Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ७ फागुन । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुम्बई, मालाड वेष्टका ३६ वर्षीय राहुल चतुर्वेदी रहेको प्रहरीले जनाएको छ । श्रीएयर विमानको उडान मार्फत भैरहवाबाट काठमाण्डौं जान लागेका चतुर्वेदीको साथबाट ९ लाख २४ हजार सात ७ सय भारतीय रुपैयाँ, एक हजार यूएस डलर र ९ सय ६० संयुक्त अरब इमिरेट्स दिर्हाम विदेशी मुद्रा बरामद भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी जर्नादन जिसीले बताए । उनका अनुसार बरामद विदेशी मुद्रा र पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

Read More

भैरहवा, ७ फागुन । नेपाल विद्यार्थी संघ रुपन्देहीले रोहिणी गाउँपलिकाका कर्मचारीलाई कारवाही नभए आन्दोलनको आशय व्यक्त गर्दै थप सशक्त रुपमा प्रस्तुत हुने चेतवानी दिएको छ । गत फागुन ५ गते पालिकामा भएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै संघले बुधवार विज्ञप्ती जारी गर्दै पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मधुप्रसाद घिमिरेलाई तत्काल निष्कासन गरी थप कारवाहीको माग गरेको छ । कार्यपालिका बैठकमा रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानले असंवैधानिक तरिकाले गठित शिक्षा समितिको विरोध गर्दै आफ्नो कुरा राख्दा कर्मचारी र जनप्रतिनिधीबीच भनाभन हुँदा शाखा प्रमुख घिमिरेले ‘त फुच्चेले मलाई सिकाउनु पर्दैन’ भन्दै धक्कामुक्की गर्न खोज्दा भएको घटनाप्रति संघले भत्र्सना गर्दै आपत्ति…

Read More

भैरहवा, ६ फागुन । भारतको ओडिसा राज्य स्थित भुवनेश्वर प्रहरीले केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित पक्राउ गरेका पाँच जना कर्मचारीहरु धरौटीमा रिहा भएका छन् । विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्यु पछि नेपाली विद्यार्थीहरुलाई कुटपिट गर्दै कलेज छाड्न दवाव दिईएको थियो। जससम्बन्धमा अनुसन्धानका लागि प्रहरीले मंगलबार बिहान दुई जना सुरक्षा गार्ड रमाकान्त नायक र जोगेन्द्र बेहरालाई पक्राउ परेको थियो । साथै, मंगलबार साँझ विश्वविद्यालयका मानव संशाधनमा कार्यरत महानिर्देशक ५९ वर्षीय शिवानन्द मिश्र, प्रशासन निर्देशक ५१ वर्षीय प्रतापकुमार चम्पति र छात्राबास निर्देशक ५९ वर्षीय सुधिर कुमार राठ गरी पाँच जनालाई पक्राउ गरेर अदालत पठाएको थियो । भुवनेश्वरस्थित न्यायिक मजिस्ट्रेट प्रथम श्रेणी–२ अदालतले…

Read More

भैरहवा, ६ फागुन । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा दाङले जीत हात पारेको छ । मंगलबार भएको खेलमा बर्दियालाई ५४ रनले पराजित गर्दै दाङले जीत हात पारेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङ गरेको दाङले निर्धारित ५० ओभरमा ३२ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय १६ रन बनायो । दाङका लागि करण जीएमले २३ र सुशान्तसिंह थापाले २२ रन बनाए । बलिङमा बर्दियाका सनम बुढा र अनुल कँडेलले ३–३, नितेश न्यौपानेले २ तथा सौगात खत्री र निर्मल गुरुङले १–१ विकेट लिए । जवाफी ब्याटिङ गरेको बर्दिया २५ ओभर ५…

Read More

काठमाडौं, ६ फागुन । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिएका छन्। प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले त्यागले कसैको कद सानो नहुने बताएका छन्। उनले आफूहरुले राजगद्दी त्यागे पनि व्यवस्था बदलियो भन्नेहरूले अवस्था बदल्न नसकेको आरोप लगाए। अहिलेको व्यवस्थाले इतिहासलाई नास गरेर पहिचानको पनि अपमान गरिरहेको उनको आरोप छ। उनले शुभकामना सन्देशमा भनेका छन्- ‘प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्छ। जनताको भरोसा बढाउने प्रणाली हुनुपर्छ। आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुसी र सुखी बनाउने । सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो। व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी…

Read More

दाङ, ६ फागुन । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सभाको पाँचौं (हिउँदे) अधिवेशन अन्त्य गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते मंगलबार राति १२ः०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । सोही आधारमा प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभामा सूचना पठाएको छ । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) अनुसार प्रदेश सभा सदस्यहरुलाई जानकारी गराउन सूचना प्रकाशन गरिएको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।…

Read More

काठमाडौं, ६ फागुन । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित गरिएको छ । परियोजना स्थगनको सम्बन्धमनेपाल सरकारलाई गत फागुन २ गते इमेल मार्फत जानकारी प्राप्त भएको आएको अर्थ मन्त्रालयले जनाएको छ । ०७४ भदौ २९ गते नेपाल सरकार र एमसीसीबीच परियोजना कार्यान्वयनबारे सम्झौता भएको थियो । सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ । यसअघि अमेरिकी सहयोग नियोग (युएसएड) का परियोजना ९० दिनका लागि स्थगित गर्न भन्दै अमेरिकी सरकारले पत्राचार गरेपछि ती कार्यक्रमको काम रोकिएको थियो…

Read More

भैरहवा, ६ फागुन । भारतको ओडिसा राज्य प्रहरीले केआईआईटी विश्वविद्यालयका थप तीन जना कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले यस अघि मंगलबार बिहान दुई जना सुरक्षा गार्ड रमाकान्त नायक र जोगेन्द्र बेहरालाई पक्राउ गरेको थियो । विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्यु पछि नेपाली विद्यार्थीहरुलाई कुटपिट गर्दै कलेज छाड्न दवाव दिईएको थियो। घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको भुवनेश्वर प्रहरीले जनाएको छ। ओडिसा टेलिभिजनको अनलाईन संस्करणमा प्रकाशित समाचार अनुसार प्रहरीले मंगलबार साँझ विश्वविद्यालयका मानव संशाधनमा कार्यरत महानिर्देशक ५९ वर्षीय शिवानन्द मिश्र, प्रशासन निर्देशक ५१ वर्षीय प्रतापकुमार चम्पति र छात्राबास निर्देशक ५९ वर्षीय सुधिर कुमार राठलाई पक्राउ गरेको छ ।…

Read More

भैरहवा, ६ फागुन । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत भैरहवाकी छात्रा प्रकृति लम्सालको मृत्युपछि उनका बुवा सुनिल लम्साल छोरीको मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न अपिल गरेका छन् । भारतीय समाचार एजेन्सी एनएआईसँग कुराकानी गर्दै उनले न्यायको माग गरे । ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना आफूले पाएको उनले बताए । उनले भने, ‘हामीलाई यति सूचना छ कि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङले गर्दा सुसाइड गरेको हो । बाँकी हामीलाई केही थाहा छैन । आधिकारिक रुपमा अरू केही पनि भनिएको छैन ।’ आफू आएपछि विश्वविद्यालयले समन्वय गरिरहेको उनको भनाई छ । ‘हिजो युनिभर्सिटीसँग कुरा भएको थियो ।…

Read More

भैरहवा, ६ फागुन । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा भएका चोरीका घटनाको आरोपमा तीन जना भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका-२ पकडीका २५ वर्षीय रामनारायण यादव, सिद्धार्थनगर नगरपालिका-५ का २८ वर्षीय प्रदिप कान्दु, भारतको महाराजगंज जिल्लाका १८ वर्षीय शैलेश दुसाद, सोही स्थानका २३ वर्षीय पंकज सिंह र महाराजगंज जिल्ला नौतनवाका ३३ वर्षीय राहुल कुमार जैसवाल रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुमाथी भैरहवासहित विभिन्न स्थानमा चोरी गरेको र घटनामा संग्लनको आरोप छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक महेन्द्र सेनका अनुसार पक्राउ परेका व्यक्तिहरुको साथबाट सुन जस्तो देखिने पहेलो धातुको डल्ला…

Read More