Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

ताप्लेजुङ, ४ फागुन । पाथीभारा क्षेत्रमा हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा गएराति हिमपातसँगै चिसो बढेको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बर्सेनी हिउँ परेपछि पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताए। यो वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन । वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलुलगायत बालीनाली फष्टाउन नसकेको स्थानीय बताउँछन्।

Read More

बागलुङ, ४ फागुन । बागलुङको निसीखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ। प्रहरीका अनुसार रुकुम पूर्वबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग१क ६१८९ नम्बरको टिपर निसीखोला गाउँपालिका ६ लामिडाँडा स्थित सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा गुल्मीको इस्मा गाउँपालिका ३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए। टिपर सडकबाट करिब २०० मिटर तल खसेको छ।

Read More

भैरहवा, ४ फागुन । भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार आइतबार बिहान भएको घटनामा कैयौँ मानिस घाइते छन्। लोकनायक अस्पताल (एलएनजेपी) का सीएमएस रितु सक्सेनाले नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको बताएकी छिन्। रेलमन्त्री अश्विनी वैष्णवले नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड भएको बताएका छन्।

Read More

भैरहवा, ३ फागुन । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । निगमको संचालक समितिको बैठकले शनिबार मध्यरात देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा घटबढ गरेको हो। निगमका अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँले बढेको र डिजेल/मट्टीतेलमा ४ रुपैयाँले घटेको हो। यस्तो छ मूल्यसूची:

Read More

पोखरा,३ फागुन। पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई थप उपचारको लागि काठमाडौं लगिएको छ। पोखराको स्थानीय अस्पतालमा समान्य उपचार गरेर  हेलिकप्टरबाट थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको हो ।  शनिवार पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका थिए।

Read More

पोखरा, ३ फागुन। पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । शनिवार पोखरा प्रदर्शनी केन्द्रमा पौडेलले समारोह उद्घाटन स्वरुप बेलुनको झुत्तो उडाउन लागेका थिए। झुत्तो पोखराका मेयर आचार्यले मन्त्री पौडेललाई हस्तान्तरण गर्दा गर्दै नजिकै झिलझिल बालिएको आगोले टिपेको थियो। त्यही आगोले बेलुनको झुत्तो पड्किएपछि दुर्घटना भएको हो। हाइड्रोजन ग्याँस भरिएको बेलुनको झुत्तो पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई पनि सामान्य चोट लागेको हो।उनीहरु दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ । हाइड्रोजन अत्यन्तै प्रज्ज्वलनशील पदार्थ मानिन्छ। निकै हल्का पदार्थ हुने भएकाले बेलुन उडाउन यसको प्रयोग हुन्छ। पर्यटनमन्त्री…

Read More

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)हरुको भेटवार्ता भएको छ । भेटवार्तामा पूर्वआईजीपीहरुले प्रस्तावित प्रहरी ऐनमा उल्लेख भएका केही बुँदाहरु सच्याउनुपर्ने माग गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्दै पूर्वआईजीपीहरुको समूहले विवादित केही बुँदाहरु हटाउनुपर्ने माग राखेका हुन् । पूर्वआईजीपी मोतिलाल बोहोराका अनुसार मुख्यगरी दुई विषयहरु (गृहको नियन्त्रण तथा परिचालन र सुपरीवेक्षण) विषय सच्याउन माग गरिएको छ । ‘गृहका कर्मचारीले समेत प्रहरी परिचालन गर्नसक्ने राखिएका बुँदाहरु करेक्सन गर्नुपर्ने भनेर हामीले भनेका छौं’, पूर्वआईजीपी बोहोराले भने, ‘प्रधामन्त्रीले पनि करेक्सन हुने आश्वास दिनुभएको छ ।’ जवाफमा ओलीले संसदमा विद्येयक दर्ता भएको र छलफल हुन…

Read More

रौतहट, २ फागुन । नेपालबाट भारतमा गाँजा तस्करी गरेको आरोप पक्राउ परेका एक नेपाली युवक भारतीय प्रहरीको हिरासतबाट फरार भएका छन् । बिहीवार भारतको सीमा सीमा सुरक्षा बल (एसएसबी) ले रौतहट मौलापुर नगरपालिका पिपरिया गाउँका २५ वर्षीय लक्ष्मी नारायण साहलाई ४३ किलो गाँजासहित पक्राउ गरेको थियो । साथै, उनले तस्करीमा प्रयोग गरेको बिआर १ पिबी ०१११ नम्बरको कार सहित, गाँजा र पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि बिहारको मोतीहारी जिल्ला झरौखर थानालाई बुझाएको थियो । भारत बिहार मोतीहारी जिल्ला झरौखर थानाको नियन्त्रणमा रहेका उनी शुक्रवार बिहान फरार भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतको मोतिहारी जिल्ला नेपालको रौतहट र बारा…

Read More

भैरहवा, २ फागुन । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको छ । रोहिणी गाउँपालिका–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा गएराति तोडफोड भएको हो । पालिका अध्यक्ष यादवका अनुसार तोडफोडले गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साइडको सिसा फुटेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धरान, १ फागुन । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले प्रेम जोडीहरुलाई पनि खानेपानीको पाइप तान्न आउनका लागि आग्रह गरेका छन्। उनले प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने सबै जोडीहरु पाइप तान्न आग्रह गरेका हुन्। उनले आज सामाजिक सञ्जालबाट भनेका छन्,‘यसपालि चाहिँ प्रेम जोडीहरु पनि पाइप तान्न आउनु होला, आफ्नो प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने जति जोडीहरु सबै आउनु होला।’ अहिले सप्ताहव्यापी रुपमा मनाइने प्रणय दिवस वा प्रेम दिवस (भ्यालेन्टाइन डे) चलिरहेको छ।

Read More