Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

संखुवासभा,१२ जेठ। संखुवासभा प्रहरीले दुई जना बालिकालाई बलात्कारको आरोपमा दुई जना युवाहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा संखुवासभाको चिचिला गाउँपालिका-२ का ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका-३ का २८ वर्षीय प्रकाश राई रहेको प्रहरीले जनाएको छ। संखुवासभा प्रहरीका सूचना अधिकारी अभिषेक कुमार श्रेष्ठका अनुसार पक्राउ परेका युवाहरुमाथी गत जेठ ७ गते खाँदबारी बजार घुम्न आएका १६ र १७ वर्षीया बालिकालाई होटलमा लगेर बलात्कार गरेको आरोप छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

कपिलवस्तु,१२जेठ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा दिदी-भाइको मृत्यु भएको छ। घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा २४ वर्षीय शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी एवं सूचना अधिकारी प्रमोहनमणि अधिकारीले बताए। नातामा दुवै जना दिदीभाई हुन् । भान्सामा ग्यास सिलिण्डरमा रेगुलेटर जडान गर्ने क्रममा ग्यास लिक भएको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान अघि बढाइएको छ।

Read More

काठमाडौं,१२ जेठ। नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने निश्कर्ष निकालेको छ। सोमबार बिहान बसेको पदाधिकारी बैठकले प्रकरणमा मुछिएकोले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको पार्टीका प्रवक्ता अग्नि सापकोटाले जनाए। उनले भने, ‘ आजको बैठकले गहृमन्त्रीरमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ भन्ने हाम्रो निश्कर्ष छ।’ उनले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि मन्त्री लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए । प्रवक्ता सापकोटाले भने, ‘जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् ।’

Read More

काठमाडौं,१२ जेठ। नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरण संग्लनता नभएको निश्कर्ष निकालेको छ । सोमबार बिहान बसेको पार्टीको पदाधिकारीको बैठकले सांसद समेत रहेका लेखक उक्त प्रकरणमा संग्लन नभएको निश्कर्ष निकालेको हो। कांग्रेसका प्रवक्त डा.प्रकाशहरण महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं। जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ।’ उनले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको बताए ।डा. शेखर कोइराला लगायतका कांग्रेसका नेताहरुले नै गृहमन्त्रीको राजीनामा माग गरेकोमा बैठकमा आलोचना भएको थियो ।

Read More

काठमाडौं,१२जेठ । नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले एजेण्डा एउटा राखेर समसायिक राजनीतिक घटनाक्रमको छलफलका छुट्टाछुटै बैठक बसेका छन् । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा माओवादीको पदाधिकारी बैठक बसिरहेको छ भने नेपाली कांग्रेस सभापति शेरबहादुरको निवास बुढानीलकण्ठ कांग्रेस पदाधिकारी बैठक जारी छ। गंगानारायण श्रेष्ठनेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताबारे निर्णय, पार्टीले चलाइइरहेको अभियानको समीक्षा र समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बसेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि बैठक बसेको हो । उनले बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताए । भिजिट भिसा प्रकरण गृहमन्त्री…

Read More

भैरहवा,११ जेठ। रुपन्देहीमा बिहीवारदेखि प्रदेशस्तरीय ‘सुपर सिक्स कर्पोरेट कप क्रिकेट टुर्नामेन्ट’ प्रतियोगिता हुने भएको छ। नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर समितिले विभिन्न संस्था र कर्मचारीहरुबीच सु–सम्बन्ध र भातृत्व विकास, क्रिकेट खेलको प्रवद्र्धन लगायत उद्देश्यसहित अगामी जेठ १५ दखि १७ गते तीन दिनसम्म प्रतियोगिताको आयोजना गरेको हो। समितिले आईतबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा संचालन हुने प्रतियोगिता ‘डे’ र ‘नाइट’ दुवै समयमा खेलाइने जनाएको छ। प्रतियोगितामा लुम्बिनी प्रदेशका बैंक, वित्तीय संस्था, बिमा कम्पनी, नेपाल टेलिकम लगायत ३३ वटा टिमको सहभागीता रहने नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष एवं कार्यक्रम संयोजक दिपक गौतमले…

Read More

काठमाडौं,११जेठ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कार्यालयमा छापा मारेर भिजिट भिसासँग सम्बन्धित विषय अनुसन्धान अघि बढाएपछि नेपाली कांग्रेसका नेताहरु दुई कित्तामा देखिएका छन् । एक पक्षले तालुक गृहमन्त्रालयका मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने सुझाएका छन् भने अर्को पक्षले कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिए गलत नजिर बस्ने बताएका छन् । विराटनगरमा आयोजित पत्रकार भेटघाटमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृहमन्त्रीको बचाउ गर्दै कुनै कर्मचारीले गरेको गल्तीलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए । उनले कर्मचारीमाथी आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए। शनिवार विराटनगरबाट नै कांग्रेस नेता डा. शेखर कोइरालाले अध्यागमन…

Read More

काठमाडौं,११जेठ । नेपालको स्थानीय बजारमा आईतबार सुनको मूल्य बढेको छ। शुक्रबार प्रतितोला एक लाख ९० हजार ४ सयमा कारोबार भएको सुन आज १ हजार ४ सयले बढेर प्रतितोला एक लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं,११जेठ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बुढानीलकण्ठ पदाधिकारी बैठक बोलाएका छन्। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन्। उनले भने,‘महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अहिलेसम्म भएका कामहरुको व्रिफिङ गर्नुहुनेछ।’ कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समयावधि तोकेको छ। गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीको सचिवालय पनि मुछिएको भन्दै मन्त्रीको समेत राजीनामा मागिएको छ। यसबारेमा पनि छलफल हुने सक्ने सम्भावना छ।

Read More

भैरहवा,११ जेठ।लुम्बिनी प्रदेश सभाको नवौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२–०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् । बैठकलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि नीति तथा प्राथमिकता तय गर्ने महत्त्वपूर्ण अवसरका रुपमा हेरिएको छ । विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलले आगामी विकास योजनाहरु र बजेट वितरणको मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ। यस अघि हिजो बसेको प्रदेश सभाले नीति तथा कार्यक्रम पारित गरेको थियो ।

Read More