Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

बुटवल,१३जेठ। रुपन्देही प्रहरीले बुटवलमा जुवा (तास) खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ। बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित श्रमिक पथका ५० वर्षीय राजन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापासहित ७ जनालाई पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ४३ हजार ७ सय ६० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

भैरहवा,१३जेठ। प्रहरी लागुऔषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका-४ सेमरी बस्ने कैलालीको बर्दगोरिया गाउँपालिका-६ का २३ वर्षीय प्रेम रावत रहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार लागुऔष नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले लु ७७ प ६३२६ नम्बरको मोटरसाइकलमा सवार रावतलाई मायादेवी गाउँपालिका ३ हरहरवाबाट ६ ग्राम ४ सय ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

महोत्तरी,१३जेठ। बर्दिबासमा १० हजार वर्ष पुराना हतियार पाइएको क्षेत्रमा पुरातात्त्विक अध्ययन थालिएको छ। पुरातत्त्व विभागका विज्ञको टोलीले शनिबारदेखि बर्दीबास नगरपालिका–३ स्थित पाटु, राई मण्डल क्षेत्रमा पुरातात्त्विक अध्ययन थालेको हो। प्राचीन मानव इतिहासमा प्रयोग भएका ढुङ्गे औजार सो क्षेत्रमा रहेको तथ्य फेला परेसँगै उक्त क्षेत्रको महत्त्वलाई थप उजागर गर्न अध्ययन थालिएको बर्दीबास नगरपालिकाका संस्कृति तथा पर्यटन प्रवर्धन समितिका सदस्य सचिव दिपेश काफ्लेले जानकारी दिए। उनले बर्दीबासमा पुरातात्त्विक पर्यटन प्रवद्र्धन गर्ने र ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यले पुरातत्वविद् भास्कर ज्ञवाली र भारतको आसामबाट प्रा.डा. मञ्जित हजारियाको नेतृत्वको टोलीलाई अध्ययन गर्न नगरपालिकाले समन्वय गरिरहेको बताए। जर्मनीका अनुसन्धानकर्ता गुडन कार्विन्सले सन् १९८०…

Read More

बाजुरा,१३जेठ। बाजुराको जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ जाने क्रममा नेपाल टेलिकम बजुरा कार्यालयको बा ५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनाग्रस्त जिप सडकबाट ८० मिटर खसेको छ । सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका डीएसपी टेक जोराका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम मेहता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको छ। जिपमा सवार अन्य दुई जना नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएको उनले बताए। छन् ।

Read More

काठमाडौं,१३जेठ। राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ। आज बिहान अर्थमन्त्री पौडेलले राष्ट्रपति भवन शीतल निवास पुगेर आर्थिक वर्ष २०८२ ८३ को बजेटका बारेमा ब्रिफिङ गरेका हुन्। सरकारले संवैधानिक व्यवस्था अनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदैछ। सोही बजेटका बारेमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

Read More

मनोरञ्जन शर्मा भैरहवा,१३जेठ। रुपन्देहीको भैरहवा नाकाबाट निर्यात व्यापार ४५ प्रतिशत बढीले बढेको छ।चालु आर्थिक वर्षको श्रावण देखि बैशाखसम्म भैरहवा नाका हुँदै १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ४५ दशमलव २२ प्रतिशत वृद्धि रहेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले बताए। गत आर्थिक वर्ष २०८०/८१ को श्रावण देखि बैशाखसम्म यस नाकाबाट ११ अर्ब ३२ करोडको सामान भारत तथा तेश्रो मूलक निर्यात भएको थियो। ‘विगतका वर्षमा भन्दा अहिले यस नाकाबाट निर्यात व्यापार राम्रो देखिएको छ’, उनले भने,‘यसले केही हद सम्म व्यापार घाटालाई कम गर्न मद्दत पुग्छ।’ चालु वर्षमा भैरहवा…

Read More

भैरहवा,१२जेठ। रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा दाङ र पश्चिम नवलपरासी विजयी भएका छन्। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा दाङले बर्दियालाई पराजित गर्यो भने तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा नवलपरासीले पाल्पालाई ६९ रनले पराजित गरेको हो । सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको दाङले निर्धारित ३५ ओभरमध्ये ३३ ओभर २ बलमा अलआउट भई १ सय ७० रनको योगफल बनायो। उसका लागि योगेश्वर कुंवरले ४२, सन्दीप थापाले २४, शुभम खनालले १९, चन्द्र थापाले १७ र दक्ष ठाकुरले १६ रन जोडे। बलिङमा बर्दियाका आकाश थापाले ३, हेमन्त आचार्य र सक्षम बुढाथोकीले सामान २–२ तथा…

Read More

दाङ,१२जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि संविधानले प्रदत्त गरेका अधिकार प्रदेशम प्रत्यायोजन गर्नुपर्ने बताएका छन्। राप्ती उपत्यका देउखुरीमा सोमबार आयोजित राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरुबीचको समन्वय बैठकलाई सम्बोधन गर्दै उनले संविधान प्रदत्त अधिकारमा संकुचन आउन नदिने गरी प्रदेशमा अधिकार प्रत्यायोजन गर्न कसैले कन्जुस्याई गर्न नहुने बताए। ‘संविधानले प्रदत्त गरेका जुन अधिकारहरू छन्, ती अधिकारहरू संघीय सरकार वा संघीय संसदबाट प्रत्यायोजन गर्नका लागि हाम्रो प्रदेशबाट निर्वाचित भएर गएका माननीयहरुको महत्वपूर्ण भूमिका आवश्यक छ भन्ने मैले बुझेको छु’, उनले भने, ‘त्यो भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ संघीय सरकारले समानीकरण अनुदानको रकम नपठाउँदा प्रदेशले वित्तीय…

Read More

संखुवासभा,१२ जेठ। संखुवासभा प्रहरीले दुई जना बालिकालाई बलात्कारको आरोपमा दुई जना युवाहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा संखुवासभाको चिचिला गाउँपालिका-२ का ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका-३ का २८ वर्षीय प्रकाश राई रहेको प्रहरीले जनाएको छ। संखुवासभा प्रहरीका सूचना अधिकारी अभिषेक कुमार श्रेष्ठका अनुसार पक्राउ परेका युवाहरुमाथी गत जेठ ७ गते खाँदबारी बजार घुम्न आएका १६ र १७ वर्षीया बालिकालाई होटलमा लगेर बलात्कार गरेको आरोप छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

कपिलवस्तु,१२जेठ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा दिदी-भाइको मृत्यु भएको छ। घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा २४ वर्षीय शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी एवं सूचना अधिकारी प्रमोहनमणि अधिकारीले बताए। नातामा दुवै जना दिदीभाई हुन् । भान्सामा ग्यास सिलिण्डरमा रेगुलेटर जडान गर्ने क्रममा ग्यास लिक भएको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान अघि बढाइएको छ।

Read More