन्, ‘त्यो बेलामा स्वास्थ्य केन्द्रमा एउटै एम्बु बेग थियो, त्यो पनि साइज नमिलेको। त्यसैले बाध्य भएर मुखै प्रयोग गरें।’ उनका अनुसार नवजात शिशुलाई जोगाउन…
कैलाली,१३ साउन। सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडीहरु एकआपसमा ठोक्किएका छन्। मंगलबार कैलालीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार गाडीहरु चिसापानी नजिकैको सडक खण्डमा एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले बताए। दुर्घटनाले सामान्य क्षतिबाहेक मानवीय चोटपटक नलागेको प्रहरीले जनाएको छ।