Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काभ्रे,२८चैत। काभ्रेमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। काठमाडौंबाट रामेछाप जाँदै गरेको प्रदेश ३-०१-००६ ख १३३९ नम्बरको यात्रुबाहक बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्ने मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार बस दुर्घटनामा ११ जना घाइते भएका छन्। जसमध्ये ४ जनाको मेथिनकोट अस्पताल र ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको छ । यात्रुबाहक बस खाँदबारीबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ३३९४ नम्बरको हाइस गाडीलाई ठक्कर दिएर सडकबाट २० मिटर तल खसेको थियो। प्रहरीका अनुसार बसमा १५ जना सवार रहेका थिए। बस चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Read More

नवलपुर,२८ चैत। गएराति देखिको निरन्तर वर्षाको कारण बाटो हिलाम्मे हुँदा दाउन्ने सडकखण्ड अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका छन्। पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा वर्षाको कारण बाटो हिलो र चिप्लो भई सवारी साधनहरु आवतजावत गर्न कठिनाई भएपछि सडकखण्ड अवरुद्ध भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक जनक बन्जाराका अनुसार दाउन्ने खण्डमा सडकको निर्माण कार्य भइरहेकोले वर्षाका सडक हिलाम्मे हुँदा सवारीसाधन संचालनमा कठिनाई हुँदा सडक अवरुद्ध हुन पुगेको हो। दाउन्ने क्षेत्रमा बुधवार देखि चैत ३१ गते सम्मका लागि दिनको ११ बजे देखि ३ बजे सम्म सवारी आवागमन बन्द…

Read More

भैरहवा, २८चैत। रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ स्थित पाँच तारे रिसोर्ट टाइगर प्यालेस बाइ सोल्टीले नेपाली नयाँ वर्षलाई विशेष बनाउने भएको छ। रिसोर्टले आन्तिरक र बाह्य पर्यटकलाई लक्षित गर्दै नयाँ वर्षको पहिलो दिन चर्चित सांगीतिक ब्याण्ड कुटुम्बको प्रस्तुति राखेको छ। आगामी बैशाख १ गते रिसोर्टमा आउने पाहुनाको नयाँ वर्ष विशेष तुल्याउन सस्तो प्याकेज समेत घोषणा गरिएको जनाएको छ। टाइगर प्यालेस बाइ सोल्टीका जनरल म्यानेजर (जीएम) अग्निमित्र शर्माका अनुसार नयाँ वर्षका दिन साँझ ७ देखि ११ बजेसम्म विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ। यसक्रममा साँझ ८ देखि १० बजेसम्म सम्म कुटुम्ब ब्याण्डको प्रस्तुतिमा झुम्दै पाहुनाले स्वदाष्टि परिकारका साथ मनोरञ्जन लिन सक्ने व्यवस्था गरिएको…

Read More

भैरहवा, २८चैत। नेपालको स्थानीय बजारमा सुन प्रतितोला एकैदिनमा ५ हजार ७ सय रुपैयाँले वृद्धि भएको छ । यससँगै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहीवार मूल्य वृद्धिसँगै सुनको प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बधुबार २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो। त्यसपछि क्रमश घट्दै गएको सुन आज भारी मूल्यले वृद्धि भएको हो। सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि वृद्धि…

Read More

भैरहवा, २७ चैत। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिदा स्थानीय संघसंस्थाद्वारा आन्दोलनको घोषणा गरिएको छ। बुधवार भैरहवाको सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, र सिद्धार्थ सञ्जाल रुपन्देहीले पत्रकार सम्मेलनको आयोजना गरी अन्तर्राष्ट्रिय उडानको माग गर्दै संयुक्त रुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन्। पछिल्लो समयमा विमानस्थलबाट नेपाल एयरलाईन्सले मात्र सातामा एउटा मलेसिया (क्वालालम्पुर)–भैरहवा–काठमाडौं उडान गर्दै आएको छ। यस अघि थाईल्याण्डको थाई एयर एशियाको, यूएईको फ्लाई दुबई र कुवेतको जजिरा एयरवेजले गर्दै आएको उडान रोकेका छन्। विमानस्थल कार्यालयका अनुसार उडान रोकेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नियमित उडानका लागि गर्मीयामको उडान तालिका पेश गरेका छैनन्। गत एप्रिल १ तारिखबाट यी तीन वायुसेवा…

Read More

हृदयराम गुप्ता मर्चवार,२७ चैत। रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ सेमरहवाका मादिका लोनिया पेशाले कृषक हुन् । कान्छी छोरीको ०८२ बैशाख ५ गते विवाह तय छ । न्यून आय स्रोत रहेको लोनियाले एकमुष्ठ पैसा झिकेर छोरीको विवाह गर्नका लागि वर्षौ देखि स्थानीय सहकारीमा आफ्नो पसिनाको थोरै-थोरै कमाई बचत गर्दै आएका थिए । श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा उनले करिब ६ लाख रुपैयाँ बचत गरेका छन् । तर, सहकारीमा सञ्चालक समिति र कर्मचारीबीचको विवादले उनलाई विवाहको अन्तिम समयमा ‘डुबाएको’ छ । छोरीको विवाह नजिकै आइसक्दा समेत आफ्नो बचत फिर्ता नपाउँदा उनी चिन्तित छन् । ‘छोरी विवाहका लागि मैले थोरै-थोरै गरेर…

Read More

काठमाडौं,२७चैत। राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै प्रर्दशन गरेको छ । संघीयता धेरै खर्चिलो भएकोले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित प्रदर्शन गरेको हो । पार्टीले चैत्र २४ गतेदेखि ३० गतेसम्म आन्दोलनका कार्यक्रम गर्ने जनाएको थियो। प्रदूषणका कारण दुई दिन घटाएको पार्टीले बताएको छ । प्रर्दशनमा गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं जस्ता ब्यानर र प्लेकार्डका साथ काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

Read More

काठमाडौ, २७ चैत। प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरु आयोगको कार्यालयमा पुगेर लामिछानेको मानव अधिकार रक्षाका लागि ध्यानाकर्षण गराए । सहकारी ठगी र संगठित अपराधको कसुरमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै पुर्पक्षमा पठाउन आदेश गरेको थियो। सोही राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाट पक्राउ गरेको थियो । लामिछानेलाई पक्राउ पुर्जी विना नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ।

Read More

काठमाडौं,२७ चैत। अपराध गरेपश्चात साधुको भेषमा बसेका एक प्रतिवादीलाई प्रहरीले १७ पछि पक्राउ गरेका छ। पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका-२ का ६२ वर्षीय लोकनाथ साह तेली रहेको प्रहरीले जनाएको छ। ०६४ वैशाख २५ गते तेलिले साविकको बहुअर्वाभाठा गाविस-५ बस्ने ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादका विषयमा छलफल गर्न बोलाई गोली प्रहार गरी हत्या गरेका फरार भएका थिए। सर्वोच्च अदालतको ०६९ कात्तिक २४ गतेको फैसला आदेशले साविक मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३ (१) बमोजिम सर्वस्वसहित जन्मकैद ठहर भएको थियो। प्रहरीका अनुसार हत्यापश्चात फरार रहेका उनी भारतस्थित चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीका रुपमा १० वर्षदेखि साधुको भेषधारण गरी लुकिछिपी बस्दै…

Read More

भैरहवा,२७ चैत। बुटवल-नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्डमा निर्माणकार्यका कारण बुधवार (आज) देखि दैनिक ६ घण्टा सडक अवरुद्ध हुने भएको छ । सडक आयोजना निर्देशनालयले सूचना जारी गर्दै बुधवार देखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने जनाएको छ । त्यस्तै बैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ देखि बिहान ५ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने भएको छ। सडक अवरुद्ध हुने अवधिभर बुटवलतर्फ आउने सवारीसाधनहरुमध्ये बस, मिनिबस, माइक्रोबस र साना सवारी साधनहरु रोकिने स्थानको रुपमा होङ्सी सिमेन्ट गेट दुम्कीबास बजार खण्डलाई तोकिएको छ। नारायणगढतर्फ जाने सवारीसाधनहरुमध्ये बस, मिनिबस, माइक्रो बस, साना सवारी साधनलाई चिसापानी बर्दघाट खण्डमा रोकिन…

Read More