Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेसमेत विरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा तेस्रो दिन थुनछेक बहस सुरु भएको छ । न्यायाधीय प्रल्हाद कुमार योगीको इजलासमा बिहीवार देखि जारी थुनछेक बहस आइतबार पनि सुरु भएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले जानकारी दिए । शुक्रवार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर आइतबार बिहान साढे १० बजे हाजिर हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा पठाइएको थियो। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसमेतलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता भएपछि गत…

Read More

भैरहवा, १२ माघ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले शुक्रवार प्रहरी अधिकृतहरुको सरुवा,बढुवा र पदस्थापन गरेको छ । नेपाल प्रहरीले शुक्रवार मध्यरातमा १७ एसपी र १८ एसएसपीको सरुवा, २५ एसएसपीको पदस्थापन गरेको छ भने ३७ डीएसपीको एसपीमा बढुवा सिफारिस गरेको छ । यस्तै सशस्त्र प्रहरी बल नेपालले पनि ९० जना एसपीहरुको सरुवा गरेको छ । मध्यरातमा निकालिएको सूचीले कोही अधिकृत हर्षित त कोही दु:खी भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी विश्व अधिकारी र रमेश कुमार बस्नेतबीचको प्रतिस्पर्धाले एसएसपी पदस्थापन समेत ढिलाई भएको अवस्थामा शुक्रवार मध्यरातमा अधिकारीलाई परिसर प्रमुख बनाईएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत बस्नेत…

Read More

भैरहवा, १२ माघ ।सशस्त्र प्रहरी बल नेपालका ९० जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा भएको छ। सशस्त्र प्रहरी नियमावलीको नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सशस्त्र प्रहरी महानिरीक्षकको निर्णयअनुसार एसपीहरुको सरुवा भएको हो । सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसपी मेखराज जोशीलाई सशस्त्र प्रहरी बल नं.२७ गण हे.क्वा. रुपन्देहीमा सरुवा गरिएको छ भने नं.२७ गणका एसपी आनन्द थापा (मगर) लाई महानिरीक्षकको सचिवालयमा लगेर राखिएको छ ।  त्यस्तै पश्चिम नवपरासी (नं.२७ गण) का प्रकाश वाग्लेलाई सशस्त्रको नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीमा लगेर थन्क्याईएको छ भने सशस्त्रको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय तालिम टिकापुरमा कार्यरत नेत्र केसीलाई…

Read More

भैरहवा, १२ माघ। नेपाल प्रहरीले ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरेको छ । बढुवाका लागि सिफारिस गर्न शुक्रवार बसेको बढुवा समितिको बैठकले ३७ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम २७ को उप-नियम (४) को प्रावधानअनुसार मध्यरातमा प्रकाशित सूचीमा कुलदिप चन्द, सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट, डिल्ली नारायण पाण्डेय, भेषराज रिजाल, दीपक श्रेष्ठ लगायत बढुवा सिफारिस भएका छन् ।  हेर्नुहोस् सूची: को-को परे बढुवा सिफारिसमा ? 

Read More

भैरहवा, १२ माघ।  नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई पदस्थापन र केहीको काज सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले एसएसपीहरुको पदस्थापन गरिएको हो ।  एसएसपी रमेश थापालाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरेर आईजीपीको सचिवालयमा काज सरुवा गरिएको छ भने अजय केसीलाई साइबर ब्युरोमा लगेर राखिएको छ । त्यस्तै एसएसपी अनुपमशम्शेर जबरालाई मानव श्रोत विकाश विभाग, नवराज अधिकारीलाई उपत्यका प्रहरी कार्यालय र कृष्ण कोइरालालाई प्रधान कार्यालय स्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा पदस्थापन गरिएको छ । होविन्द्र बोगटीलाई सीआईबी, विनोद सिलवाललाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र रन्जु सिग्देललाई महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन गरिएको छ । सन्तोष खड्कालाई…

Read More

भैरहवा, १२ माघ। नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । तीन अघि मात्रै चितवनको जिम्मेवारी सम्हालेका गौतम मिश्रलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा गरिएको छ । एसपी रामेश्वर कार्कीलाई सिन्धुपाल्चोकको प्रमुख बनाएर पठाईएको छ भने चितवनको कमाण्ड राजन लिम्बुलाई दिईएको छ । त्यस्तै दुर्गाराज रेग्मीलाई नुवाकोट, सन्तोष तामाङलाई बारा रसुरेश काफ्ले सर्वोच्च अदालतस्थित सुरक्षा प्रहरी इकाई, सुवास बोहरालाई सशस्त्र प्रहरी गण नक्सालमा सरुवा गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँमा अपिल बोहरा, जिल्ला प्रहरी कार्यालय इलाममा एकनारायण कोइराला र सामाखुसीस्थित पहरा गणमा कमल थापालाई पठाइएको छ । पर्सामा कार्यरत कुमोध ढुंगेललाई प्रहरी प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा…

Read More

भैरहवा,१२ मा । नेपाल प्रहरीका १८ जना एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) हरुको सरुवा भएको छ । शुक्रवार गृहमन्त्री रमेश लेखकको निर्णयले नेपाल प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा गरेको हो । मध्यरातमा निकालिएको सरुवा सूची अनुसार प्रहरी प्रदेश कार्यालय पोखरामा कार्यरत रहेका एसएसपी दिपक रेग्मीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ । बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौडामा दरबन्दी भएका एसएसपी विश्व अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा बनाईएको छ । काठमाडौँ परिसरमा कार्यरत वसन्त रजौरेलाई प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा पठाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत रमेश…

Read More

बैंकक, ११ माघ । वायु प्रदूषणका कारण बैंककका तीन सय ५२ विद्यालय बन्द भएका छन् । बैंककको समाचार संस्था बैंकक पोष्ट्का अनुसार मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरु जस्तै थाइल्यान्डलाई लामो समयदेखि प्रभावित गरेको छ । चिसो मौसम र बालीका लागि नल पराल जलाउने र कारको धुवाँबाट निस्केको धुवाँले वायु प्रदूषित हुँदा बालबालिकालाई विद्यालयहरुले बिदा दिएका हुन्। विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । आईक्यूएयरका अनुसार बिहीबार बिहानसम्म थाई राजधानी बैंकक विश्वको छैटौँ सबैभन्दा प्रदूषित प्रमुख सहर बनेको छ ।पीएम २.५ प्रदूषकको स्तर १२२ माइक्रोग्राम प्रति घनमिटर पुगेको आईक्यूएयरले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले २४…

Read More

भैरहवा, ११ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिंचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको तिलोत्तमाका कृषि शाखा प्रमुख दोमलाल भुसालले बताए । तेलहन पकेट कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नम्बर–८ ले २ लाख ५० हजार, उपभोक्ता किसानबाट २ लाख गरी जम्मा ४ लाख ५० हजारको लागतमा उक्त खेती गरिएको हो । विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा केही कमी आए पनि यस वर्ष बाँझो जमिन र अनुदानका तेलहन बिउले उत्पादन बढ्ने भएपछि तोरी खेती गर्ने किसानसमेत उत्साहित छन्…

Read More

भैरहवा, ११ माघ । रुपन्देहीको सियारी गाउँपालिकाको कार्यालय र प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम) नेपालले माछाको बजारीकरण र प्रवद्र्धनका लागि जलदेवी मत्स्य सहकारी संस्थालाई डिफ्रिज उपलब्ध गराएको छ । छपियाको माछाले नेपालमै ख्याती कमाएपनि फ्रिजको अभावका कारण बजारीकरणमा समस्या परेको विषयलाई मध्यनजर गर्दै फ्रिज उपलब्ध गराइएको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।उनका अनुसार पालिकाबाट १० वटा र सिडिएम नेपालसंगको सहकार्यमा ८ वटा गरी १८ बटा फ्रिज हस्तान्त्रण गरिएको छ । लुम्बिनी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, सिडिएम नेपालका उपाध्यक्ष जगन्नाथ प्रसाद कुर्मी, सल्लाहकार बिष्णु खरेल लगायतले सहकारीलाई उक्त फ्रिज हस्तान्त्रण…

Read More