Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२० जेठ। तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ। जसमध्ये दुई वटा विदेशी कम्पनी छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ। सोमबारको बैठकले तीन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच-एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्माण सेवा रहेका छन् । मरुशिन र पीएच-एसएमएनएसलाई दुई वर्ष र शंकरमालीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । अब यी कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

Read More

काभ्रे,२०जेठ। पुल बेचेको आरोपमा प्रहरीले एक जना वडाअध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ का वडाध्यक्ष अशोक कुमार गौतम रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी एवं सूचना अधिकारी मिनबहादुर घलेका अनुसार पक्राउ परेका वडाअध्यक्ष गौतममाथी कटुन्जेबेशीबाट रघुचौरहुँदै खार्पाचोक, कालिन्चोक र वाइबाडाडा जाने झोलुङ्गे पुल कबाडीलाई बेचेको आरोप छ । गत असोजमा रोशी खोलमामा आएको बाढीले फलामको झोलुङ्गे पुल बगाएको थियो । वडाअध्यक्षले सरकारी सम्पत्ति मनोमानी ढंगले विक्रीका लागि ट्रकमा लोड गर्न लगाएपछि स्थानीयले अवरोध गरेका थिए। कवाडीवाला र स्थानीयबीच विवाद भएपछि प्रहरीमा जानकारी गराइएको थियो । जस पश्चात गत जेठ १२ गते राति…

Read More

झापा,२०जेठ। सँगै मर्ने, सँगै बाच्ने कसम खाने । तर, सम्बन्धमा दरार उत्पन्न हुन थालेपछि अपराधको बाटो रोज्ने । भर्ममा पारेर खोकीको खोकीको औषधि भन्दै श्रीमतीलाई विष खुवाएर मार्न खोजेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका–२ घर भई हाल दमक नगरपालिका–१ सुम्निमा टोलका २५ वर्षीय दिलीपकुमार मरिक डोम रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नै श्रीमती रेणु मरिकलाई ज्यान मार्न खोजेका थिए। उनले खोकी लागेका बेला कफ सिरप भनेर श्रीमतीलाई विष खुवाउन खोजेका थिए। त्यसभन्दाअघि पनि आफूलाई आगो लगाई श्रीमानले मार्न खोजेको रेणुले प्रहरीमा बयान दिएकी…

Read More

काठमाडौं,२० जेठ। नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। आज सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ हजार ९०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ। सोमबार प्रतितोला सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको हो। महासंघका अनुसार चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

Read More

भैरहवा,१९जेठ । संघीय सरकारबाट रुपन्देहीका १६ स्थानीय तहमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ९ अर्ब ८० करोड १७ लाख रुपैयाँ अनुदान विनियोजन गरिएको छ। तहहरुले समानिकरण, सशर्त, विशेष र समपुरक गरी चार प्रकारका अनुदान मार्फत संघिय सरकारबाट बजेट पाउने भएको अर्थ मन्त्रालयले जनाएको छ । जिल्लामा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका छन्। मन्त्रालयका अनुसार जिल्लामा सबैभन्दा बढी तिलोत्तमा नगरपालिकाले १ अर्ब ५१ करोड १६ लाख रुपैयाँ अनुदान पाउने भएको छ । त्यस्तै बढी बजेट पाउने दोस्रो नम्बरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले १ अर्ब ८ करोड १० लाख रुपैयाँ र तेस्रो नम्बर सिद्धार्थनगर नगरपालिकाका लागि ९५ करोड ५७ लाख…

Read More

काठमाडौं,१९जेठ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई थुनामा पठाउन उच्च अदालत पाटनमा निवेदन दिएका छन्। गत वैशाख १७ गते अधिकृत विष्टले चौधरीलारई पक्राउ गरी कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारमा राख्न प्रहरीलाई अनिधिकृत रुपमा पत्र लेखेका थिए। उक्त पत्रपछि प्रहरीले चौधरीलाई पक्राउ गरेर कारागार पठाएपछि उनी करिब ६ घण्टा थुनामा बस्नु परेको थियो। उनको पत्रलाई सर्वोच्च अदालत प्रशासनले ‘अनधिकृत’ भनी पत्र सच्चाएर कारागार पठाएपछि चौधरी रिहा भएका थिए ।र, विष्ट पक्राउ परेका थिए । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्तेमा मुद्दा चलाएकोमा जिल्ला अदालत काठमाडौँले गत जेठ ५ गते एक…

Read More

काठमाडौं,१९जेठ। सरकार र यातायात व्यवसायीबीच समिति बनाउन सहमति भएको छ। राइड सेयरको विरुद्धमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर विरोधमा उत्रिएपछि गृह मन्त्रालयमा व्यवसायीसँग वार्ता भएको हो। गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि तथा यातायात व्यवसायी रहने गरी समिति गठन भएको छ। समितिमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयबाट आठ जना र यातायात व्यवसायी तथा मजदुरको तर्फबाट चारजना सदस्य रहने छन् । गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरेको थियो। गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली प्रदेशको…

Read More

काठमाडौं,१९ जेठ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा आफू झोले भएको पोस्टर पोष्ट गरेका छन्। पोष्ट गरिएको पोष्टरमा लेखिएको छ,‘म झोले हो। एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो।’, पोस्टरको साथै स्टाटस पनि लेखिएको छ। जहाँ ओलीले झोले आरोपबाट नडराउन कार्यकर्तालाई प्रोत्साहन गरेका छन् । ‘सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामुहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउन पर्छ’, ओलीले लेखेका छन् ।

Read More

नवलपुर,१९जेठ। पूर्वी नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साथै ६ जना घाइते भएका छन्। सोमबार बुटवलबाट नारायणघाटतर्फ बिरामी बोकेर आउँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहर चोकबाट दुम्कौलीतर्फ गइरहेको केउरेनीस्थित दिव्य एकेडेमी बोर्डिङ स्कुलको बा २० च ७२ नम्बरको भ्यान देवचुली नगरपालिका २ स्थित दुम्कौली चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भिर घाइते भएका स्कूल भ्यानका चालक देवचुली नगरपालिका–१ का ५२ वर्षीय कुल प्रसाद सुबेदीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पूर्वी नवलपरासीका डीएसपी मधु नेपालले बताए। एम्बुलेन्समा सवार घाइते भएका बुटवल उपमहानगरपालिका–३ गोलपार्कका ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राई र…

Read More

काठमाडौं,१९ जेठ। सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९९० रुपैयाँमा किनबेच भइरहेको छ।

Read More