


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २ कार्तिक । सरकारले शुक्रबार (आज) र शनिबार (भोलि) ५ वर्षका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन सुरु गरेका छ। रोहिणी गाउँपालिका कार्यालयका स्वास्थ्य शाखा प्रमुख रामनेवास प्रसाद चौधरीका अनुसार पालिकामा भिटामिन ए कार्यक्रममार्फत ६ महिनादेखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम संचालनमा छ। दुईदिने अभियानमा रोहिणी गाउँपालिकाका करिब ४ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चौधरीले जानकारी दिए । उनका अनुसार यो कार्यक्रमका लागि रोहिणी गाउँपालिका अन्तर्गत ७ वटा वडामा ९८ जना महिला स्वास्थ्य स्वयंसेविका खटिएका छन् । ‘प्रत्येक ६–६ महिनामा बालबालिकालाई भिटामिन ‘ए’ र…
भैरहवा, १ कार्तिक । मारवाडी सेवा संघ भैरहवाले काठमाडौंको पशपुति गौशाला धर्मशालामा गैरकानूनी हस्तक्षेप भएकोले मुद्दा किनारा नलागेसम्म हस्तक्षेप रोक्न माग गरेको छ । संघले बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै हस्तक्षेप रोक्न आवश्यक सहयोग गरिदिन आग्रह गरेको हो । मारवाडी सेवा समिति नेपालद्वारा सञ्चालित श्री पशुपति गौशाला धर्मशालाको प्रांगणमा असोज २३ गते भएको घटनाले मारवाडी समाजको इतिहासमै अत्यन्तै भयभित एवं कहालीलाग्दो घटना भएको मारवाडी सेवा संघ भैरहवा, रुपन्देहीका उपाध्यक्ष अरुण कुमार अग्रवालले बताए । उनले भने, ‘यो घटनाले हाम्रो सम्पूर्ण समाज डर त्रासको भयले अत्यन्तै चिन्तित छ । घटनापश्चात हाम्रा समाजका व्यक्तिहरुलाई निजी धनसम्पत्ति…
भैरहवा,१ कार्तिक। बुद्ध एयरको माउन्टेन फ्लाइटमा गएको जहाजमा प्राविधिक समस्या देखिएको छ। बिहीबार बिहानको उडान नम्बर १०० बाट उडान गरेको नाइन एन एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाईभर्ट गरी काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराइएको बुद्ध एयरले जनाएको छ। बुद्ध एयरले यस बारेमा जानकारी दिँदै भनेको छ-‘आज बिहान उडान नम्बर १०० नाइन एन एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाईभर्ट गरी काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। हाम्रो प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेको छ।’
सुर्खेत, १ कार्तिक। कर्णाली प्रदेश सरकारले असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) अवसरमा आज (बिहिवार) सार्वजनिक बिदा दिएको छ। यस वर्ष असोज ३० र कात्तिक १ गते दुई दिन पूर्णिमा परेको छ । कर्णाली प्रदेश सरकारको बैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कोजाग्रत पूर्णिमा प्रदेशभर बिदा दिने निर्णय गरेको थियो। जसअनुसार बिहिवार प्रदेशमा बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
भैरहवा, १ कार्तिक। नेपाली कांग्रेस क्षेत्र नम्बर ३ रूपन्देहीले पूर्व क्षेत्रीय कोषाध्यक्ष बाबुराम भट्टराईको निधनमा पाल्पाको अर्गलीमा शोकसभा गरको छ । सामाजिक, शैक्षिक तथा राजनैतिक व्यक्तित्व तथा पार्टीका पूर्व क्षेत्रीय कोषाध्यक्ष भट्टराईको ६८ वर्षको उमेरमा पाल्पाको तानसेन नगरपालिका–१४ स्थित अर्गलीमा निधन भएको थियो । उनको निधन भएको नवौं दिनको पुण्यतिथिमा सोमबार कांग्रेस रुपन्देही–३ ले शोकसभा गरेका हो । कांग्रेस क्षेत्रीय सभापति एवं युवा नेता सुशील गुरुङको सभापतित्व तथा पार्टीको नेता, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाको आतिथ्यतामा शोकसभा भएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले स्वर्गीय भट्टराईको पाल्पाका साथै रुपन्देहीमा सामाजिक, शैक्षिक क्षेत्रको विकास मात्र नभइ कांग्रेसको…
भैरहवा,१कार्तिक। रुपन्देहीको देवदह नगरपालिकामा श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन्। प्रहरीका अनुसार देवदह नगरपालिका-९ नौडाँडा टोलका दशरथ चौधरीले पारिवारिक झगडामा कान्छी श्रीमती सुनिता भट्टराई चौधरीलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए। घाइते चौधरीलाई उपचारका लागि अस्पताल लगिएको थियो । देवदह मेडिकल कलेजमा उपचारको सुनिताको मृत्यु भएको र उनका श्रीमान दशरथलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
भैरहवा,३०असोज। रुपन्देहीको भैरहवा चारवटा टेष्ट राष्ट्रसहित पाँच देशका क्लबहरुबीच क्रिकेट प्रतियोगिता हुने भएको छ। नेक्सस क्रिकेट एकेडमीको आयोजनामा पर्यटन बोर्डको प्रवद्र्धन र सिद्धार्थनगर नगरपालिकाको सहकार्य कार्तिक ३ गते देखि भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बिपी कोइराला स्मृति कप टी-२० क्रिकेट प्रतियोगिता हुने भएको हो। आयोजकले बुधवार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको छ। उक्त प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ। प्रतियोगिता दक्षिण एशियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल सहित ५ देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागितामा हुने आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले जानकारी दिए। नेपाली क्रिकेट विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रबर्द्धन गर्ने…
बुटवल,३० असोज। रुपन्देहीको जीतगढी सराय व्यवस्थापन समिति बुटवल-१३ ले दसैंको पूर्णिमाका दिन सराय नाच प्रदर्शन गर्ने भएको छ । विगतका वर्षहरुमा जस्तै असोज ३० गते पूर्णिमामा सराय नाच देखाउन लागिएको समितिले जनाएको छ । समितिका अध्यक्ष खिमबहादुर थापाले ऐतिहासिक लोपोन्मुख सराय नाच संरक्षणका लागि सराय नाच प्रदर्शन गर्न लागिएको बताए । ०७० सालदेखिदेखि गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठानबाट बसाईं सरेर बुटवल आएकाहरुको पहलमा सराय नाच राखिएको अध्यक्ष थापाले बताए । सराय नाच संरक्षण गर्न बुटवल उपमहानगरपालिका र प्रदेश सरकारबाट सहयोग भएको छ । सराय नाचमा नेपाली सेनाको एक टुकडीले विशेष प्रदर्शन समेत गर्नेछ । समितिका सचिव पिताम्बर भण्डारीले दिउँसो १ बजेदेखि…
काठमाडौं, २९असोज। मुलुकभरमा डेंगु तीव्र रुपमा फैलिदै गएको छ। जसकारण संक्रमितको संख्या पनि दिनहुँ बढ्दै गएको छ। ईपिडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार ७६ जिल्लामा फैलिएको डेंगु संक्रमितको संख्या १९ हजार पाँच ९९ पुगेको छ भने ९ जनाको मृत्यु भएको छ। काठमाडौंमा ३ हजार १०३ जनामा डेंगु संक्रमण देखिएसँगै संक्रमण सबैभन्दा बढी काठमाडौं प्रभावित भएको छ। त्यस्तै कास्कीमा २ हजार ८४७ जना ,तनहुँमा २ हजार १०७ जना, पर्वतमा १ हजार ५६२ जना,चितवनमा ९ सय ७१ जना, ललितपुरमा ८२७, गोरखामा ५८८, बाग्लुङमा ६ सय १०, भक्तपुरमा ३५५ र स्याङ्जामा ३३५ जनामा डेंगु सङ्क्रमण देखिएको महाशाखाले जनाएको छ ।
भैरहवा,३०असोज। नेपालको स्थानीय बजारमा रेकर्ड तोड्दै सुनको मूल्य आकाशिदै गएको छ। बुधवार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य बढेर प्रतितोला सुन १ लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिले सम्मकै उच्च मूल्य हो। मंगलबार सुन प्रतितोल १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५०० सयमा कारोबार भएको थियो। सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १९२५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी बुधवार प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।