


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१९चैत।। संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १६६ जना बन्दी रहेका नेपाली नागरिकलाई आममाफी दिएको छ । पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा यूएई सरकारले बन्दी बनाइएका १६६ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली बन्दीलाई आममाफी दिएकोमा यूएई सरकारप्रति मन्त्रालयले कृतज्ञता ज्ञापन गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै युएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमूना भएको जनाएको छ। अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।
लुम्बिनी, १९ चैत। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औं न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन हुन भएको छ। चौथो औद्योगिक क्रान्तिका लागि मानव संसाधनको विकास र उच्च शिक्षा सम्बन्धी विश्वव्यापी संवादलाई प्रवद्र्धन गर्नका लागि चैत २० र २१ गते सम्मेलन हुन लागेको हो । उच्च शिक्षामा बौद्ध दर्शन अन्तर्राष्ट्रिकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौति र अवसर विषयमा केन्द्रीत रही उपकुलपति सम्मेलन हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले बताए । बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालय, लुम्बिनीमा हुन…
काठमाडौ,१९ चैत। प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो। बैठकमा स्वर्गीय बोहराको चिरशान्तिको कामना गर्दै मौनधारणसमेत गरिएको थियो । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद बोहराको मंगलबार बिहान काठमाडौंको ओम अस्पतालमा निधन भएको गियो। बैठकमा सभामुख घिमिरेले संसद्को हिउँदे अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए। त्यस्तै उनले बैठकमा लगातार अनुपस्थित भएका सांसदहरुको अनुपस्थीतिको सूचना सुनाएका थिए।
हृदयराम गुप्ता मर्चवार,१९चैत। मर्चवार क्षेत्रका सहकारीकर्मी तथा संचारकर्मीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। देशको विभिन्न क्षेत्रमा सहकारीहरुले बचतकर्ताको बचत समेत फिर्ता गर्न नसकेको अवस्थामा मर्चवारमा रहेका सहकारी संस्थाहरुले बचतकर्तालाई विभिन्न सुविधाहरु प्रदान गरिरहेको कार्यक्रमका वक्ताहरुले जोड दिए। ६८औ राष्ट्रिय सहकारी दिवसको अवसरमा रोइनिहवामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मर्चवारका सहकारी अहिलेको समस्याबाट मुक्त रहेको बताएका हुन। श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मधेशी पत्रकार समाज, नेपाल रुपन्देही शाखा तथा मर्चवार प्रेस क्लबको संयुक्त सहकार्यमा सम्पन्न कार्यक्रममा सहकारीका यस्ता असल प्रयासहरु संचारकर्मीले उठान गरिदिनु पर्ने सहकारी संचालकहरुले आग्रह गरे। जिल्ला सहकारी संघ रुपन्देहीका सल्लाहकार अशोक कुमार त्रिपाठीले सामाजिक…
भैरहवा, १९ चैत। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) एवं सविधान सभा सदस्य इश्तियाक अहमदा खाँले सांसद दीपक बोहराको निधन प्रति दुःख व्यक्त गरेका छन्। मंगलबार बिहान काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा बोहराको निधन भएको थियो। सिद्धार्थनगर नगरपालिका ३ निवासी बोहरा प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता बोहराको निधनले यस क्षेत्रको विकासमा अपुरणीय क्षती पुगेको उल्लेख गर्दै उनले दिवंगत आत्माको चिर शान्तिको कामना समेत गरेका छन्। मेयर खाँले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
भैरहवा, १९ चैत। प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको पार्थीव शरीर भैरहवा ल्याईने भएको छ। मंगलबार काठमाडौंको ओम अस्पतालमा बिहान १०:५० बजे निधन भएका बोेहराको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि उनको गृहनगर भैरहवा ल्याउन लागिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए । हेलिकप्टर मार्फत दिउँसो साढे २ बजे उनको पार्थिव शरीर भैरहवास्थित उनको निवासमा ल्याइने छ। तर, शवको अन्त्येष्टि पुनः काठमाडौं लगेर पशुपति आर्यघाटमा गर्ने वा कहाँ गर्ने ? विषयमा अझै पारिवारिक छलफल भइरहेको बुझिएको छ।
भैरहवा, १९ चैत। प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराको निधन भएको छ । मंगलबार काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा बिहान बिहान १०ः५० बजे उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ। पूर्वमन्त्री समेत रहेका बोहराको पार्थिव शरिर काठमाडौंबाट उनको गृह नगर भैरहवा ल्याउने तयारी रहेको र यस विषयमा अझै पारिवारिक छलफल भइरहेको बुझिएको छ। उनी रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् । कोरोना महामारीको दोस्रो लहरमा संक्रमित भएका बोहराको केही समयपछि स्वरमा केही परिवर्तन देखिएको थियो। पोस्ट कोभिडका कारण घाँटीमा क्यान्सर भएको उनको स्पीच थेरापी उपचार हुँदै आएको थियो।
काठमाडौं,१७ चैत। ‘राजसंस्था पुन्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले वैकल्पिक नेतृत्व चयन गरेको छ। समितिका संयोजक नवराज सुवेदीले आफ्नो अनुपस्थितिमा जगमान गुरुङले आन्दोलनको नेतृत्व गर्ने बताएका हुन्।गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति हुन्। सरकारले आफूलाई नजरबन्दमा राखेको उल्लेख गर्दै सुवेदीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नु हुनेछ । आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु ।’ शुक्रबार राजधानीको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक भएसँगै राजावादीमाथि सरकारले धरपकड गरेको थियो। घटनापछि राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत पक्राउ परेका छन्। समितिका संयोजक…
काठमाडौं,१७ चैत। सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न आदेश गरेको छ। साथै, निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश गरेको हो। अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न सर्वोच्च अदालतले चैत २६ गते दुबै पक्षलाई झिकाउने भएको छ। पाथीभरामा उद्योगी चन्द्र ढकालको कम्पनीले केबलकार निर्माण गरिरहेको छ। स्थानीयवासीले भने सांस्कृतिक अतिक्रमण भएको भन्दै केबलकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।
भैरहवा, १७ चैत। नेपाल प्रहरीले शुक्रवार राजावादीको आन्दोलनको क्रममा भएका हिंसात्मक घटनाका सम्बन्धमा अनुसन्धानका लागि सर्वसाधरणसँग सूचनाको माग गरेको छ। प्रहरीले आइतबार सामाजिक संजालमा सूचना जारी गर्दै शुक्रवार गैरकानुनी अपराधिक गतिविधिमा संग्लन व्यक्तिहरुको सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि भएका तथ्यपरक सूचना (फोटा, भीडियो, संग्लन व्यक्तिको विवरण) उपलब्ध गराईदिनका लागि आग्रह गरेको छ। जारी सूचनामा भनिएको छ-‘चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका विभिन्न क्षेत्रहरुमा निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत नीजि तथा सरकारी सवारी साधनहरुमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरुसँग भएका…