


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
कपिलवस्तु, ८ चैत। कपिलवस्तु जिल्लास्थित कृष्णनगर भन्सार कार्यालयले जाँचपास गरेर छाडेको ट्रक प्रहरीले नियन्त्रण्मा लिएको छ। भन्सार कार्यालयले जाँचपास गरेर जारी गरेको प्रज्ञापनपत्रमा उल्लेखित भन्दा बढी सामग्री फेला परेपछि प्रहरीले युपी ३२ एन ००६९ नम्बर मालवाहक ट्रक नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवं डीएसपी मोहनमणि अधिकारीका अनुसार प्रज्ञापनपत्रमा उल्लेखित भन्दा ट्रकमा २० कार्टुनमा करिब ३ क्विन्टल बढी अंगुर बरामद भएपछि गाडी नियन्त्रणमा लिइएको हो। उक्त ट्रक काठमाडौंतर्फ जाँदै थियो। भन्सार कार्यालयले जारी गरेको प्रज्ञापन पत्र अनुसार ६ सय कार्टुन अंगुरको ८० रुपैयाँको दर राजस्व लिइएको छ। तर, ट्रकमा ६२० कार्टुन अंगुर बरामद भएको छ। भन्सार एजेण्ट निरन्जन…
काठमाडौं, ८ चैत। सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन्। उनको स्थानमा दुई दिन अघि कपिलवस्तुको सीडिओबाट मन्त्रालयमा सरुवामा विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ। महायज्ञ गर्न दलित परिवारलाई हटाएको विषयमा व्यवस्थापन गर्न नसकेको भन्दै उनलाई मन्त्रालयमा तानेको बुझिएको छ। सत्य तथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेको उनको सचिवालयले जनाएको छ।
काठमाडौं, ८ चैत।। नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा र अतिरिक्त महानिरीक्षक सुदीप गिरीले एसपीमा बढुवा भएका रवीन कार्की र ज्ञानेन्द्र बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । यसअघि उनीहरु दुबै जना सिनियर हुँदाहुँदै पनि बढुवामा छुटेका थिए ।
भैरहवा, ७ चैत।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट भएको छ। आर्थिक वर्ष २०८०/०८१ मा सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेकोले नेपाल नगरपालिका संघले उत्कृष्ट नगरपालिका पुरस्कारबाट सिद्धार्थनगर नगरपालिकालाई पुरस्कृत गरेको हो। संघद्वारा आफ्नो ३२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ स्वरुप सम्मान पत्र प्रदान गरेका छन्। संघले उक्त विधामा प्रत्येक वर्ष देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्टलाई पुरस्कृत गर्दै आएकोमा आर्थिक वर्ष २०८०/०८१ को पुरस्कार सिद्धार्थनगरले प्राप्त गर्न सफल भएको छ। विभिन्न सूचकका आधारमा नगरपालिकालाई उत्कृष्ट घोषणा…
नवलपरासी पश्चिम, ७ चैत। नवलपरासी पश्चिम प्रहरीले जिल्लाको रामग्राम नगरपालिका–५ स्थित वाईपास चोकबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–२ भक्सिपुरका २२ वर्षीय सुख सागर यादव र प्रतापपुर गाउँपालिका–८ पिपरपातीका ३९ वर्षीय शिवेन्द्र प्रसाद बनिया रहेको प्रहरीले जनाएको छ। छुट्टाछुट्टै मोटरसाइकलमा रहेका दुई जनाको साथबाट ६-६ लाख रुपैयाँ गरी १२ लाख बरामद भएको हो। पक्राउ परेका दुवैजना विरुद्ध नवलपरासी जिल्ला अदालतबाट हुण्डी कारोबार सम्बन्धी कसुरमा म्याद थप गरि घटना अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए। साथै उनीहरुले प्रयोग गरेको यूपी ५६ एएच२५७३ र…
काठमाडौं,७ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी काम भइरहेको बताएका छन्। बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले विमानस्थलको दिगो संचालनका लागि सरकारले संवद्ध निकायहरुसँग छलफल गरी कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको जनाए। ‘यात्रु सेवा शुल्कमा छुट, ग्राउण्ड ह्याण्डलिङ, ल्यान्डिङ, पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत एवम् प्रोत्साहनका कार्यक्रमहरु सञ्चालनमा आएको छ,’ उनले दावी गर्दै भने, ‘हाल जजिरा, फ्लाई दुवई, एअर एसिया र नेपाल एअरलाइन्सले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् ।’ उनले बुटवलस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृतिको सेवा प्रदान गर्न सुरु भएको भन्दै अध्यागमन,…
हृदयराम गुप्तामर्चवार, ७ चैत। ईस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजानको अवसरमा मर्चवारमा विपन्न परिवारलाई खाद्यन्न वितरण गरिएको छ। तौहीद मानव परोपकार सेवा संघद्वारा मर्चवारी गाउँपालिका–५ ओडवलियामा एक सय परिवारलाई खद्यान्न वितरण गरिएको हो। रमजान महिनाको अवसरमा विपन्न परिवारलाई चामल, चिउरा, तेल, मसला लगायत खाद्यन्न वितरण गरिएको संघका अध्यक्ष सैफुल्लाह चुरिहारले बताए। उनले संघले विपन्न परिवारहरुलाई सहयोग गर्नुका साथै विभिन्न समाजिक कार्य गर्दै आएको जनाए। ‘दुःख आइपर्ने तथा जीवनयापनमा कठिनाई हुने परिवारलाई सहयोग गर्ने हरेक मानवको धर्म हो’,उनले भने,‘आफ्नो कमाईबाट दान गर्नु सबैको धर्म हो।’
काठमाडौं, ७ चैत। भारतको मथुरामा अनौठो घटना भएको छ। वृन्दावनको सुनरख गाउँका ३२ वर्षीय राजाबाबू ठाकुरले पेट दुखेपछि युट्युब हेरेर आफ्नो अपरेशन गरेका छन्। अपरेशन गरेर उनले ११ वटा टाँका पनि लगाए। १८ वर्षअघि उनले एपेन्डिक्सको अपरेशन गराएका थिए। त्यसयता पेट दुख्ने समस्या बारम्बार भइरहेको थियो। धेरैपटक चिकित्सकहरुसँग उपचार गराए पनि कुनै सुधार देखिएको थिएन। त्यसपछि उनले युट्युब हेरेर आफै अपरेशन गर्ने सोच बनाए र गरे। उनले पहिले दुखाई कम गर्नका लागि सुन्न पार्न इंजेक्सन (एनेस्थीसिया) लगाए र त्यसपछि सर्जिकल ब्लेडको सहायताले पेट चिरे। सुरुमा उनलाई पीडा महसुस भएन। तर, केही समयपछि औषधिको असर सकिएपछि असह्य पीडा भयो। परिवारका सदस्यहरुले…
काठमाडौ, ७ चैत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा उत्साहप्रद लहर देखिएको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्ववियुमा विजयी विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । उनले देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको पार्टीको अभियानमा सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको बताएका छन्। ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी)को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ’, उनले भनेका छन्, ‘कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं…
भैरहवा, ७ चैत । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको कार्यसमितिको सदस्य पदमा तीनजना व्यवसायीलाई मनोनित गरिएको छ। संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले कैलाश गुप्ता, राजु न्यौपाने र प्रेम नारायण बेल्बासेलाई सदस्यमा मनोनित गरेका हुन्। पर्यटनतर्फको सदस्यमा गुप्ता, उद्योगतर्फ न्यौपाने र वाणिज्यतर्फ बेल्बासेलाई मनोनित गरिएको संघले जनाएको छ। यसअघि निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले पनि उनलाई कार्यसमिति सदस्यमा मनोनित गरेका थिए। तीनैजनाले बुधबार सपथग्रहण समेत गरेका छन्। सदस्यमा मनोनित भएका उद्योगी–व्यवसायीहरुले संघको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने र उद्योगी–व्यवसायीको हकहितमा निरन्तर काम गर्ने प्रतिवद्धता जनाएका छन्।