


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ११ असार । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’मा एशियन बुद्ध टिम फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा एशियन बुद्धले न्यु होराइजनलाई ३४ रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो। एशियन बुद्धले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १२१ रनको बलियो लक्ष्य दिएको थियो। जवाफी इनिङ्समा न्यु होराइजनले ६ विकेट गुमाएर ८७ रन मात्र बनाउन सकेपछि पराजित हुन पुग्यो। खेलमा ७० रन बनाउनुका साथै १ विकेट लिएका देव खनाल ‘प्लेयर अफ द म्याच’ घोषित भए। त्यसैदिनको अर्को खेलमा तिरुपति क्रिकेट क्लबले लुम्बिनी खुकुरीलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। खुकुरीले…
भैरहवा,११असार। रुपन्देही प्रहरीले एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ का रंजन बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार जिल्ला अदालत रुपन्देहीले ०७९ जेठ २६ गते उनीविरुद्धको बैंकिङ कसुर मुद्दामा चार वर्ष कैद सजाएको फैसला गरेको थियो । त्यसयता उनी फरार थिए। फरार रहेका गुरुङलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए।
भैरहवा,११असार। रुपन्देहीको मायादेवी गाउँपालिकामा बेथिती मौलाउँदै गएको छ। कहिले माटो काण्ड त कहिले विदा स्विकृत नगराई विदेश गएका कर्मचारी फर्किएर एकैपटक कामै नगरेको दिनको पनि हाजिरी गरेको काण्ड। अनुदानमा कृषि उपकरण नदिई अर्कैको औँठा छाप लगाएर बुझेको भनी किर्ते भर्पाइ बनाएर भुक्तानीको विषयामा अख्तियारले अनुसन्धान गरिरहेकै छ । त्यसैमाथी मंहगो मूल्यमा मानिस (लेबर) लगाएर बोरिङ जडान गरिएको भन्दै सस्तो मूल्यमा मेसिन मार्फत जडान गरिएको विषय पनि चर्चा चलिरहेकै छ। कार्यालयमा कामै नगराई कार्यालय सहयोगी पदमा एक जनालाई मासिक तलब सुविधा दिदैं आएको अर्को नियमित काण्ड त छदैँछ । मायादेवीमा यस्ता काण्ड त कति हो कति ? भनिसाध्यै छैन। पालिका अध्यक्ष…
काठमाडौं,११असार। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा दशले बुधवार एक सूचना जारी गर्दै एसईईको नतिजा हेर्न सक्ने विकल्पहरुको बारेमा जनाएको छ। बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआरका विकल्प उपलब्ध गराएको छ। नतिजा प्रकाशनका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न संस्थालाई स्वीकृति प्रदान गरिएको छ। हेर्नुहोस् सूचना:
चितवन,११असार। चितवनको राप्ती नगरपालिका–४ मा श्रीमान–श्रीमतीले भिरबाट खोलामा हाम फालेका छन्। खोलामा हाम फाल्दा श्रीमती वर्षीया कुमारी प्रजाको मृत्यु भएको छ भने श्रीमान् लीलाबहादुर प्रजा घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घरायसी विवादपछि श्रीमतीले घरनजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन्। त्यसपछि उनका श्रीमान् लीलाबहादुर प्रजाले पनि भिरबाट हाम फालेका थिए। लीलाबहादुर गम्भीर घाइते छन् र हाल भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
चितवन,११असार। अण्डा उत्पादनमा करिब २५ प्रतिशतले गिरावट आउँदा अण्डको मूल्य बढेको छ। उत्पादन घटेसँगै माग बढ्दा अण्डाको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको हो। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालले गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको बताए । “पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ । यो मौसममा रोग देखिने गर्दछ, पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ । जसले उत्पादन घटाउँछ”, उनले भने । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार, हाल दैनिक अण्डा उत्पादन ३० हजार कार्टुनभन्दा कममा झरेको छ। जुन चार महिनाअघि ४० हजार कार्टुन थियो। उत्पादन…
झापा,११असार। झापामा दुई दिनदेखि बेपत्ता रहेको एक बालकको शव फेला परेको छ। प्रहरीका अनुसार कमल गाउँपालिका–१ का १२ वर्षीय बालक सुसान शेर्पाको गत असार ८ गतेदेखि बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार शव खोलाले बगाएर ल्याएको अवस्थामा इलाका प्रहरी कार्यालय तोपगाछीमा सूचना प्राप्त भएको थियो। घटनास्थलमा पुगेको प्रहरी टोलीले शवको पहिचान सुसान शेर्पाका रुपमा पुष्टि गरेको हो। घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्याङ्जा,११ असार। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकामा घट्दो जनसंख्यालाई मध्यनजर गर्दै कम्तीमा दुई भन्दा बढी सन्तान जन्माउने प्रोत्साहन गर्ने भएको छ। पालिकाका अध्यक्ष खिमबहादुर थापाका अनुसार, यस्तो परिवारलाई बालबालिका पालनपोषणमा सहयोग उपलब्ध गराइनेछ। गाउँपालिकाले हालको ऋणात्मक जनसंख्या वृद्धिदर यथावत रहेमा ३० वर्षपछि जनसंख्या १७ हजार ९०० बाट घटेर ५ हजारमा झर्ने प्रक्षेपण गरेको उनले बताए । यो अवस्थालाई सम्हाल्न आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १० लाख रुपैयाँ बजेट छुट्याइएको उपाध्यक्ष सावित्रा कोइरालाले जानकारी दिइन्। गाउँपालिकाले खेतीयोग्य जमिन बाँझो राख्न नपाइने नीति पनि ल्याएको छ। खेती नगर्ने व्यक्तिलाई जरिवाना तिर्नुपर्नेछ भने चाहने किसानलाई अनुदान दिइनेछ। खेती गर्न नसक्नेको जमिन गाउँपालिकाले भाडामा…
धनकुटा,११असार। प्रहरीले महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा नगरपालिका-८ सान्ताङका ५२ वर्षीय खड्ग बहादुर राई रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार ५० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा राईलाई पक्राउ गरिएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
भैरहवा, ११ असार। रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि ५९ करोड १७ लाख बराबरको बजेट ल्याएको छ। मंगलबार १७ औं गाउँसभामा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले बजेट प्रस्तुत गर्दै आन्तरिक आय १ करोड ९६ लाख १२ हजार ८ सय ८४ रुपैयाँ, संघीय सरकारबाट ५१ करोड १४ लाख ९३ हजार १ सय १६ रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड २३ लाख ९४ हजार, बैंक मौज्दात २ करोड ५० लाख, जिल्ला समन्वय समितिबाट ७२ लाख गरी जम्मा ५९ करोड १७ लाख अनुमान गरेको बताए। पालिकाले शिक्षातर्फ ३ करोड, कार्यालय सञ्चालन र प्रशासनिक खर्चको लागि ९…