Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,६जेठ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका ४२ वर्षीय रामु यादव रहेको प्रहरीले जनाएको छ। नेपाल एयरलाइन्सको विमानमार्फत थाइल्याण्डको बैंककबाट काठमाडौं आएका यादवलाई चेकजाँच गर्ने क्रममा ४ किलो ६ सय ४० ग्राम गाँजा बरामद भएको विमानस्थल सुरक्षा कार्यालयले कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ।

Read More

काठमाडौं,५जेठ। आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा संयुक्त अरब इमिरेट्स (युएई) हराउँदै नेपाल पहिलो पटक विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुगेको छ। थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको छ। युएईले दिएको ११५ रनको विजय लक्ष्य पच्छाएको नेपालले १९.३ ओभरमा ५ विकेट गुमाउँदै जित निकालेको हो।

Read More

काठमाडौं,५ जेठ। स्थानीय तहमा कतिसम्म बेथिती छ भन्ने आर्थिक वर्ष २०८०/८१ को महालेखाको प्रतिवेदनले देखाएको छ । तहरुले ऐन विपरीत धमाधम आर्थिक सहायता तथा अनुदान वितरण गरेका छन्। आर्थिक वर्ष २०८०/८१ मा ५७६ स्थानीय तहले ऐनविपरीत आर्थिक सहायता तथा अनुदान वितरण गरेका महालेखाको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार यी स्थानीय तहले व्यक्ति तथा संस्थालाई एक अर्ब ११ करोड ९१ लाख ९७ हजार आर्थिक सहायता वितरण गरेका छन्। जसमध्ये ३१७ स्थानीय तहले त सहायता वितरणसम्बन्धी कार्यविधिसमेत तयारी नगरी ५९ करोड ९४ लाख ४५ हजार आर्थिक सहायता वितरण गरेका छन्। यस्तै नाफामूलक संस्थालाई समेत अन्य १३५ स्थानीय तहले १५ करोड बढी ऐनविपरीत…

Read More

मोरङ,५जेठ। मोरङमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ। आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-०४५ प ९०६० नम्बरको मोटरसाइकल रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा दुर्घटना हुँदा रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते महिललाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याएपछि उनको मृत्यु भएको हो। मोटरसाइकल उनका छोरा २३ वर्षीय रमेश मेहताले चलाएका थिए। घटनाको अनुसन्धानका लागि चालक मेहतालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,५जेठ। नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छन्। उनी आज बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनी सगरमाथाको चुचुरोमा पुगेको भन्दै प्रहरी महानिरीक्षक दिपक थापाले बधाई दिएका छन्।

Read More

काठमाडौं,५जेठ। सोमबार (आज) साँझ मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरको निर्णय गर्ने सम्भावना छ । सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा.विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको बताइन्छ। यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गतै नै सिफारिस समितिबाट राजीनामा दिइसकेका छन्। उनले राजीनामा दिएपछि सरकारले सिफारिस समितिको सदस्यमा डा.पोषराज पाण्डेलाई नियुक्त गरेको छ। सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा विगत लामो सयमदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ ।

Read More

लमजुङ,४ जेठ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल लमजुङको पाँचौं अधिवेशनमा खुकुरी हानाहान गरिएको छ। अधिवेशनमा प्रतिनिधि छनोटको क्रममा विवाद भएपछि खुकुरी हानाहान भएको हो। प्रहरीका अनुसार घटनामा ५ जना घाइते भएका छन्। गम्भीर घाइते दुई जनाको चितवनस्थित अस्पतालमा अन्य घाइतेहरु बेसीसहरस्थित जिल्ला अस्पतालमै उपचार भइरहेको छ। घटनासम्बन्धी किटानी जाहेरी लिने काम भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,४जेठ। रसुवा प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ। आइतबार चीनको केरुङबाट काठमाडौं आउँदै गरेको स्याउ लोड रहेको बा ४ ख ६२०१ नम्बरको गाडी चालकको साथबाट सात किलो ६५३ ग्राम सुन जस्तो पहेँलो धातु बरामद भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीले बताए। उनका अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ का २४ वर्षीय गाडी चालक किशोर भुजेललाई नियन्त्रणमा लिइएको छ। बरामद सुन, बिस्कुट आकारमा रहेको बताइएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

Read More

काठमाडौं,४ जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री यादव, बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तानसहित ८ जना माथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूमाथि ५६ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

Read More

पोखरा,४जेठ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा उच्च अदालत पोखराले मिसिल प्रमाण झिकाउन आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासले कास्की जिल्ला अदालतमा पेश भएको मिसिल प्रमाण झिकाउने आदेश जारी गरेको हो । शुक्रबार रवि लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई थाहै नदिई सुनुवाइ अघि बढाएको भन्दै इजलासमा आपत्ति जनाएका थिए । त्यसपछि इजलासले आइतबारका लागि निवेदनहरूलाई हेर्दाहेदैमा राख्ने आदेश गरेको थियो। गत पुस २५ गते कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटी लिई तारेखमा छाड्न आदेश गरेको थियो। सरकारी वकिलले प्रतिवादी लामिछानेलाई थुनामा राख्नुपर्ने र लामिछानेले…

Read More