Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,२९जेठ। नेपालमा गत जेठ १५ गते भित्रिएको मनसुन प्रणाली पूर्वी भागबाट क्रमशः लुम्बिनी प्रदेशसम्म आईपुगेको छ। पूर्वी भागबाट पश्चिम भागमा सर्दै आउँदा बिहीबार लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुन प्रणाली प्रवेश गरिसकेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‘यो वर्षको मनसुन प्रणाली आज २९ जेठका दिन कोशी प्रदेशको बाँकी भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा प्रवेश गरेको छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘बाँकी भूभागहरुमा मनसुन भित्रिन अझै केही दिन लाग्ने सम्भावना रहेको छ।’ हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही…

Read More

भैरहवा,२९जेठ। शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विदेशी पर्यटकमध्ये सबैभन्दा बढी श्रीलंका र थाइल्याण्डका पर्यटकले भ्रमण गरेका छन्। अन्य देशका पर्यटकका तुलनामा बौद्ध धर्मप्रति आस्थावान यी दुबै देशबाट प्रत्येक वर्ष लुम्बिनी आउने पर्यटकको संख्या निरन्तर उकालो लाग्दै गएको छ। चालु वर्षको जनवरी देखी मे सम्म ५ महिनामा १२ हजार ८ सय ४१ जना श्रीलंकन र सोही अवधिमा १२ हजार ६८ थाइ पर्यटक लुम्बिनी आएका छन्। यी दुबै देशका नागरिकहरु प्राय स्थलमार्गको बेलहिया (भैरहवा)नाका हुँदै लुम्बिनी भ्रमणमा आउने गरेका छन्। गत वर्ष सन् २०२४ मा २३ हजार ५ सय ६९ श्रीलंकन लुम्बिनी आएका थिए। सोही वर्ष थाइल्याण्डबाट २१ हजार ४ सय १६…

Read More

नवलपुर,२९जेठ। नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबासस्थित विनयी खोलाको पुल भाँचिएपछि महिनौं देखि यात्रुहरुले समस्या झेल्नु परेको छ । भारतसमेतबाट मालवाहक लगायतका सवारीसाधनहरु अधिक भारसहित गुड्दा गत पुस महिनामा पुल भाँचिएको थियो। पुल भाँचिएपछि वैकल्पिक रुपमा विनयी खोलामा डाइभर्सन बनाइएको थियो। तर, बनाइएको उक्त डाइभर्सन सामान्य वर्षाभएसँगै बगाउने गरेको छ। जसकारण पूर्वपश्चिम राजमार्ग पटक-पटक अवरुद्ध हुने गर्दछ। भारतबाट रुपन्देहीको बेलहिया नाकाहुँदै भित्रिने मालवाहक सवारीसाधन अझै पनि भन्सार विन्दुमा भार क्षमता मिलान नगरी जरिवाना कारवाही गरेर मुलुकको विभिन्न स्थानमा पठाउने गरिएको छ। अधिक भार क्षमताका कारण मुलुकको विभिन्न राजमार्गमा रहेको पुलहरु कमजोर हुने र जिर्ण भत्किने सम्भावना छ। तर, पनि ओभरलोड सवारी…

Read More

भैरहवा,२८ जेठ। भैरहवामा मापदण्ड विपरित संचालनमा रहेका आठ वटा क्लिनिक र दुई वटा ल्याब बन्द गरिएको छ। बुधवार जिल्ला बजार अनुगमन समिति रुपन्देहीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७, १२ र १३ मा रहेका १० वटा स्वास्थ्य संस्था बन्द गरेको हो । समितिका संयोजक एंव सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाका अनुसार मापदण्ड विपरित संचालनमा रहेका शिवम् क्लिनिक प्रालि, महादेजस फार्मेसीमा संचालित क्लिनिक, होमटाउन फार्मेसीमा संचालित क्लिनिक, श्रीनगर अप्टिकल सेन्टरमा संचालित क्लिनिक, नेपाल चश्मा पसल, जिविका मेडिकल प्रालिमा संचालित क्लिनिक, श्रद्धा क्लिनिक र रोशिष प्याथोलोजी एण्ड क्लिनिक, लुम्बिनी प्याथेलोजी र न्यु ओम प्याथोलोजी ल्याब बन्द गरिएको छ । स्वास्थ्य संस्था संचालनका…

Read More

काठमाडौं,२८जेठ। नेपाल प्रहरीको ‘डीएसपी हुँ’ भन्दै ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै उनीहरुले ६ लाख रुपैयाँ ठगी गरेको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए । पक्राउ परेकाहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

भैरहवा,२७जेठ। रुपन्देही प्रहरीले कृत्रिम यौनाङ्ग (सेक्स टोय) सहित ट्रक नियन्त्रणमा लिएको छ । मंगलबार ओमसतिया गाउँपालिका-४ बाईपासस्थित चेकजाँच गर्ने क्रममा यूके १८ सिए २५७५ नम्बरको ट्रकमा माथिल्लो भागमा लुकाएर राखिएको २४ लाख ४५ हजार मूल्य बराबरको सेक्स टोय बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले बताए। उनका अनुसार ट्रकमा बिलबिजक बिना राजस्व छलेर भारत लैजाने क्रममा एक हजार तीन सय ६९ थान सेक्स टोय बरामद गरिएको हो । बिलबिजक नभएको सामग्री लुकाएर भारत लैजान थालेका ट्रकका चालक भारत उत्तर प्रदेशको बिजनौर जिल्लाका ४५ वर्षीय नसिब अहमद र भारतकै कन्नौज जिल्लाका २६ वर्षीय देवेन्द्रर कुमार सिंहलाई पक्राउ गरिएको उनले…

Read More

काठमाडौं,२७जेठ। काठमाडौंको टोखामा गोली हानेर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको छ। नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार टोखाबाट दुईजना र सुन्धाराबाट दुईजनालाई नियन्त्रणमा लिइएको हो। सुन्धाराबाट नियन्त्रणमा लिइएका भारतका १८ वर्षीय सुमीतकुमार र २५ वर्षीय चन्दनकुमारबाट प्राप्त सूचनाको आधारमा टोखामा दुई जनालाई नियन्त्रणमा लिनका लागि गोली चलाउनु परेको प्रहरीको भनाई छ। टोखामा पक्राउ परेका भारत पश्चिम बंगाल घर भएका ४० वर्षीय सशीक आलम र सोही ठाउँका १८ वर्षीय मोहमद मञ्जियारलाई घुँडामुनि गोली लागेको छ । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको र खतरामुक्त रहेको प्रहरीले जनाएको छ। पाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी कृष्ण कोइरालाले पक्राउ परेकाहरुको साथबाट २…

Read More

काठमाडौं,२७जेठ। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ। मंगलबार सिंहदरबारमा बसेको बैठकले सर्वसम्मत रुपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो। सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोस्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो। समिति सभापति रामहरि खतिवडाले नेपाली नागरिकलाई नागरिकताविहीन हुने अवस्था अन्त्यका लागि सरकारले ल्याएको उक्त विधेयक सर्वसम्मत रुपले पारित भएको जानकारी दिए। त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार गठन भएको ११ महिनामा नीतिगत, कानुनी र संरचनात्मक सुधार गर्ने क्रममा रहेको र त्यसमा नागरिकतासम्बन्धी विषय महत्त्वपूर्ण रहेको बताए। गैर आवासीय नेपालीले…

Read More

भैरहवा,२७जेठ। रुपन्देहीको ओमसतिया गाउँपालिकाको वडा नम्बर २ को कार्यालयले वडावासीहरुलाई विद्युतीय चुल्हो उपलब्ध गराएको छ। ऊर्जा क्षेत्रबाट कार्बन उत्सर्जन न्यूनीकरणका साथै स्वच्छ ऊर्जाको प्रयोगबाट वातावरण संरक्षणमा टेवा पुर्याउने समेतको उद्देश्यसहित वडावासीहरुको माग अनुसार विद्युतीय चुल्हो उपलब्ध गराइएको ओमसतिया गाउँपालिका-२ का वडाअध्यक्ष सितल जिटीले बताए। उनका अनुसार ६० प्रतिशत अनुदानमा वडाका एक सय एक जनाको परिवारलाई विद्युतीय चुल्हो उपलब्ध गराइएको हो। ‘वडा कार्यालयले वडामा पूर्वाधार लगायतको विकाससँगै हामी स्थानीयहरुको माग अनुसार विद्युतीय चुल्हो समेत उपलब्ध गराएकोमा खुशी छौं’,स्थानीय बालकिसुन साहनीले भने, ‘अरु पालिकामा जस्तै कमसल, कामचलाउ कम्पनीको सामग्री होला भन्ने लागेको थियो तर पाएपछि थाहा भयो ब्राण्डेड कम्पनीको चुल्हो रहेछ।’ उनले…

Read More

पाल्पा,२६जेठ। पाल्पा प्रहरीले जघन्य अपराधमा जोडिएपछि फरार भएका एक जनालाई पक्राउ गरेको छ । २०६८ साल मंसिर ११ गते पाल्पा माथागढी-१ का १८ वर्षिय नरविर नेपालीको ५७ वर्षीय सन्तबहादुर सार्कीले हत्या गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी एवं सूचना अधिकारी सुनिल मल्लका अनुसार भारतमा बस्दै आएका सार्की नेपाल आउन लागेको सूचना प्राप्त भएपछि रुपन्देहीको बेलहिया सीमानाकाबाट उनलाई पक्राउ गरिएको हो। मृतक नेपाली र अभियुक्त सार्की छिमेकी हुन्। जिल्ला अदालत पाल्पाबाट ६ दिनको म्याद थप घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Read More