Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,३ बैशाख। सरकारले देशभरका अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि छुट्याइएको १० प्रतिशत नि:शुल्क शैय्या (बेड) को विवरण अब अनलाइन पोर्टलमार्फत सार्वजनिक गर्न थालेको छ। ‘फ्रि हेल्थ पोर्टल’ मार्फत कुन अस्पतालमा कतिवटा नि:शुल्क शैय्या खाली छन् र उक्त शैय्यामा को-को बिरामी उपचाररत छन् भन्ने विवरण रियल-टाइममा हेर्न सकिने गरी प्रणाली विकास गरिएको हो। नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगर्ने ग्यारेन्टी गरेको छ। सोही संवैधानिक म्यान्डेट र स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को दफा ७० ९घ० मा उल्लेखित व्यवस्थालाई कडाइका साथ लागू गर्न यो…

Read More

काठमाडौं,३ बैशाख । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२८ जना बन्दी रहेका नेपाली नागरिकलाई आममाफी दिएको छ । पवित्र महिना रमजानपर्वका अवसरमा यूएई (दुबई) सरकारले विभिन्न घटनामा कैद सजाए पाएका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले मानवीय आधारमा गरिएको आममाफीलाई उच्च मूल्यांकन गरेको जनाएको छ। मन्त्रालयका अनुसार यस कदमले नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्धमा रहेको सौहार्द र सद्भावनालाई थप सुदृढ बनाएको छ । मार्फत नेपाल सरकारको अनुरोधपछि यूएई युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।

Read More

काठमाडौं,३ बैशाख । विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नाम समावेश गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरु’को सूचीमा उनको नाम समावेश गरेको हो । ३६ वर्षीय शाहलाई टाइमले ‘हिप–हपका पूर्व स्टार’ र नेपालको इतिहासकै ‘कान्छो प्रधानमन्त्री’ का रुपमा चित्रण गरेको छ। टाइमले फागुन २१ मा सम्पन्न आम निर्वाचनमा युवापुस्ताको अभूतपूर्व समर्थन र पुराना नेताहरुप्रतिको वितृष्णाका कारण बालेनले सानदार जित हासिल गरेको उल्लेख गरेको छ। सामाजिक सञ्जालमा उनको पोस्ट उल्लेख गर्दै टाइम म्यागेजिन लेख्छ, ‘पुराना र नयाँ सबै नेता चोर हुन् । बालेनले सामाजिक सञ्जालमा लेखेका थिए ।…

Read More

भैरहवा,३ बैशाख। भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको विभिन्न सामग्री रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न स्थानहरुमा चेकजाँचको क्रममा अवैध रुपमा भित्राइएको ३ लाख ३२ हजार बढीमूल्य बराबरको विभिन्न सामग्री नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जनाए । उनका अनुसार, लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बिचुवापुरबाट एक लाख ८० हजार बढी मूल्य बराबरको तीन वटा मोटरसाइकलसहित खाद्यन्न सामग्री बरामद गरिएको छ । त्यस्तै, सिद्धार्थनगर–१ बेलहिया बसपार्कबाट ५१ हजार बढी मूल्य बराबरको लेडिज टप ३२ थान र सूट १६ थान बरामद भएको छ । यस्तै तिलोत्तमा–११ मंगलापुरबाट एक लाख बढी मूल्य बराबरका लेडिज सूट ४६…

Read More

भैरहवा, ३ बैशाख । रुपन्देही जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाए पाएका ५ जना फरार प्रतिवादीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्णकुमार चन्दले बताए । उनका अनुसार पक्राउ पर्नेमा चेक अनादर मुद्दामा बुटवल उप–महानगरपालिका–११, देविनगरको सिता खत्री र चेक अनादर मुद्दामै सिद्धार्थनगर नगरपालिका–८ फहिम लारी रहेका छन्। क्षेत्रीलाई १५ दिन कैद र तीन हजार जरिवाना तथा लारीलाई १५ दिन कैद र एक हजार पाँच सय जरिवाना सजाएको फैसला भएको थियो । यस्तै, सवारी ज्यान मुद्दामा सैनामैना…

Read More

काठमाडौं,३ वैशाख। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पछिल्लो समय पेट्रोलियम पदार्थमा भारी मूल्य हुँदै आएको छ । पेट्रोलियम पदार्थमा मूल्य बढ्दै जाँदा आमसर्वसाधरणको भान्सासमेत महँगिदैँ गएको छ । निगमका अनुसार, डिजेल र मट्टीतेल प्रतिलिटर ३० रुपैयाँले वृद्धि भएको छ । पेट्रोलको मूल्य भने यथावत राखिएको छ । त्यस्तै, आन्तरिकतर्फको हवाई मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ।

Read More

काठमाडौँ,३०चैत। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिको स्रोत माग गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार भन्ने बुझिने बताएका छन्। उनले लेखेका छन्, ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो । स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ। स्रोत प्रष्ट्याइदिनु पर्छ ।’

Read More

काठमाडौं,३० चैत।प्रतिनिधिसभा सदस्यहरुले सम्पत्ति विवरण सरकारलाई बुझाउन थालेका छन् । संघीय संसद सचिवालयका अनुसार, १० जना बढी सांसद्को सम्पत्ति विवरण प्राप्त भएको छ। सचिवालयको सांसद सुविधा शाखाले सूचना जारी गर्दै आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनका लागि आग्रह गरिसकेको छ। । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ।

Read More

काठमाडौं,३० चैत। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्याल र पूर्वसभामुखद्वय देवराज घिमिरे र अग्निप्रसाद सापकोटाबीच सिंहदरबारमा भेटवार्ता भएको छ। सभामुखमा अर्याल निर्वाचित भएपछि उनीहरुबीच पहिलो औपचारिक भेटवार्ता भएको हो। भेटमा नेपालको संसदीय अभ्यास,विगतका अनुभवहरुको आदान–प्रदान,संघीय संसदको प्रभावकारी सञ्चालन,विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। यसअघि चैत्र २६ गते सभामुख अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालबीच भेटवार्ता भएको थियो।

Read More

काठमाडौं,३० चैत। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशनले वैधानिक रुपमा व्यवस्था नगरेसम्म कुनै पनि आम सदस्यको क्रियाशील सदस्यता खारेज गर्न नसकिने बताएका छन्। कार्यवाहक सभापतिको हैसियतमा सोमबार विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्रको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा एक पक्षले महाधिवेशन घोषणा गर्नु बदनियतपूर्ण भएको टिप्पणी गरे । उनका अनुसार, कांग्रेसको क्रियाशील सदस्यता केवल सदस्यता मात्र नभई व्यक्तिको पार्टीसँगको आबद्धता, योगदान र निरन्तरताको प्रमाण हो। उनले १५औँ महाधिवेशनको कार्यतालिकाअन्तर्गत नवीकरण तथा वितरण गरिएका सदस्यता खारेज गरेर पुनः अद्यावधिक गर्ने कुरा अवैधानिक र पूर्वाग्रही भएको बताएका छन्। यता, महामन्त्री प्रदीप पौडेलले भने सदस्यता खारेज गर्न लागिएको भन्ने विषयको खण्डन गरेका…

Read More