Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२७ चैत। प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पदमबहादुर बुढा र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। शुक्रवार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।पदोन्नतिसँगै उनीहरुलाई उपरथीको जिम्मेवारी औपचारिक रुपमा हस्तान्तरण गरिएको हो। कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृत तथा पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति रहेको थियो।

Read More

काठमाडौँ,२७चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता, कार्यकर्ता, सांसद र केन्द्रीय सदस्यहरुलाई अनावश्यक भिडभाड गर्न सिंहदरबार नजान निर्देशन दिएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार, शुक्रबार बसेको संसदीय दलको बैठकले अनावश्यक रुपमा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरुमा नेता,कार्यकर्ता, केन्द्रीय सदस्य र सांसदहरुलाई भिड नगर्न निर्देशन हो । बैठकले जनसम्पर्कको लागि प्रत्येक दिन एक जना केन्द्रीय सदस्य र एक जना सांसद केन्द्रीय कार्यालय बस्ने निर्णय समेत गरेको उनले बताए ।

Read More

काठमाडौं,२७ चैत। नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३३० जनाका लागि दरखास्त आह्वान गरेको छ। सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरुका लागि दरखास्त आह्वान गरेको हो । योग्य उम्मेदवारहरुले शुक्रवारदेखि वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ २ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । हेर्नुहोस् सूचना:

Read More

काठमाडौं,२७चैत। संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पहिलो चरणका कार्यक्रम सार्वजनिक गरेका हुन्। घोषित कार्यक्रमअनुसार चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रिया, चैत ३० देखि वैशाख ४ गतेसम्म देशभरका क्याम्पसमा छलफल तथा अन्तरक्रिया, र वैशाख ५ गते पूर्व विद्यार्थी नेता तथा सांसदहरुसँग संवाद गर्ने योजना छ। त्यसपछि वैशाख ७–९ गते क्याम्पसमा ब्यानर राख्ने, पर्चा बाँड्ने र हस्ताक्षर संकलन गर्ने कार्यक्रम तय गरिएको छ। त्यस्तै बैशाख ११ गते विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र दिने, वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र वैशाख १५ गते काठमाडौँको बालुवाटारसहित देशभर कापी–कलमसहित…

Read More

काठमाडौं,२७ चैत। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। दुईजना मन्त्री थप्दै उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। यससँगै मन्त्रिपरिषद् १६ सदस्यीय बनेको छ। ​नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्। उनीहरुले आजै राष्ट्रपति भवनमा आयोजित समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

Read More

काठमाडौं,२६चैत। प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। पार्टी सभापति रवि लामिछानेले अनुशासन समितिको सिफारिस पश्चात मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन प्रधानमन्त्री शाहलाई पत्राचार गरेपछि प्रधानमन्त्रीले श्रममन्त्रीलाई पदमुक्त गरेका हुन्। साहले पत्नी जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्य पुनः नियुक्ति गर्ने विवादित निर्णय गरेपछि आलोचना भएको थियो ।

Read More

काठमाडौं,२६ चैत। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक हाजिर जमानीमा रिहा भएका छन्। सर्वोच्च अदालतको आदेशअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले ओली र लेखकलाई परिवारको जिम्मा लगाएर हाजिर जमानीमा रिहा गरेको हो। छाडेको हो। सरकारी वकिलको सहमतिमा आवश्यक परेको बेला उपस्थित हुनेगरी ओली र लेखकलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले बताए । त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री ओली हिरासतमुक्त भएपनि उनी केही समय अस्पतालमै रहनेछन्। भदौ २३र२४ गते जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि प्रहरीले दुवैजनालाई पक्राउ गरेको थियो ।

Read More

भैरहवा, २६ चैत। रुपन्देही प्रहरीले तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित सीएमजी क्लब क्यासिनोबाट ६ जनालाई नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही बरहथवा नगरपालिका–८ का ३१ वर्षीय मुकेश कुमार श्रेष्ठ, ललितपुरको गोदावरी नगरपालिका–१५ का ४१ वर्षीय अजय केसी, बुटवल उपमहानगरपालिका–१२ का ३५ वर्षीय गोबिन्द शर्मा, सोही पालिका वडा नम्बर ११ का ३६ वर्षीय चन्दप्रसाद श्रेष्ठ, सोही पालिका वडा नम्बर ९ का ३५ वर्षीय बासुदेव गौतम र ३५ वर्षीय कृष्ण गौतम रहेको प्रहरीले जनाएको छ। रुपन्देहीस्थित विभिन्न क्यासिनोहरुमा चेकजाँचको क्रममा बुधवार राती उक्त क्यासिनोबाट ६ जना नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दले जनाए ।…

Read More

काठमाडौं,२५ चैत। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क असुल्ने निजी विद्यालयलाई कानुनअनुसार कारबाही गर्न गृह प्रशासन र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले तीन दिन अघि बढी शुल्क लिने र शैक्षिक सत्र सुरु हुनुअघि भर्ना लिने कार्य रोक्न निर्देशन दिएको थियो। तर, अझै पनि केही विद्यालयले गैरकानुनी रुपमा शुल्क असुलिरहेको गुनासो आएपछि शिक्षा ऐन २०२८ अनुसार त्यस्ता शुल्क विद्यार्थीलाई फिर्ता गर्न पुन: निर्देशन दिइएको हो। ‘कुनै पनि विद्यालयले यो निर्देशनभन्दा अन्यथा गरेको पाइएमा सोही ऐनको दफा १६६ (७) को प्रावधान तथा अन्य प्रचलित कानुन बमोजिम थप कारबाही प्रक्रिया अगाडि बढाउन पर्ने अवस्था भए गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन…

Read More

काठमाडौं,२५ चैत। सरकारले सार्वजनिक यातायातको भाडादर बढाउने निर्णय गरेको छ। इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकहरुलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। त्यस्तै मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ। यो निर्णयसँगै अब सर्वसाधारणले यात्रा गर्दा र सामान ढुवानी गर्दा बढेको नयाँ दर अनुसार शुल्क तिर्नुपर्नेछ । यातायात व्यवस्था विभागले भाडा समायोजनको स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको थियो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले…

Read More