Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, १७ भदौ। अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ। अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा सुधार गरेको बताए। उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताए। उपप्रधानमन्त्री समेत रहेका पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रिय…

Read More

भैरहवा,१७ भदौ। रुपन्देहीका सबै स्थानीय तहहरुमा मंगलबार शोक बिदा दिइएको छ। गत शनिबार बिहान लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख स्व. सजरुद्दीन मुसलमानको निधन भएपछि शोक बिदा दिइएको जिल्ला समन्वय समिति रुपन्देहीले जनाएको छ । समितिले सोमबार एक सूचना जारी गर्दै शोक बिदाका दिन राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय भएको जनाएको छ।जसअनुसार, आज जिल्लाका पालिकाहरुमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। साथै, मंगलबारका दिन जिल्लाका सबै स्थानीय तहअन्तर्गत सम्पूर्ण सरकारी कार्यालयहरुलाई शोक मनाउन र बन्द गर्न/गराउन जिससले अनुरोध गरेको छ ।

Read More

काठमाडौं,१७भदौ। रुपन्देहीसँगै मनाङमा पनि उपनिर्वाचन हुने भएको छ । रुपन्देही-३ मा प्रतिनिधिसभा सदस्य दीपक बोहाराको निधन भएपछि र मनाङ-१ (२) मा प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)  ज्यान मुद्दामा दोषी ठहर भएपश्चात रिक्त पदमा निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरेको हो । जसका अनुसार दुवै स्थानमा कार्तिक १७ गते उपनिर्वाचनको मिती तय गरिएको छ । रुपन्देही-३ मा प्रतिनिधिसभा सदस्य पदका लागि र मनाङ-१ (२) मा प्रदेश सभा सदस्य पदका लागि उपनिर्वाचन हुनेछ । जसका लागि आयोगले रुपन्देही-३ का लागि केही समय अघि नै प्रक्रिया अगाडी बढाइसकेको छ भने मंगलबार मनाङ-१ (२) मा उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।…

Read More

काठमाडौं, १७ भदौ । नेपालमा रहेका हिमाल आरोहण गर्नका लागि नयाँ शुल्क कायम गरिएको छ । पर्वतारोहणसम्बन्धी (छैटौँ संशोधन) नियमावली, २०५९ अनुसार सोमबारदेखि सगरमाथासहित अन्य हिमालमा आरोहणमा नयाँ सलामी दस्तुर लागु भएको छ। जस अनुसार सगरमाथा र अन्य हिमालमा याम अनुसार फरक फरक आरोहण शुल्क तोकिएको हो। पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार सरकारले राजस्व बढाउन, हिमाल आरोहणमा बढेको भिड नियन्त्रण गर्न वा प्रदूषण नियन्त्रणका लागि उक्त व्यवस्था नगरेको बताउँदै आरोहणलाई व्यवस्थित बनाउन एक दशकपछि उचाइ अनुसार आरोहण शुल्क वृद्धि भएको हो। उनले सन् २०१५ जनवरी १ देखि कायम भएको हिमाल आरोहण अनुमति शुल्क एक दशकपछि परिवर्तन भएको बताए।बढाइएको शुल्क…

Read More

भैरहवा, १७ भदौ। रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट डा.लेखजंग थापा उम्मेदवार हुने टुंगो लागेलग्त्तै बहुविवाहको विवादमा मुछिएपछि उनले एक श्रीमतीसँग सम्बन्ध विच्छेद भएको कागज सार्वजनिक गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आफूमाथि प्रश्न गर्नेहरुलाई आफ्नो पारिवारिक जीवन न गैरकानुनी भएको न समस्यापूर्ण नै रहेको बताएका छन्। ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एक जना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो’, उनले भनेका छन्, ‘र त्योभन्दा ठुलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो ।’ थापाको दुई…

Read More

अछाम,१६ भदौ। अछामका विभिन्नका स्थानमा ४६ वटा छाउगोठ भत्काइएको छ। महिनावारी भएको बेला त्रिपाल टाँगेर सुतेका अवस्थामा पहिरो खस्दा ढुंगा लागेर महिला र बालिकाको मृत्यु भएपछि जिल्लाका विभिन्न पालिकामा बनाइएको छाउगोठ भत्काइएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल बिनायक नगरपालिका क्षेत्रमा ३२ वटा, बान्निगडी जयगढ गाउँपालिका क्षेत्रमा ८ वटा, तुर्माखाद गाउँपालिका क्षेत्रमा ३ वटा र मंगलसेन नगरपालिका क्षेत्रमा ३ वटा छाउगोठ भत्काइएका हुन्। स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, महिला समूहका प्रतिनिधिहरुको सहभागितामा छाउगोठ भत्काउने कार्य गरेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,१६ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय (साविक) खोटाङका तात्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेशप्रसाद भट्टराईसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्‍याउने बदनियतले कार्य गरेको एवं सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले भट्टराईसहित तत्कालीन जिल्ला शिक्षा अधिकारीद्वय केशवप्रसाद दाहाल र ज्ञानमणि नेपाल, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल शिवराज राईलाई मुद्दामा प्रतिवादी कायम गरेको छ । यस्तै लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापकत्रय राजेन्द्रप्रसाद दाहाल, ऋषिराम पोखरेल र नयनकुमार राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषकुमार पौड्याल, विद्यालयका तत्कालीन लेखापाल सीता कार्की,…

Read More

काठमाडौं,१६ भदौ। नेपालको बजारमा सुनको मूल्य फेरी रेकर्ड कायम गरेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ हजार बढेसँगै हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ पुगेकोमा सोमबार मूल्य बढेर प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं,१६ भदौ। नेपाल राष्ट्र बैंकले दसैं पर्वका लागि अगामी भदौ २९ गतेखदेखि सुकिला नोट उपलब्ध गराउने भएको छ। दसैंका लागि नयाँ नोट उपलब्ध गराउँदै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र उपलब्ध गराउन थालेको छ। दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ। दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइने हो। सुकिला नोट सटही सम्बन्धी सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभागले भदौ २९ गतेबाट बैंकमार्फत सुकिला नोट वितरण गर्ने जानकारी गराएको हो। सूचनामा भनिएको छ, ‘वि.सं.…

Read More

भैरहवा,१५ भदौ।रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.लेखजंग थापा उम्मेदवार हुने भएका छन्। आगामी कात्तिक १७ गते रुपन्देही-३ मा उपनिर्वाच हुँदैछ । पार्टीको प्राइमरी इलेक्सनमा निर्वाचित भएका उनी उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने भएका हुन् । उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल, मधुप्रसाद अर्याल उम्मेदवारको आकंक्षी थिए । उनीहरुमध्ये थापाले रास्वपाको प्राइमरी इलेक्सनबाट आइतबार निर्वाचित भएका हुन् । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो । उम्मेदवार थापा वरिष्ठ न्युरोलोजिस्ट हुन् भने एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी तथा न्युरोलोजीमा एमडी गरेका छन् । हाल उनी नेसनल…

Read More