Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

विराटनगर, २०साउन। मोरङमा धानखेतमा दुई जना शव भेटिएको छ। दुवै जनाको छुट्टाछुट्टै स्थानमा शव भेटिएको हो । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू र बेलबारी नगरपालिका–७ का ४१ वर्षीय डमरु ऋषिदेव छुट्टाछुट्टै स्थानमा मृत फेला परेका हुन्। घरको आँगनसँगै जोडिएको खेतमा घोप्टो परेको अवस्थामा लिम्बुको शव फेला परेको हो भने धानखेतमा युरिया मल छर्नका लागि घरबाट हिँडेका ऋषिदेवको शव आफ्नै धानखेतमा फेला परेको प्रहरीले जनाएको छ। दुवै शवको पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Read More

भैरहवा, २० साउन । रुपन्देही प्रहरीले बुटवलबाट ठूलो परिमाणमा कपडा र जुत्ता बरामद गरेको छ। वडा प्रहरी कार्यालय बुटवलको टोलीले बुटवलको रामनगरस्थित पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ४५११ नम्बरको कन्टेनर चेकजाँच गर्दा बिल बिजक नभएको ठूलो परिमाणमा कपडा र जुत्ता बरामद गरेको प्रहरीले जनाएको छ। रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार नियन्त्रण्मा लिइएको कन्टेनरबाट जेन्स जुत्ता ३ सय ५८ जोर, लेडिज सुट ७ सय ५१ पिस, लेडिज टप्स २ हजार १ सय ७५ पिस बरामद भएको छ। साथै, कन्टेनरका चालक रसुवाको कालिका गाउँपालिका–२ का २६ दावा बुलुन र सोही स्थानका सहचालक १६ वर्षीय राज तामाङलाई पक्राउ गरिएको उनले…

Read More

काठमाडौं,१९साउन। उच्च अदालत पाटनले बैंकिङ कसूरसहितको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश गरेपछि उनी राति रिहा भएका छन्। तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि फरार रहेका उनी पक्राउ परेका थिए। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईँलाई २८ लाख धरौटीमा छाड्न आदेश गरेपछि उनी धरौटी बुझाएर रिहा भएका हुन्। ‘घटना विवरण कागज गर्ने व्यक्तिहरुले गरेको कागज, सह(प्रतिवादीहरुले अनुसन्धानमा गरेको बयान, छानबिन समितिको प्रतिवेदन बेहोरा समेतलाई मध्यनजर गरी मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी दुर्गा प्रसाद प्रसाई निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था नदेखिँदा साथै निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेश गरेको प्रमाणबाट देखिन आएबाट…

Read More

काठमाडौं,१९साउन। दक्षिण कोरियाको ईपीएस भाषा परीक्षा साउन २६ गतेदेखि खुल्ने भएको छ। कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया)ले वेबसाइटमार्फत परिक्षाको विषयमा जनाएको हो। एचआरडीका अनुसार साउन २६ देखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ। कुन–कुन क्षेत्रका लागि परीक्षा हुने र कति संख्यामा लैजाने भन्ने विषय भने खुलाइएको छैन। दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि, पानीजहाज निर्माण लगायत क्षेत्रमा श्रमिक लैजाँदै आएको छ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसअन्तर्गत सन् २००८बाट कामदार लैजाने क्रम जारी छ।

Read More

काठमाडौं, १९साउन। सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सोमबार कार्यालयले सूचना जारी गरी विभिन्न निकायहरुको सिफारिसमा १९ निर्माण व्यवसायी र आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो । समयमै काम पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ। एकदेखि दुई वर्षको लागि कालोसूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाइने सूचनामा उल्लेख छ। हेर्नुहोस् सूचीः

Read More

काठमाडौं, १९ साउन। नेपाल प्रहरी ऐन २०१२ संशोधन गरिएको छ। नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार प्रहरी ऐन २०१२ को दफा १५ को (ट) लाई संशोधन गरिएको हो। उक्त दफा १५ को खण्ड (ट) मा सर्वसाधारण जनतासँग शिष्ट व्यवहार गर्ने र ‘स्वास्नी मानिस’ र केटाकेटीहरुसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिब नम्रता साथ व्यवहार गर्ने’ उल्लेख रहेको स्थानमा ‘सेवाग्राही लगायत सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्ने’ बनाइएको छ। त्यस्तै ऐनको दफा ३६ को उपदफा (१) को खण्ड (ख) मा रहेको ‘क्षेत्रीय’ भन्ने शब्दको सट्टा ‘प्रदेश’ भन्ने शब्द राखिएको छ । खण्ड (ख) मा ‘जिल्ला प्रहरी विशेष अदालत, क्षेत्रीय प्रहरी विशेष अदालत…

Read More

परासी, १९ साउन। नवलपरासीमा ३ सय ५० जना भूमिहीनलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) उपलब्ध गराइएको छ। भूमि समस्या समाधान आयोग जिल्ला समिति नवलपरासीले ६ महिनाको अवधिमा उक्त पूर्जा उपलब्ध गराएको हो। आयोगको जिल्ला समिति नवलपरासीका अध्यक्ष लालबहादुर गुरुङका अनुसार सुनवल नगरपालिका वडा नम्बर १, ४, ५ र १० का २१५ जना अव्यवस्थित बसोबासी र बर्दघाट नगरपालिका वडा नम्बर ५ का १३५ जना भूमिहीन दलित र सुकुम्वासीलाई पूर्जा उपलब्ध गराइएको छ। उनले पूर्जा प्राप्तीका लागि जिल्लामा कुल २७ हजार २ सय जनाले निवेदन दिएका छन्। उनले ०८२ भित्र करिब ५ हजार पूर्जा वितरण गर्ने लक्ष्यका साथ कार्य अघि बढाइएको बताए।

Read More

भैरहवा, १८ साउन। भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी अभियोगमा पक्राउ परेका संचालन समितिका सदस्य रामहरी सिलवाललाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्ने आदेश गरेको छ। आइतबार जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पर्पूक्षको बहस पछि सिलवाललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले जानकारी दिए। धरौटीमा रिहा भएका सिलवाल चितवनको नेकपा एमालेको राजनीतिमा सक्रिय छन् भने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का उपाध्यक्ष समेत हुन्। यस अघि शुक्रवार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले सहकारीका अध्यक्ष अशोक केसीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको…

Read More

तनहुँ,१८ साउन। मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत ऐना पहरामा यात्रुवाहक बस दुर्घटनामा भएको छ । गोरखाबाट चितवन जाँदै गरेको ग २ ख १०७७ नम्बरको यात्रुबाहक बस तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा दुर्घटना हुँदा पाँचजना घाइते भएको वडाअध्यक्ष दिनेश केसीले जानकारी दिए । बस सडकबाट १५ मिटर तल खसेको छ। उनका अनुसार गोरखाको सहिदलखन गाउँपालिका-६ की ४० वर्षीया सोनु थापा, ४३ वर्षीया सीता थापा, २८ वर्षीया मीना थापा मगर, गोरखा नगरपालिका-९ का ५४ वर्षीय सनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरका ८ वर्षीय खुशी राम रामदाम घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी सोनुलाई उपचारका लागि भरतपुर पठाइएको छ।

Read More

पर्सा,१८ साउन। प्रहरीले श्रीमतीको हत्याको आरोपमा श्रीमनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहरका जितन माझी रहेका छन्। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, शनिवार साँझ वादविवादको क्रममा श्रीमान माझीले कुटपिट गर्दा श्रीमती अस्पतलिया देवीको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले श्रीमान माझीलाई नियन्त्रणमा राखेर घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाएको जनाएको छ।

Read More