Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १६ असार। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढेको हो। मूल्य बढेसँगै भलवारी, चारआली, विराटनगर, जनकपुर अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र विरगंज वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६६, काठमाडौं, पोखरा, दिपायल वरपर प्रतिलिटर १६७ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजल र मट्टीतेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५७, सुर्खेत र दाङ वरपर १५६ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी,…

Read More

डोल्पा, १६ असार । डोल्पाको चारवटा विद्यालयमा सेनेटरी प्याड भेन्डिङ्ग मेसिन उपलब्ध गराइएको छ । ठूलीभेरी नगरपालिकाद्धारा नगरको ४ वटा श्री आदर्श माध्यामिक विद्यालय, विद्यामन्दिर मा.वि., लक्ष्मी मा.वि. र सरस्वती मा. विद्यालयमा मेसिन उपलब्ध गराएको हो । ठूलाभेरीका नगर प्रमुख स्ववर्ण बुढा र निमित्ति प्रमुख प्रशासकीय अधिकृत सन्तोष खड्काले विद्यालयमा गएर मेसिनका साम्रगी उपलब्ध गराएका हुन् । महिनावारी भएको बेला विद्यालयका छात्राहरु तथा शिक्षिकाको सहजताका लागि मेसिन उपलब्ध गराइएको नगरपालिकाका निमित्ति प्रमुख प्रशासकीय अधिकृत सन्तोष खड्काले बताए । सेनेटरी प्याड मेसिन जडान भएपछि महिनावारी भएको बेला स्कुल छाड्नपर्ने छात्राहरुको बाध्यता हट्ने नगरपालिकाले विश्वास लिएको छ ।

Read More

भैरहवा, १६ असार । प्रदेशस्तरीय स्नुकर प्रतियोगिताका विजेता सहितका खेलाडीलाई भैरहवामा सम्मान गरिएको छ । वान ब्लेक विल्लियर्डसद्धारा एक कार्यक्रमको आयोजना गरेर सिद्धार्थनगर नगरपालिकाबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भई प्रथम भएका र सहभागी खेलाडीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रतियोगिताका विजेता शिशिर गुरुङ, राईजिङ खेलाडीको उपाधी पाएका रितेश चौधरी, अर्जुन थापा र प्रकाश कोइरालालाई सम्मान गरिएको वान ब्लेक विल्लियर्डसका संचालक सुमित भण्डारीले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष कुमार गुरुङले खेलको माध्यमले प्रदेशस्तरीय प्रतियोगितामा सिद्धार्थनगरको नाम उच्च राख्न सफल भएकोमा खेलाडीहरुलाई बधाई दिदै खेल क्षेत्रको समृद्धिका लागि आफुहरु लागेको र लागिरहने प्रतिवद्धता…

Read More

भैरहवा, १५ असार। भैरहवामा ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ । जिल्ला वन कार्यालय रुपन्देहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा निर्माणधिन जिल्ला प्रहरी कार्यालयको भवन परिसरमा वृक्षारोपण गरिएको हो । भैरहवाको शान्तिनगर स्थित निर्माणधिन रहेको प्रहरी कार्यालयको भवन परिसरमा लिची, आँप, अमला, कटहर, बेलउती (अम्बा) निम, अशोक लगायत गरी चार सय पैतिस वटा विरुवा रोपण गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एवं सूचना अधिकारी मनोहर भट्टले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पर्यावरण संरक्षणका लागि खाली जग्गामा वृक्षारोपण गर्ने र वृक्षको संरक्षण गर्नमा प्रत्येक नागरिक गम्भिर बन्नुपर्ने…

Read More

भैरहवा, १५ असार। नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरेको छ । महासंघको सदस्यता विवादको टुंगो नलगाई निर्वाचन कार्यतालिका र मतदाता नामावली समेत प्रकासित गरेको विरोधमा युनियनले शनिबार नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा तालावन्दी गरेको हो । नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको नेतृत्वमा केन्द्रीय सदस्यहरु रेखा भुसाल, विजय पोखरेल, प्रदेश समितिका कोषाध्यक्ष सिपि खनाल सहित युनियन रुपन्देहीका पदाधिकारी सदस्यहरुले महासंघ रुपन्देहीको अध्यक्ष तथा पदाधिकारीको कार्यकक्ष, सचिवालय र बैठक कक्षमा तालावन्दी गरिएको युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी दिए । नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यालय भित्र महासंघ लुम्बिनी प्रदेशको समेत कार्यालय…

Read More

गुल्मी, १५ असार। गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । शुक्रवा राति भएको वर्षाका कारण मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटा स्थित घर पहिरोले पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली विक, बुहारी ३० वर्षीया सीता बिक, नातिनीहरु ७ वर्षीया सपना विक र २ वर्षीया विपना बिकको घटनास्थलमै मृत्यु भएको हो ।

Read More

भैरहवा, १५ असार । रुपन्देहीको भैरहवामा ‘भैरहवा युथ क्लब’ स्थापना हुने भएको छ । समाजका युवाहरुको सशक्तिकरण, विकास लगायत समाजिक कार्य गर्ने उद्देश्यले भैरहवाका युवाहरुले भैरहवा युथ क्लब स्थापना गर्न लागेका हुन् । शुक्रवार भैरहवामा बसेको बैठकले प्रवेश श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन भएको छ । जसको उपाध्यक्षमा शिव बस्याल, सचिवमा विक्रम ज्ञवाली, कोषाध्यक्षमा आकाश पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शान्ति आले, पूजा क्षेत्री, दिवस वि.क, मनिष तिवारी, सुदिप पाण्डे, उमर बादशाह खान र रोशन गुप्ता रहेका छन् । यस्तै टिका जी.सी, दीपक पाण्डे, राजाप्रताप शाही, बासु प्रधान र कृष्ण विश्वकर्मा सल्लाहकारमा चयन भएका छन् । ‘समाजमा देखिएका…

Read More

भैरहवा, १४ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार आरोपी प्रतीक थापा पक्राउ परेका छन् । उनलाई शुक्रवार बौद्धबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ प्रवक्ता एसपी नवराज अधिकारीले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाको संग्लनता देखिएपछि ०८० वैशाखमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएलग्त्तै उनी फरार भएका थिए । १४ महिनापछि उनी पक्राउ परेका हुन् । पक्राउ परेका थापा एमाले उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा (बादल) का छोरा हुन् । भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै बादल गृहमन्त्री हुदाँ मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने…

Read More

भैरहवा, १४ असार । सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ९ मा सिद्धार्थ टोल सुधार समिति गठन भएको छ । उक्त समिति गठनसँगै वडा नम्बर ९ मा टोल सुधार समितिको संख्या सात पुगेको छ । वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले समितिलाइ प्रमाणपत्र हस्तान्तरण गर्दै उद्देश्य अनुसार काम गरेर नगरमा नमुना वडा बनाउन आग्रह गरे । ‘टोल सुधार समितिहरु भनेको वडाको पखेटा हुन् । समितिले समाजिक हितका लागि धेरै कामहरु गर्ने छ भन्ने विश्वास लिएको छु’ उनले भने, ‘वडा विकासमा सबै हातेमालो आवश्यक छ र सबै एकसाथ अगाडी बढे हाम्रो वडा नगरमै नमुना वडा बन्नेछ ।’ अर्जुन भुसालको अध्यक्षतमा सिद्धार्थ…

Read More

भैरहवा, १३ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण र ५२.१४ प्रतिशत विद्यार्थीले एनजी अर्थात हाल अनुर्तिण भएका छन् । परिक्षाको नतिजा विवरण विभिन्न वेभसाइट, एसएमस र आईभीआरबाट थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । नेपाल टेलिकमको १६०० मा कल गरेर सुन्न सकिन्छ भने एसएमएस गर्दा SEE <space> SYMBOL NUMBER (उदाहरणका लागि, SEE 1234567A ) टाइप गरेर १६०० मा पठाउन सकिन्छ। स्विफ्ट टेक्नोलोजी प्रा.लि.मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी प्रालि ३५००१ मा कोडमा, इजी सर्भिस प्रालिमा…

Read More