Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

मस्को । रूसले बुधबार हजारौं टन तेल समुद्रमा चुहिएर  ५० किलोमिटर क्षेत्र प्रदूषित भएपछि सफाइ अभियान विस्तार गरेको छ। यो घटना तेल ट्यांकर जहाजहरू एउटा आँधीमा दुर्घटनाग्रस्त भएपछि भएको थियो। एउटा पुरानो रूसी तेल ट्यांकर टुक्रिएर डुबेको थियो भने अर्को मस्को–एनेक्स्ड क्रिमिया र दक्षिणी रूसको क्रास्नोडार क्षेत्र बीचको आजोभ र कृष्ण सागरलाई जोड्ने जलसन्धिमा रोकिएको थियो। रूसको आपत्कालीन मन्त्रालयले बुधबार अनपा रिसोर्टबाट उत्तरमा टेमरुक बन्दरगाहसम्म ४९ किलोमिटर समुद्र तट सफा गर्ने र कूल ७० किलोमिटर समुद्र तटमा गस्ती गर्ने काम गरिरहेको बताएको छ। दुई ट्यांकरले करिब ९ हजार टन तेल बोकेको र स्याटेलाइट अनुगमनले करिब तीन हजार टन तेल चुहिएको…

Read More

बर्दिया, ४ पुस । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिएको मानव वन्यजन्तु द्वन्द्वको समस्या समाधान र भावी योजना निर्माणबारे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निकुञ्जका पदाधिकारीसँग छलफल गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय क्षेत्रको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले भोग्दै आएका समस्या समाधानको बारेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले र बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार राम लगायत सम्बद्ध पक्षसँग छलफल गरेको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए । लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्वका कारण गत आर्थिक वर्ष २०८०/८१ मा पाँच जनाको मृत्यु र आठजना घाइते भएको प्रदेश वन…

Read More

भैरहवा,४ पुस । रुपन्देहीको ओमसतिया गाउँपालिकाको कार्यालयले सबै सेवा एकै स्थानबाट प्रवाह गर्नका लागि घुम्ती शिविर सुरु गरेको छ । स्थानीयवासीहरुलाई सहजरुपमा वडास्तरबाटै पालिकाका सेवा प्रवाह गर्नका लागि गाउँपालिकाले एकीकृत घुम्ती शिविर सुरु गरेको हो । वडाबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज हुने र समयको बचत हुने भएकाले ओमसतिया वडा नम्बर ६ बाट घुम्ती शिविर सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले बताए। सिहंदरबरको अधिकार गाउँगाउँमा भन्ने नारालाई प्रत्याभूत गर्न घरआँगनबाटै सेवा प्रदान गरिएको उनको भनाइ छ । ‘गाउँपालिकाको कार्यालयमै आएर लिनुपर्ने सेवालाई जनताको घरदैलोमा पुर्याउने उद्देश्य हो, यसले गर्दा सेवाग्राहीलाई एकदिन छुट्याएर गाउँपालिका आउनुपर्ने बाध्यताको अन्त्य हुन्छ’, उनले भने,…

Read More

काठमाडौं, ३ पुस । नेपाल प्रहरीले आर्थिक अपराधको कारण अन्य अपराधका घटनामा बढेको जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकका कार्य र प्रगति सार्वजनिक गर्दै नेपाल प्रहरीले प्रविधिको बढ्दो दुरुपयोगबाट सिर्जित अपराधहरू चुनौतीको रुपमा रहेको र आर्थिक अपराधको कारण अन्य अपराधहरु बढेको तथ्याङ्कले देखाएको जनाएको हो। नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीले विद्यमान स्रोत साधनको उच्चतम प्रयोग गरी त्यस्ता अपराध नियन्त्रणमा प्रहरी क्रियाशिल रहेको बताए। उनले चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा देशभर १९ हजार ४९८ वटा मुद्दा दर्ता भएको र त्यसमध्ये आर्थिक अपराधका मुद्दाहरु धेरै रहेको बताए। यसबाहेक बलात्कारका कसुरका मुद्दाहरुको संख्या पनि धेरै छ । सोही…

Read More

भैरहवा, ३ पुस । भैरहवामा स्ट्रिट फुड फेष्ट (सडक खाना महोत्सव) हुने भएको छ । पर्यटन प्रवद्र्धन र बजार चलायमान गराउनका लागि उद्योग व्यापार संगठन, रुपन्देहीले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा स्ट्रिट फुड फेष्ट (सडक खाना महोत्सव) आयोजना गरेको छ । संगठनले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर पुस १६ गते (डिसेम्बर ३१) अंग्रेजी नयाँ वर्षका दिन भैरहवाको प्रहरी टोल (सानु डिपार्टमेन्टल स्टोर देखि मिलन चोकसम्म) क्षेत्रमा महोत्सव आयोजना गर्न लागेको जनाएको छ । आयोजकका अनुसार सिद्धार्थनगर नगरपालिकाको कार्यालय र युनिक साउण्ड सह-आयोजक रहेको महोत्सवमा तीन र चार तारे होटलका साथै कुल ५० वटा स्टल रहने छन् । जसमा नयाँ…

Read More

भैरहवा, २ पुस । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को उपाधि न्यु होराइजन माविले उचालेको छ । मंगलबार भएको फाइनल खेलमा देबदह बुद्ध माविलाई ५ विकेटले पराजित गर्दै होराइजनले उपाधि उचालेको हो । जितसँगै होराइजने ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको भने उपविजेतामा बनेको देवदह बुद्धले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा जितका लागि पाएको ७१ रनको लक्ष्य न्यु होराइजनले १९ ओभर १ बलमा ५ विकेटको नोक्सानीमा ७६ रन बनाउँदै पुरा गर्दै उपाधि रक्षा गर्यो । उसको…

Read More

भैरहवा, २ पुस । भैरहवा बहुमुखी क्याम्पसमा स्तन क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । विधार्थीहरुमा चेतना फैलाउने उद्देश्यले नेपाल विधार्थी संघको क्याम्पस ईकाइ समितिले क्याम्पसका स्तन क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको हो । ‘विगत भन्दा स्तन क्यान्सरको ग्राफ बढ्दो अवस्थामा छ’, नेपाल विधार्थी संघको भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिका सभापति नवराज अर्यालले भने, ‘क्यान्सरबारे सुरुवाती चरणमै थाहा भए उपचार गर्नमा सहज र यसबाट हुने मृत्युलाई न्यून गर्न सकिने भएकोले हामीले विधार्थीहरुको सहभागितामा कार्यक्रम गरेका हौँ ।’ कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका-१३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ्गले नेपाल विधार्थी संघको क्याम्पस ईकाइले धेरै राम्रो कार्यक्रम गरेको भन्दै आगमी दिनहरुमा यस्ता कार्यक्रमहरुका…

Read More

पोखरा, २ पुस । सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। अदालतका श्रेष्तेदार राजन खनालले सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा लामिछानेलाई थप ४ दिन हिरासतमै राख्न प्रहरीलाई अनुमति दिएको जानकारी दिए। लामिछानेसहित चारजनामाथि अनुसन्धान गर्न अदालतले यसअघि दिएको म्याद सकिएपछि उनीहरुलाई आज पुनः अदालत उपस्थित गराइएको थियो। सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने,छविलाल जोशी,रामबहादुर खनाल र लिला पछाइलाई अदालत उपस्थित गराइएको हो।

Read More

भैरहवा, २ पुस । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो परिवारमाथि मिडिया ट्रायल भएको बताएकी छिन् । पति लामिछानेमाथि प्रहरी अनुसन्धान सकिएर अदालतमा लगिरहेको बेला उनले आफ्नो परिवारमाथि मिडिया ट्रायल भएको बताएकी हुन् । उनीहरुको खातामा कम्तीमा २१ करोड रुपैयाँ कारोबार भएको सार्वजनिक भएपछि पत्नी पौडेलले मिडिया ट्रायल भएको भन्दै आरोप अस्वीकार गरेकी छिन। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेकी छिन्, ‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न।’ उनले…

Read More

काठमाडौं, २ पुस । नेपालबाट राँगा,भैँसीको मासु चीन निर्यातका लागि सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको सांघाई जियान फुड प्रालिबीच मासु निर्यातका लागि सम्झौता भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उक्त सम्झौता नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले नेपालको हिमाली भेगमा पाइने जडिबुटी तथा औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुवस्तुको दुध तथा मासुमा पौष्टिक तथा औषधिजन्य फाइदा पाइने समेत बताए । उनले नेपालमा राँगा,भैँसी पालनको सुनिश्चितता गर्दै युवालाई पनि पशुपालनप्रति आकर्षण गर्नुपर्ने बताए । चीनमा मासु निर्यातको सम्भावना राम्रो रहेकाले…

Read More