


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ६ चैत। लुम्बिनी प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ। बिहीवार बिहान ८ बजेबाट सुरु हुने परिक्षामा प्रदेशमा ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुने भएका छन्। व्यवस्थित रुपमा परीक्षा सञ्चालन गर्न ३ सय ४८ परीक्षा केन्द्र तोकिएको छ भने ८ हजार ६ सय कर्मचारी परिचालन हुने लुम्बिनी प्रदेश सरकारले जनाएको छ। शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार परीक्षाको आवश्यक तयारी सबै पुरा भएको छ। ‘परीक्षा सञ्चालनका लागि गर्नुपर्ने सबै तयारी पुरा भएको छ’उहाँले भन्नुभयो,‘अव विद्यार्थीहरु परीक्षा केन्द्रमा पुग्न र ढुक्क भएर जाँचमा बस्न मात्रै बाँकी छ।’ यस वर्ष रुपन्देही मा…
काठमाडौं ६ चैत। काठमाडौं ६ चैत। सरकारले चैत २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । त्यस्तै बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान्न सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता…
काठमाडौं, ६चैत। गृह मन्त्रालयले सात जना प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिव र एक जना उपसचिवको सरुवा गरेको छ। साथै, एक जना सहसचिवको पदस्थापना गरेको छ। गृहमन्त्री रमेश लेखक स्तरीय निर्णयबाट बुधबार उनीहरुको सरुवा र पदस्थापना गरिएको हो। सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तुको सीडिओ बनाइएको छ भने त्यहाँ रहेका विश्वराज अर्याललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै भविश्वर पाण्डेलाई नवलपरासी पूर्वको जिल्लाको कमाण्डको दिइएको छ। नवलपरासी पूर्वका सीडिओ अरुण पोखरेललाई त्यहाँबाट गृहमन्त्रालय ल्याइएको छ। कसको सरुवा कहाँ ? हेर्नुहोस् सूची :
भैरहवा, ६ चैत। नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा बुधवार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुलुकबाट आयात हुने वस्तुमा अतिरिक्त शुल्क लगाउँदा विभिन्न मुलुक सशंकित भएका छन्। ट्रम्पकै गतिविधीका कारण विभिन्न मुलुक तथा लगानीकर्ता सुनको लगानीप्रति आकर्षित भएकोले सुनको मूल्यमा वृद्धि भइरहेको बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३ हजार डलर नाघेको छ । बुधवार चाँदी प्रतितोलामा ५ रुपैयाँ घटेको…
काठमाडौं, ६ चैत। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति संसदमा क्षमा याचना मागेका छन्। सचेतक घिमिरेले गत चैत ३ गते संसदको विशेष समयमा बोल्दै यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए। त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो। बुधवार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा याचना मागेका छन्। उक्त अभिव्यक्तिप्रति बुधवारको बैठकमा घिमिरेले उक्त धारण पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको पनि बताए। ‘मैले व्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन्। यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि…
काठमाडौं, ६ चैत। पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् । शाहका सम्वाद सचिव डा.फणीराज पाठकले बुधबार सूचना जारी गर्दै पूर्वराजा शाह यसैसाता गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जान लागेको जनाएका छन्। गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।
भैरहवा, ६ चैत। रुपन्देहीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २२ हजार ९ सय ७५ जना विद्यार्थी सहभागी हुने भएका छन्। नियमित (साधारण धारतर्फ) १७ हजार ५ सय १८ जना, साधारण धारतर्फ ग्रेडवृद्धि (पुरानो र नयाँ) ४ हजार ९ सय ३९ र प्राविधिक धारतर्फ ५१८ जना परीक्षार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रुपन्देहीले जनाएको छ। विगतको वर्ष भन्दा यस वर्ष जिल्लामा परीक्षार्थीहरुको संख्या बढेको छ । इकाइ प्रमुख माधव वन्जाडेका अनुसार रुपन्देहीमा गतको वर्ष भन्दा यस वर्ष ३ हजार २ सय ८० बढी विद्यार्थीहरु एसईईमा सहभागी हुने भएका छन् । यस वर्ष चैत ७ देखि १७ गतेसम्म एसईई…
काठमाडौं, ५ चैत। नेपाल प्रहरीको कल्याण कोष संचालन कार्यविधि संशोधन गर्ने निर्णय भएको छ। प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पोलिसि कोओर्डिनेशन कमिटि (पिसिसि) बैठकमा प्रहरी कल्याण कोष संचालन कार्यविधि संशोधन गर्ने व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई निर्देशन दिने निर्णय गरिएको हो। नेपाल प्रहरी कल्याण कोषबाट सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई प्रदान गर्ने सेवा सुविधामा वृद्दि गर्ने तथा प्रदान गरिने ऋण रकममा ब्याजदर घटाउने सन्दर्भमा आवश्यक अध्ययन गर्नुका साथै प्रहरी कल्याण कोष संचालन कार्यविधि, २०८० को समयानुकुल संशोधन तथा परिमार्जन गर्नको लागि सिफारिस समिति गठन गर्न निर्देशन दिइएको छ । बैठकमा प्राप्त भएको…
काठमाडौं, ५ चैत। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले युक्रेनी सेनाको नियन्त्रणमा रहेका साता नेपालीलाई स्वदेश फर्काउन युक्रेनी समकक्षीसँग आग्रह गरेकी छिन्। भारतको नयाँ दिल्लीमा आयोजित रायसिना संवादमा युक्रेनी समकक्षी एन्द्री सिबिहासँग उनले आग्रह गरेकी हुन् । आफ्ना नागरिक रुसी सेनामा भर्तीको नीति नेपालको नरहेको भन्दै मानव तस्करमार्फत नेपाली रुसी सेनामा भर्ती भएको उनले जानकारी गराएकी थिइन्। युक्रेनी विदेशमन्त्रीले कानुनी प्रक्रिया पुरा गरेर उनीहरुलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। परराष्ट्रमन्त्री राणाले नेपालले संयुक्त राष्ट्रसंघिय मानवअधिकार परिषद्को सदस्य लगायतमा उम्मेदवारी दिएका त्यसमा सहयोगका लागि युक्रेनसँग आग्रह गरेकी छिन्।
सप्तरी, ५ चैत। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत मंगलबार राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा अर्काको नाममा मतदान गर्न पुगेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। निर्वाचनमा अर्काको नाममा मतदान गर्न आएका शिवकान्त मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए। मंगलबार सप्तरीसहित देशका विभिन्न जिल्लाका क्याम्पसमा स्ववियु निर्वाचन भएको छ भने विवादका कारण केही क्याम्पसमा स्थगित गरिएको छ।